भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार दिएका कांग्रेस नेता जगन्नाथ पौडेल र गृहमन्त्री बालकृष्ण खाँणबीच बिहीबार बिहान भेट भएको छ । पौडेललाई उम्मेदवारी फिर्ता गराउन खाँण प्रधानमन्त्री तथा कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाको दूत भनेर बुधबार चितवन आएका थिए ।