सिकलसेल एनिमिया न्यूनीकरणमा मेटलाइफको सहयोग

काठमाडौं । मेटलाइफ नेपालले सिकलसेल एनिमिया न्यूनीकरणमा सहयोग गर्ने भएको छ । मेटलाइफले ग्रामीण महिला उत्थान केन्द्रसँगको समन्वयमा सहयोग गर्ने भएको हो । सिकलसेल एनिमिया थारू समुदायमा लाग्ने विशेष रोग हो । दाङ र आसपासका क्षेत्रमा व्याप्त यो रोगका संक्रमित व्यक्तिलाई दैनिक जीवनमा शारीरिक काम गर्न कठिनाइ महसुस हुन्छ । मेटलाइफले प्रभावित क्षेत्रका नेता, स्वयम्सेवक र सम्बन्धित सरोकारवालासँगको सहकार्य सचेतना कार्यक्रम सञ्चालनका लागि उक्त केन्द्रसँग सम्झौता गरेको छ । यो कार्यक्रमले रोग, यसको प्रभाव र लक्षणबारे जनचेतना जगाउने उद्देश्य राखेको बताइएको छ । सम्भावित संक्रमितको पहिचान गर्न र सही उपचार शुरू गर्न मद्दतका लागि समुदायका नागरिकलाई रगत परीक्षण गर्न पनि प्रोत्साहन गरिने बताइएको छ ।  

सम्बन्धित सामग्री

कञ्चनपुरमा ‘सिकलसेल एनिमिया’ रोगको जोखिम

रानाथारु समुदायमा यो रोगको जोखिम देखिएपछि जिल्ला स्वास्थ्य कार्यालयले निःशुल्क स्वास्थ्य शिविरबाट एक हजार पाँच सय ५० जनाको रगत परीक्षण गरेको थियो। त्यसमा ४६ जनामा सिकलसेल एनिमिया रोग देखिएको छ।

सिकलसेल एनिमिया वंशानुगत रोग, विवाह गर्दा कुण्डली मिलाए नयाँ पुस्तामा सर्दैन

नेपालमा विशेष गरी थारू समुदायमा सिकलसेल एनिमिया रोग देखिएको छ । गोलो आकारको रक्तकोषहरु हँसिया आकारको हुँदा हात, खुट्टाको हड्डी, मेरुदण्ड तथा करङ धेरै दुख्ने गर्छ । यसै कारणले सिकलसेल पीडितलाई सधै सताउने गरेको पीडितको भनाइ छ । नियमित उपचार गरिरहे पनि सञ्चो नहुने भएकाले यो रोगको निवारण भनेको विवाह गर्दा ‘सिकलसेल कुण्डली’ मिलाउनु नै …

सिकलसेल एनिमिया : परीक्षण र उपचारमा असाधारण उपलब्धि

एक दशक अवधिमा सिकलसेल रोगको परीक्षण र उपचारको क्षेत्रमा असाधारण उपलब्धि हासिल भएको छ। विशेषज्ञका भनाइमा, यसलाई जनस्वास्थ्यका क्षेत्रकै उल्लेखनीय उपलब्धि मान्नुपर्छ र अरू कुनै रोगमा यति छोटो अवधिमा यो तहको उपलब्धि हासिल भएको उदाहरण शायदै होला।

दाङको नारायणपुरमा ४१ जनामा सिकलसेल एनिमिया देखियो

दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरमा निःशुल्क शिविर सञ्चालन गर्दा ४१ जनामा सिकलसेल एनिमिया देखिएको छ। ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजना तथा घोराही उपमहानगरपालिकाको सहकार्यमा आयोजित निःशुल्क शिविरमा चार सय १२ जनाको रगत स्क्रिनिङ गर्दा ४१ जनामा सिकलसेल एनिमिया पोजिटिभ देखिएको हो।

थारू समुदायमा देखिने ‘सिकलसेल एनिमिया’ बारे राष्ट्रसङ्घको ध्यानाकर्षण गराउन माग

काठमाडौं : आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले नेपालका थारू समुदायमा देखिएको ‘सिकलसेल एनिमिया’ रोगका बारेमा संयुक्त राष्ट्रसङ्घको ध्यान जानुपर्ने बताएका छन्।राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा आयोजित आदिवासी मामिलासम्बन्धी संयुक्त राष्ट्रको स्थायी मञ्चको २२औँ अधिवेशनलाई सम्बोधन गर्दै उनले विश्वका आदिवासी समुदाय प्रभावित भएजस्तै नेपालका थारू समुदाय सिकलसेल एनिमियाबाट प्रभावित रहेको भन्दै राष्ट्रसङ्घको स्थायी मञ्चले यस विषयमा सोच्नुपर्ने बताएका हुन्। अध्यक्ष मगरले पर

‘सिकलसेल एनिमिया’ बाट १५ जिल्ला प्रभावित

काठमाडौँ, २८ फागुन । पश्चिम तराईका कपिलवस्तुबाट कञ्चनपुरसम्मका जिल्ला ‘सिकलसेल एनिमिया’ रोगको समस्याले बढी प्रभावित छन् । आदिवासी जनजाति समुदायका मानिसमा बढी देखिने सो रोगबाट नेपालका १५ जिल्ला प्रभावित रहेको चिकित्सकले बताएका छन् । नेपालगञ्ज, महेन्द्रनगर, काठमाडौँ, टीकापुर र भारतबाट आमन्त्रित विशेषज्ञ चिकित्सकको सहभागितामा शनिबार धनगढीमा भएको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सिकलसेल एनिमिया रोगको रोकथाम तथा […]

‘सिकलसेल एनिमिया’ बाट १५ जिल्ला प्रभावित

पश्चिम तराईका कपिलवस्तुबाट कञ्चनपुरसम्मका जिल्ला ‘सिकलसेल एनिमिया’ रोगको समस्याले बढी प्रभावित छन् । आदिवासी जनजाति समुदायका मानिसमा बढी देखिने सो रोगबाट नेपालका १५ जिल्ला प्रभावित रहेको चिकित्सकले बताएका छन् । नेपालगञ्ज, महेन्द्रनगर, काठमाडौँ, टीकापुर र भारतबाट आमन्त्रित विशेषज्ञ चिकित्सकको सहभागितामा शनिबार धनगढीमा भएको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सिकलसेल एनिमिया रोगको रोकथाम तथा उपचारका बारेमा छलफल बहस …

सिकलसेलका गर्भवती महिलामा मृत्युको जोखिम उच्च

सिकलसेल एनिमिया भएका गर्भवती महिलाको मृत्यु हुने जोखिम उच्च देखिएको छ । सिकलसेल एनिमिया भएका गर्भवतीमा गरिएको अध्ययनले उनीहरुको ज्यान जाने जोखिम उच्च रहेको देखाएको हो ।भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा सिकलसेल एनिमिया विज्ञ डा राजन पाण्डेले अन्य गर्भवतीको भन्दा सिकलसेल एनिमिया भएका गर्भवतीको मृत्युदर २२ भन्दा बढी रहेको जानकारी दिए । उनले प्रायजसो पश्चिम नेपालका थारु समुदायमा देखिएको सिकलसेलले थारु समुदायलाई आक्रान्त पारेको बताए । उनले देशभरका चार हजार थारुलाई सिकलसेल एनिमियाको

सिकलसेल एनिमिया भएका गर्भवती महिलाको मृत्युदर २२ प्रतिशत

सिकलसेल एनिमिया भएका गर्भवती महिलाको मृत्यु हुने जोखिम उच्च रहेको चिकित्सकले औँल्याएका छन् । सिकलसेल एनिमिया भएका गर्भवती महिलामा गरिएको अध्ययनले उनीहरुको ज्यान जाने जोखिम उच्च रहेको देखाएको हो । भेरी...