रुपन्देही जिल्लाको तिलोत्तमा स्थित योगिकुटी हाटबजारमा माछापुच्छ्रे बैंकले क्यूआर कोड सेवा शुरू गरेको छ ।
बिहीवार नेपाल राष्ट्र बैंक, क्षेत्रिय कार्यालय भैरहवाका निर्देशक सुदिप फुयाँलले उक्त स्थानमा क्यूआर कोड सेवाको शुरुवात गरेका हुन् ।
उक्त क्यूआर कोड सेवा शुरू भएसंगै उपभोक्ताले उक्त हाटबजारबाट आफुले खरिद गरेका दैनिक उपभोग्य बस्तु जस्तै तरकारी, फलफुल तथा लत्ताकपडाहरुको रकम क्यूआर कोडबाट भुक्तानी गर्न सकिनेछ ।