नेपाल राष्ट्र बैंकले सहज भुक्तानीका लागि शुरु गरेको क्यू आरकोडलाई देशव्यापी विस्तार गर्ने लक्ष्यका साथ अभियान चलाएको छ । केही दिन पहिले सानिमा बैंकको सहकार्यमा नक्सालस्थित तरकारी बजारमा क्यूआर कोडबाट भुक्तानी गर्न सकिने व्यवस्था गरेको राष्ट्र बैंकले आज ग्लोबल आइएमई बैंकसँग साझेदारी गरेको छ ।
सोही क्रममा आज केन्द्रीय बैंकले ललितपुर जिल्लाको नख्खु बजार क्षेत्रमा क्यूआर कोडमार्फत नगद रहित भुक्तानी प्रवद्र्धन कार्यक्रमको शुरुआत गरेको हो । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नख्खु क्षेत्रमा रहेका विभिन्न खुद्रा पसल तथा ...