देउवाले फकाउँदा पनि सकारात्मक छैनन् जगन्नाथ पौडेल

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई निर्वाचनमा निष्क्रिय पार्न भन्दै भरतपुरमा छन् । पौडेललाई निष्क्रिय पारेर गठबन्धनबाट प्रमुख पदकी उम्मेदवार बनेकी रेणु दाहालको पक्षमा चुनावी माहोल बनाउन देउवाले चाहेका छन् ।उनले पौडेलसँग छलफलसमेत गरेको कांग्रेसका एक नेताले जानकारी दिए । पौडेल भने सकारात्मक निष्क्रिय हुन सकारात्मक भइसकेका छैनन् । देउवाले उनलाई ‘कन्भिन्स’ पार्न भने प्रयास गरिरहेको ती नेताले बताए । 

सम्बन्धित सामग्री

फुट्यो चितवनको भुईंकटहर समूह, भीमबहादुर लगायतले छाडे जगन्नाथको साथ

८ कात्तिक, चितवन । गत स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मेयरमा माओवादीलाई सर्मथन गरेको भन्दै नेपाली कांग्रेसबाट विद्रोह गरेर उम्मेदवारी दिएको जगन्नाथ पौडेल समूहमा फुट आएको छ । जगन्नाथ पौडेल र शम्भु अर्यालहरू एकातिर उभिएका छन् भने पूर्वसांसद भीमबहादुर श्रेष्ठ, पूर्वपार्टी सभापति कृष्णलाल सापकोटा र महासमिति सदस्य मीना खरेल अर्कोतिर भएका छन् । चितवन क्षेत्र […]

सत्ता गठबन्धन ‘म्याच फिक्सिङ’ जस्तो हो, एमालेसँग छलफलमा छौँ : जगन्नाथ पौडेल

जगन्नाथ पौडेल आफूलाई कांग्रेसको विद्रोही नेता भन्न रुचाउँछन् । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उनले सत्तारुढ गठबन्धनविरुद्ध भरतपुर महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएर १४ हजार ७२८ मत प्राप्त गरे । गठबन्धनको साझा उम्मेदवार रेणु दाहालविरुद्ध उनको उम्मेदवारी केन्द्रित थियो ।आसन्न प्रतिनिधिसभा निर्वाचनमा पनि पौडेल उम्मेदवारी दिने तयारीमा छन् । यस पटक उनी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कै निर्वाचन क्षेत्रमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा छन्

मैँले एमालेको भोट काटेको होइन, एमालेले नै सुरक्षित गर्न सकेन : जगन्नाथ पौडेल

चितवन– भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेल तेस्रो शक्तिको रूपमा देखिए । उनले १४ हजार सात सय २८ मत ल्याएका छन् । गठबन्धनका सामु नेकपा एमाले दोस्रो शक्तिका रूपमा देखियो । मेयरमा पराजित हुनुमा मौन अवधिमा सत्ता र शक्तिको दुरुपयोग हुनु, तालमेल गरिएको दल राप्रपाले सहयोग नगर्नु र असन्तुष्ट कांग्रेसीबाट आउने […]

भरतपुर महानगरपालिकाः रेनु दाहाल १५ मतले अघि

विजय सुवेदी, नेकपा (एमाले) – ५३६७, रेनु दाहाल, नेकपा (माओवादी केन्द्र) – ५३८२, जगन्नाथ पौडेल, (स्वतन्त्र) – २५७७...

भरतपुर महानगरपालिकाः तीन मतकाे अन्तरले रेनुको अग्रता कायमै

विजय सुवेदी, नेकपा (एमाले) – ५२४३, रेनु दाहाल, नेकपा (माओवादी केन्द्र) – ५२५३, जगन्नाथ पौडेल, (स्वतन्त्र) – २५०१...

भरतपुरमा विद्रोहको झण्डा नछाडेका जगन्नाथ पौडेल

२७ वैशाख, चितवन । पार्टी निर्णय विरुद्ध विद्रोह गरेर चर्चामा आएका चितवन कांग्रेस नेता जगन्नाथ पौडेल उमेरले ७१ वर्षका भए । भरतपुर–७ कृष्णपुरवासी उनी २०४९ को स्थानीय निकाय निर्वाचनबाट तत्कालीन भरतपुर नगरपालिकाको उपप्रमुख र २०५४ सालमा राष्ट्रिय सभा सदस्य बनेका थिए । २०४६ सालको जनआन्दोलनमा जेल परेका पौडेल पेशाले वरिष्ठ अधिवक्ता हुन् । २०३६ सालमै […]

जगन्नाथ पौडेल सत्ता गठबन्धनमाथि आक्रामक, झोला झोलामा पैसा बाँडेको आरोप

चितवन, २७ बैशाख । भरतपुर महागनरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले सत्ता गठबन्धनमाथि गम्भीर आरोप लगाएका छन् । उनले मतदाता प्रभावित गर्न सत्ता गठबन्धनले झोला झोलामा पैसा बाँडेको आरोप लगाएका हुन् । आज (मंगलबार) भरतपुरको मालपोत चोकमा भएको कोणसभालाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले सत्ता गठबन्धनले झोलाझोलामा ५ हजार, १० […]

भरतपुरका १ सय ३६ कांग्रेस कार्यकर्ताले दिए संयुक्त राजिनामा

भरतपुर महानगरका मेयर पदमा स्वतन्त्र रूपमा उम्मेदवारी दिएका नेपाली कांग्रेस चितवनका नेता जगन्नाथ पौडेल सहितका नेतालाई कारबाही गरेको भन्दै उनीहरूले राजिनामा दिएका दिएका हुन्।...

देउवा र प्रचण्ड दैलोमै पुगेर फकाउँदा पनि निष्क्रिय बन्न तयार छैनन् जगन्नाथ पौडेल

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेललाई निर्वाचनमा निष्क्रिय पार्न भन्दै भरतपुरमा छन् ।पौडेललाई निष्क्रिय पारेर गठबन्धनबाट प्रमुख पदकी उम्मेदवार बनेकी रेणु दाहालको पक्षमा चुनावी माहोल बनाउन देउवाले चाहेका छन् । उनले पौडेलसँग छलफलसमेत गरेको कांग्रेसका एक नेताले जानकारी दिए । पौडेल भने निष्क्रिय हुन सकारात्मक भइसकेका छैनन् । देउवाले उनलाई ‘कन्भिन्स’ पार्न भने प्रयास गरिरहेको ती नेताले बताए । तर, कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले भने पौडेलसँग छलफल गर्ने भन्ने सुनेको र पौडेल सकारात्मक कि नकारात्मक भए भन्ने जानकारी नभएको बताए । ‘सभापतिज्यूले भेट्ने भन्ने कुरा चाहिँ सुनेको थिएँ । तर, भेट भयो कि भएन र भेटमा निष्क्रिय हुन उहाँ (जगन्नाथ पौडेल) सकारात्मक हुनु भयो कि भएन भन्ने जानकारी छैन’, खनालले भने । पौडेललाई १६ वैशाखमा उम्मेदवारी फिर्ता गराउन यसअघि गृहमन्त्री बालकृष्ण खाण र राज्यमन्त्री उमेश श्रेष्ठलाई देउवाले पौडेलकै घरमा पठाएका थिए । उनीहरूले आग्रह पनि गरे तर पौडेल टसमस भएनन् । यसपछि भने नेता शंकर भण्डारीलाई पनि पौडेललाई भेट्न पठाए । उम्मेदवारी फिर्तादेखि निष्क्रिय रहन अस्वीकार गर्दै आएपछि देउवा नै भरतपुर पुगेका हुन् ।पौडेल १६ वैशाखकै पार्टीको साधारण सदस्यतासमेत नरहनेगरी कारबाहीमा परिसकेका छन् । उनी स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचन चिह्न ‘भुइँकटहर’ लिएर घरदैलो अभियानमा छन् । कांग्रेसबाट उनी यसअघि राष्ट्रियसभा सदस्य भइसकेका छन् । उनी गठबन्धनप्रति असन्तुष्ट हुँदै स्वतन्त्र उम्मेदवार बनेका हुन् ।

अनुशासनको कारबाही भोग्न तयार छु, उम्मेदवारी फिर्ता लिन्न : जगन्नाथ पौडेल

काठमाडौं, १५ वैशाख । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेस नेता तथा पूर्वसांसद जगन्नाथ पौडेलले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने प्रष्ट पारेका छन् । उनलाई फकाउन गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ चितवन पुगेका थिए । मन्त्री खाँणले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर, पौडेलले भने आफू निकै अघि […]