सिकलसेल एनिमिया भएका गर्भवती महिलाको मृत्यु हुने जोखिम उच्च देखिएको छ । सिकलसेल एनिमिया भएका गर्भवतीमा गरिएको अध्ययनले उनीहरुको ज्यान जाने जोखिम उच्च रहेको देखाएको हो ।भेरी अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा सिकलसेल एनिमिया विज्ञ डा राजन पाण्डेले अन्य गर्भवतीको भन्दा सिकलसेल एनिमिया भएका गर्भवतीको मृत्युदर २२ भन्दा बढी रहेको जानकारी दिए । उनले प्रायजसो पश्चिम नेपालका थारु समुदायमा देखिएको सिकलसेलले थारु समुदायलाई आक्रान्त पारेको बताए । उनले देशभरका चार हजार थारुलाई सिकलसेल एनिमियाको