सुरक्षा रेटिङमा टाटा ‘माइलस्टोन’ साबित

काठमाडौं । प्रविधिले मानव जीवनलाई सहज र छिटो बनाइदिएको छ । जीवनका अनेक आवश्यकतामध्ये सवारीसाधन एक मुख्य आवश्यकता भएको छ । सवारीसाधन आधुनिक युगको सुविधायुक्त वस्तु मात्रै नभई सुरक्षाको जरुरी साधन पनि भइसक्यो । बजारमा धेरै ब्रान्ड र डिजाइनका सवारी उपलब्ध छन् । तर, ग्राहकहरूको रोजाइमा सधैं आकर्षक र सुरक्षित साधन मात्रै पर्ने गर्छन् । […]

सम्बन्धित सामग्री

विद्युतीय टिगोर ‘भ्युअर्स चोइस इभी अफ द इयर’ उपाधिबाट सम्मानित

टाटा मोटर्सको उत्पादन विद्युतीय टिगोर (टिगोर इभी) ‘भ्युअर्स चोइस इभी अफ द इयर’ उपाधिबाट सम्मानित भएको छ। उक्त उपाधिबाट विद्युतीय टिगोरलाई कार एन्ड बाइक अवार्ड २०२२ मा सम्मानित गरिएको हो।जिपट्रोन प्रविधिमा आधारित विद्युतीय टिगोर गत वर्षको अगस्ट अन्तिममा मात्र भारतीय बजारमा सार्वजनिक भएको थियो ।  सार्वजनिक भएको छोटो समयमै यसले राम्रो बजार पाएको थियो । विद्युतीय टिगोरले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा चार स्टार रेटिङ पाएको छ भने वयस्क सुरक्षाको हिसाबमा गाडीले १६ अंकमध्ये १२ अंक

ग्राहक रोजाइमा पर्‍यो टाटा नेक्सन

काठमाडौं (अस) । बजारमा विभिन्न कम्पनीले एसयूभी सेग्मेन्टअन्तर्गतका गाडी बिक्री तथा वितरणमा जोड दिँदै आएका छन् । नेपाली ग्राहकले टाटा नेक्सन बढी रुचाइएको पाइएको नेपालमा टाटा गाडीको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले बताएको छ । नेपालमा सन् २०२१ जुलाईदेखि बिक्री सुरु भएको टाटा नेक्सनले  ग्राहक प्रतिक्रिया र बजार दुवै सकारात्मक पाएको कम्पनीले दाबी गरेको छ । नेपाली बजारमा टाटा नेक्सनको प्रतिस्पर्धीका रूपमा हुन्डाईको भेन्यू र रेनोको काइगर रहेका छन् । टाटाको नेक्सन, हुन्डाईको भेन्यू र रेनोको काइगर तीनै गाडीमा बिएस–६ कम्प्लायन्टको इन्जिन जडित छ । टाटा नेक्सनले ग्लोबल एनक्यापमा ५ स्टार सुरक्षा रेटिङ पाएको छ । भेन्यू र काइगरले भने सुरक्षा रेटिङमा ४ स्टार रेटिङ पाएको छ । टाटा नेक्सन १,२३७ केजीको छ । हुन्डाई भेन्यूको तौल १,११२ देखि १,२५१ केजी छ । रेनो काइगरको तौल १,०१२ केजी छ । टाटा नेक्सनको लम्बाइ ३,९९३ एमएम, चौडाइ १,८११ र उचाइ १,६०६ एमएम छ । यो गाडीको ह्वीलबेस २,४९८ एमएम छ भने भेन्यू र काइगरको ह्वीलबेस २,५०० एमएम रहेको छ । २०९ एनएम ग्राउन्ड क्लियरेन्सको टाटा नेक्सन नेपाली बाटो सुहाउँदो रहेको कम्पनीको दाबी छ । ५ सिटर नेक्सन, भेन्यू र काइगर तीन वटै एसयुभीको बाहिरी डिजाइन लोभलाग्दो छ । नेक्सनमा सन रुफ, डुअल–फंसन डे–टाइम रनिङ एलइडी लाइटलगायत सुविधा रहेकाले युवा पुस्ताको रोजाइमा परेको कम्पनीको दाबी । टाटा नेक्सन इन्टेरिअर आधुनिक डिजाइनमा तयार पारिएको छ भने यसको क्याबिन फराकिलो हुनुका साथै डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, फराकिलो सेन्ट्रल कन्सोल र थप स्टोरेजका लागि ठाउँ पर्याप्त रहेको छ । कम्पनीका अनुसार टाटा नेक्सनमा यात्रु सुविधाका लागि अटोमेटिक क्लाइमेट कन्ट्रोल सुविधा छ । टाटा नेक्सनले वयस्क सुरक्षाका लागि ग्लोबल एनक्याप टेस्टमा ५ स्टार र बालबालिकाका सुरक्षाका लागि थ्री स्टार रेटिङ पाएको छ । नेक्सनमा हिलहोल्ड कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल, ब्रेक असिस्ट र इलेक्ट्रोनिक स्टेबिलिटी इबिडीसहितको एबिएस, रिभर्स पार्किङ सेन्सरजस्ता विशेषता छन् । नेक्सन १.२ लिटर टर्बो रिभोल्ट्रोन पेट्रोल इन्जिन र १.२ लिटर टर्बो रिभोल्ट्रोन डिजेल इन्जिन विकल्पमा उपलब्ध छ । १,१९९ सिसी डिस्प्लेसमेन्ट भएको नेक्सनको पेट्रोल इन्जिन विकल्पमा ३ सिलिन्डर, २ भल्भ, एसओएचसी इन्जिन जडित छ । यसले  ५,५०० आरपिएममा १२० पिएस पावर र १,७५०–४,००० आरपिएममा १७० एनएम टर्क जेनेरेट गर्छ । डिजेल विकल्पमा उपलब्ध नेक्सनमा १,४९७ सिसी डिस्प्लेसमेन्ट, ४ सिलिन्डर छ,  जसले ४,०० आरपिएममा ११० पिएस पावर र १,५००–२,७५० आरपिएममा २६० एनएम टर्क जेनेरेट गर्छ । नेक्सनको पेट्रोल संस्करणले प्रतिलिटर १७.४ किलोमिटर र डिजेल संस्करणले २२.४ किलोमिटर माइलेज दिन्छ । टाटा नेक्सनमा इको, सिटी र स्पोर्ट गरी तीन ड्राइभिङ मोड छन् । नेपालमा नेक्सनको मूल्य ४० लाख ३० हजारदेखि ५३ लाख ९० हजार रुपैयाँसम्म पर्छ । यो हरियो, सेतो, रातो र ग्रे गरी चार रंग विकल्पमा उपलब्ध छ ।

टाटा नेक्सन ईभीको दोस्रो संस्करण नेपाल आउँदै

काठमाडौं (अस) । नेपाली बजारमा  सेडानमध्ये टाटाको टिगोर गाडी बिक्री हुँदै आएको छ । गाडीको आवरण, विशेषता र सुरक्षाको हिसाबमा अग्रपंक्तिमा रहेको टाटा टिगोर नेपालमा  सन् २०१८ को अन्त्यतिर सार्वजनिक भएको थियो । आन्तरिक र बाह्य बजार मूल्यांकन र मागपछि टाटा मोटर्सले केही महिनाअघि  भारतीय बजारमा विद्युतीय सेडान सेग्मेन्टमा टाटा टिगोर सार्वजनिक गरेको छ । झन्डै तीन महिना सार्वजनिक टिगोर ईभी जिपट्रोन प्रविधिमा आधारित छ । भारतीय बजारमा यो विद्युतीय टिगोरको सुरुआती मूल्य भारु ११ लाख ९९ हजार तोकिएको छ । नेपाली बजारमा पनि  टिगोर ईभीलाई छिट्टै भित्र्याइने भएको छ । नेपाली बजारमा टाटाका दुई विद्युतीय मोडल टिगोर ईभी र नेक्सन ईभी बिक्री हुनेछन् । नेपालमा नेक्सन ईभी सन् २०२१ को मध्यतिर सार्वजनिक भएको हो । यो एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लक्जरी गरी तीन ट्रिममा उपलब्ध छ । टिगोर ईभीले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा चार स्टार रेटिङ पाएको छ, जसमा वयस्क सुरक्षाको हिसाबमा गाडीले १६ अंकमध्ये १२ अंक पाएको छ भने बालबालिकाको सुरक्षा हिसाबमा गाडीले ४९ अंकमध्ये ३७.२४ अंक पाएको छ । टिगोर ईभी जिपट्रोन प्रविधिमा आधारित छ । यो गाडी २६ किलोवाटको लिक्विड–कुल्ड, उच्च ऊर्जा घनत्व ब्याट्री प्याक र आइपी–६७ रेटेड ब्याट्री प्याकद्वारा सञ्चालित छ । यसले गाडीलाई जुनकुनै मौसममा सहजै चलाउन सकिन्छ । गाडीमा जडित विद्युतीय मोटरले ७४ बीएचपी (५५ किलोवाट) पावर र १७० एनएम टर्क जेनेरेट गर्छ । त्यस्तै, टिगोर ईभीमा भएको ब्याट्रीलाई २५ किलोवाटको डिसी चार्जरबाट चार्ज गर्दा जम्मा ६५ मिनेटमा ८० प्रतिशतले चार्ज हुन्छ । गाडीलाई ड्राइभ र स्पोर्ट गरी दुई मोडमा चलाउन सकिन्छ । टिगोर ईभी डेटोन ग्रे र टिल ब्लू गरी दुई रंग विकल्पमा उपलब्ध हुनेछ । यो डुअल–टोन विकल्पमा उपलब्ध गराइए यसको माथिल्लो भाग (रुफ) कालो रंगको हुनेछ । यसको अगाडि भागमा पूरै एलइडी डिआरएल लाइटले गाडीलाई झनै आकर्षक बनाएको  छ । गाडीको पछाडि हेर्ने रिअर भ्यू ऐना पनि फोल्डेबल हुनेछन् । गाडीको ड्यासबोर्ड फिका ग्रे र कालो थिम गरी डुअल–टोन छ । यसमा ७ इन्चको हर्मन इन्फोटेनमेन्ट टचस्क्रिन, अटोमेटिक क्लाइमेट कन्ट्रोल, अटो एसी, सिट उचाइ मिलाउन मिल्ने ड्राइभर सिटलगायत विशेषता रहेका छन् । टिगोर ईभीमा डुअल एयर ब्याग, इबिडीसहितको एबिएस प्रविधि, रिअर पार्किङ सेन्सर, रिअर पार्किङ क्यामेरा, सिट बेल्ट रिमाइन्डरजस्ता विशेषता छन् । टाटा मोटर्सले टिगोर ईभीको ब्याट्री र मोटरमा ८ वर्षको अर्थात् १ लाख ६० हजार किलोमिटरको वारेन्टी दिएको छ । भारतमा टिगोर ईभीको मूल्य तोकिए पनि नेपालमा हालसम्म मूल्य सार्वजनिक गरिएको छैन । नेपालमा टाटा मोटरको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि हो ।

नेपालमा भित्रिँदै टाटा टिगोर ईभी

काठमाडौं (अस) । नेपाली बजारमा टाटाको सेडान टिगोर बिक्री हुँदै आएको छ । आन्तरिक एवं बाह्य बजार मूल्यांकन र मागपछि टाटा मोटर्सले केही महिनाअघि  भारतीय बजारमा विद्युतीय सेडान सेग्मेन्टमा टाटा टिगोर ईभी सार्वजनिक गरेको छ । भारतीय बजारमा यो विद्युतीय टिगोरको सुरुआती मूल्य भारु ११ लाख ९९ हजार पर्छ । नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका अनुसार नेपाली बजारमा टिगोर ईभी छिट्टै भित्रने भएको छ । टिगोर ईभी नेपाली बजारमा भित्रिएपछि टाटाका दुई विद्युतीय मोडल टिगोर ईभी र नेक्सन ईभी हुनेछन् । नेपालमा नेक्सन ईभी सन् २०२१ को मध्यतिर सार्वजनिक भएको हो । यो एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लक्जरी गरी तीन ट्रिममा उपलब्ध छ । टिगोर ईभीले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा चार स्टार रेटिङ पाएको छ, जसमा वयस्क सुरक्षाको हिसाबमा गाडीले १६ अंकमध्ये १२ अंक पाएको छ भने बालबालिकाको सुरक्षा हिसाबमा  ४९ अंकमध्ये ३७.२४ अंक पाएको छ । टिगोर ईभी जिपट्रोन प्रविधिमा आधारित छ । यो २६ किलोवाटको लिक्विड–कुल्ड, उच्च ऊर्जा घनत्व ब्याट्री प्याक र आइपी–६७ रेटेड ब्याट्री प्याकद्वारा सञ्चालित छ । यसले गाडीलाई जुनकुनै मौसममा सहजै चलाउन सकिन्छ । गाडीमा जडित विद्युतीय मोटरले ७४ बिएचपी (५५ किलोवाट) पावर र १७० एनएम टर्क जेनेरेट गर्छ । त्यस्तै, टिगोर ईभीमा भएको ब्याट्रीलाई २५ किलोवाटको डिसी चार्जरबाट चार्ज गर्दा जम्मा ६५ मिनेटमा ८० प्रतिशतले चार्ज हुन्छ । यसलाई १५ एएमपी प्लगबाट पनि चार्ज गर्न सकिन्छ । गाडीलाई ड्राइभ र स्पोर्ट गरी दुई मोडमा चलाउन सकिन्छ । भारतमा जस्तै नेपाली बजारमा टिगोर ईभी डेटोन ग्रे र टिल ब्लू गरी दुई रंग विकल्पमा उपलब्ध हुनेछ । यो डुअल–टोन विकल्पमा उपलब्ध गराए यसको माथिल्लो भाग (रुफ) भने कालो रंगको हुनेछ । गाडीको अगाडि भागमा पूरै एलइडी डीआरएल लाइटले गाडीलाई झनै आकर्षक बनाएको छ । यसको पछाडि हेर्ने रिअर भ्यू ऐना फोल्डेबल छन् । गाडीको ड्यासबोर्ड फिका ग्रे र कालो थिम गरी डुअल–टोन छ । यसमा ७ इन्चको हर्मन इन्फोटेनमेन्ट टचस्क्रिन, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजिटल एलसिडी इन्सट्रुमेन्ट क्लस्टर, अटो एसीलगायत विशेषता छन् ।

सुरक्षा रेटिङमा टाटा माइलस्टोन साबित

काठमाडौँ– आधुनिक प्रविधिले मानव जीवनलाई सहज र छिटो बनाइदिएको छ । सहज जीवनका अनेक आवश्यकतामध्ये सवारी साधन एक मुख्य आवश्यकता भएको छ । सवारी साधन आधुनिक जमानाको सुविधायुक्त वस्तु मात्रै रहेन अब, सुरक्षाको जरुरी साधन पनि भई नै सक्यो । सवारी साधनका ब्रान्ड र ढाँचाकाँचा अनेक–अनेक उपलब्ध छन्, बजारमा । तर, ग्राहकहरूको रोजाइमा सधैं आकर्षक […]

टाटाका कारहरु सुरक्षा रेटिङमा माइलस्टोन साबित भएको कम्पनीको दावी

काठमाडौं । टाटाका कारहरू सुरक्षा रेटिङमा माइलस्टोन साबित भएको कम्पनीले दावी गरेको छ । सुरक्षा मापदण्डका आधारमा टप ८ कारहरूमध्ये टाटा कम्पनीले उत्पादन गरेको ६ कार पर्न सफल भएसँगै सुरक्षा रेटिङमा टाटाका कारहरु माइलस्टोन साविन भएको कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । टाटाका अन्य तीन वटा भेरियन्टले फोर–स्टार पाएको कम्पनीले जनाएको छ । फोर-स्टोन […]

टाटा नेक्सनको सफलतासँग जोडिएका ७ तथ्य, जुन इलेक्ट्रीकमा पनि पाइन्छ

काठमाडौं । टाटा मोटर्सले सन् २०१८ मा सब फोर मिटर सेग्मेन्टमा नेक्सन बजारमा ल्याएसँगै यसले टाटा मोटर्सको ‘पोर्टफोलियो’ नै परिवर्तन गर्दै लगेको देखिन्छ । नेपालमा पनि नेक्सनले सफल मोडल सुमोको भरपाई गरेको देखिन्छ । अझ टाटा नेक्सनले ग्लोवल एनक्याप रेटिङमा ५ स्टार पाएपछि यसको विक्री भारतमा उच्चदरमा बढ्दै गएको छ । सब फोर मिटर एसयूभी […]