स्वास्थ्य मन्त्रालय सच्यायो कोरोना संक्रमित मृतकको विवरण, ६१८ जना थपिए

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांकमा छुटाएको कोरोना संक्रमितको मृत्युको विवरण बल्ल समावेश गरेको छ। मन्त्रालयले बुधबारको कोरोना अपडेटमा गत २४ घण्टामा प्राप्त भएको मृत्यु संख्यामा ६१९ जना रहेको उल्लेख गरेको छ।