नेपालमा भित्रिँदै टाटा टिगोर ईभी

काठमाडौं (अस) । नेपाली बजारमा टाटाको सेडान टिगोर बिक्री हुँदै आएको छ । आन्तरिक एवं बाह्य बजार मूल्यांकन र मागपछि टाटा मोटर्सले केही महिनाअघि  भारतीय बजारमा विद्युतीय सेडान सेग्मेन्टमा टाटा टिगोर ईभी सार्वजनिक गरेको छ । भारतीय बजारमा यो विद्युतीय टिगोरको सुरुआती मूल्य भारु ११ लाख ९९ हजार पर्छ । नेपालमा टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका अनुसार नेपाली बजारमा टिगोर ईभी छिट्टै भित्रने भएको छ । टिगोर ईभी नेपाली बजारमा भित्रिएपछि टाटाका दुई विद्युतीय मोडल टिगोर ईभी र नेक्सन ईभी हुनेछन् । नेपालमा नेक्सन ईभी सन् २०२१ को मध्यतिर सार्वजनिक भएको हो । यो एक्सएम, एक्सजेड प्लस र एक्सजेड प्लस लक्जरी गरी तीन ट्रिममा उपलब्ध छ । टिगोर ईभीले ग्लोबल एनक्याप सुरक्षा रेटिङमा चार स्टार रेटिङ पाएको छ, जसमा वयस्क सुरक्षाको हिसाबमा गाडीले १६ अंकमध्ये १२ अंक पाएको छ भने बालबालिकाको सुरक्षा हिसाबमा  ४९ अंकमध्ये ३७.२४ अंक पाएको छ । टिगोर ईभी जिपट्रोन प्रविधिमा आधारित छ । यो २६ किलोवाटको लिक्विड–कुल्ड, उच्च ऊर्जा घनत्व ब्याट्री प्याक र आइपी–६७ रेटेड ब्याट्री प्याकद्वारा सञ्चालित छ । यसले गाडीलाई जुनकुनै मौसममा सहजै चलाउन सकिन्छ । गाडीमा जडित विद्युतीय मोटरले ७४ बिएचपी (५५ किलोवाट) पावर र १७० एनएम टर्क जेनेरेट गर्छ । त्यस्तै, टिगोर ईभीमा भएको ब्याट्रीलाई २५ किलोवाटको डिसी चार्जरबाट चार्ज गर्दा जम्मा ६५ मिनेटमा ८० प्रतिशतले चार्ज हुन्छ । यसलाई १५ एएमपी प्लगबाट पनि चार्ज गर्न सकिन्छ । गाडीलाई ड्राइभ र स्पोर्ट गरी दुई मोडमा चलाउन सकिन्छ । भारतमा जस्तै नेपाली बजारमा टिगोर ईभी डेटोन ग्रे र टिल ब्लू गरी दुई रंग विकल्पमा उपलब्ध हुनेछ । यो डुअल–टोन विकल्पमा उपलब्ध गराए यसको माथिल्लो भाग (रुफ) भने कालो रंगको हुनेछ । गाडीको अगाडि भागमा पूरै एलइडी डीआरएल लाइटले गाडीलाई झनै आकर्षक बनाएको छ । यसको पछाडि हेर्ने रिअर भ्यू ऐना फोल्डेबल छन् । गाडीको ड्यासबोर्ड फिका ग्रे र कालो थिम गरी डुअल–टोन छ । यसमा ७ इन्चको हर्मन इन्फोटेनमेन्ट टचस्क्रिन, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजिटल एलसिडी इन्सट्रुमेन्ट क्लस्टर, अटो एसीलगायत विशेषता छन् ।

सम्बन्धित सामग्री

अब तीन दिनभित्रै टाटा मोटर्सका विद्युतीय गाडीको फाइनान्सिङ सुविधा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङले आफ्ना ईभी अर्थात विद्युतीय गाडी किन्न चाहने ग्राहकका लागि छिट्टो, सरल र सहज गाडी फाइनान्सिङको सुविधा ल्याएको छ ।   यो सुविधा नेपालभरि फैलिएका सिप्रदी तथा सिप्रदीका आधिकारिक डिलरशिपबाट उपलब्ध हुनेछन् । विगत २ वर्ष देखि नेपाली बजारले सर्वाधिक रुचाएको नेक्सन ईभि र टिगोर ईभिको ८० प्रतिशतसम्म गाडी...

नाडा ईभी एक्स्पोमा टाटा मोटर्सको आज अन्तिम दिन

काठमाडौं, ९ असोज । टाटा मोटर्सको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिंग प्रा.लि.ले बिहीबारदेखि नेपाली बजारमा नेपाल कै पहिलो नाडा ईभी एक्सपोमा आफ्ना नयाँ तथा अत्याधुनिक विद्युतीय गाडीहरु प्रदर्शनमा राखेको छ । नाडा ईभी एक्स्पोमा टाटा मोटर्सको प्रदर्शनी गर्ने आज अन्तिम दिन हो । प्रदर्शनमा टिगोर ईभी, नेक्सन ईभी डार्क तथा नाडा ईभी एक्स्पोमा नै सार्वजनिक […]

नाडा ईभी एक्स्पो सुरु

काठमाडौं । नेपालकै पहिलो नाडा ईभी एक्स्पो सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा ४ दिने नाडा ईभी एक्स्पो सुरु भएको हो । ५१ वटा स्टल रहेको नाडा अटो शोमा ९ वटा ४ पांग्रे र १ वटा ३ पांग्रे रहेका छन् । १६ वटा २ पांग्रे सवारीका स्टल रहेका छन् । गाडी ब्रान्डमा टाटा, हुन्डाई, टेस्ला, […]

टाटा नेक्सन ईभी : एक घण्टामा फास्ट चार्जिङ, ३ सय किलोमिटरको माइलेज

नेपाली बजारमा विद्युतीय सवारी (ईभी) को बढ्दो लोकप्रियताबीच टाटा नेक्सन ईभीले व्यवसायिक आक्रामकता बढाएको छ । भित्र्याएको छोटो अवधिमा नै नेक्सन ईभीले नेपाली बजारमा राम्रो पकड बनाउन सफल भएको छ । नेक्सन ईभीका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.ली.ले हाल नेपाली बजारमा नेक्सन ईभी मात्र एक हजार प्लस बिक्री वितरण भइसकेको बताएको छ भने थप एक हजार २०० प्लस ईभी अहिले पनि बुकिङमा रहेको कम्पनीको दाबी छ । कम्पनीले सन् २०२२ को जुनमा नेक्सन ईभी नेपालमा ल्याए पनि पेट्रोलियममा आधारित ‘नेक्

टाटा नेक्सन ईभी नेपाली बजारमा प्रवेश गरेको एक वर्ष पूरा

टाटा नेक्सनको विद्युतीय सवारी साधन नेपाली बजारमा प्रवेश गरेको एक वर्ष पूरा भएको छ ।भारतको अग्रणी विद्युतीय सवारी साधन निर्माता कम्पनी टाटा मोटर्सले उत्पादन गर्ने टाटा नेक्स इभीलाई नेपालमा आधिकारिक रुपमा सिप्रदी ट्रेडिङ कम्पनीले बिक्री गर्दै आएको छ ।एक वर्षको छोटो अवधिमै उपभोक्तामाथि लोकप्रिय बन्न सफल भएको दाबी गर्दै कम्पनीले टाटा नेक्सन इभीको बजार हिस्सा […]

टाटा टिगोर ईभी औपचारिक रुपमा लञ्च हुँदै

काठमाण्डाै - टाटाकाे इलेक्ट्रिक कार टिगोर ईभी औपचारिक रुपमा नेपाली बजारमा आज लञ्च हुँदैछ । नेपालका लागि टाटाकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टिगोर ईभी औपचारिक रुपमा आज लञ्च गर्ने भएकाे हाे ।  केही हप्ता अघि नेपालमा भित्रिएको यो कारलाई सिप्रदीले सडकमा परीक्षण गरिरहेको थियो ।  टिगाेर ईभी टाटा टिगाेरकाे विद्युतीय माेडल हाे । ग्राहककाे सर्वाधिक राेजाइमा परेकाे टाटा टिगाेर २०१८ को अन्त्यतिर नेपाली बजारमा सार्वजनिक भएकाे थियाे । टिगोर ...

जिपट्रोन प्रविधिमा आधारित टाटा टिगाेर ईभी छिट्टै नेपाल भित्रिने

काठमाण्डाै - टाटाकाे नयाँ विद्तयुतीय कार 'टिगाेर ईभी' छिट्टै नेपाली बजारमा भित्रिने भएकाे छ ।  टाटाका लागि नेपालकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टिगाेर ईभी नेपाली बजारमा चाँडै आउने जानकारी गराएकाे हाे । टिगाेर ईभी टाटा टिगाेरकाे विद्युतीय माेडल हाे । ग्राहककाे सर्वाधिक राेजाइमा परेकाे टाटा टिगाेर २०१८ को अन्त्यतिर नेपाली बजारमा सार्वजनिक भएकाे थियाे । टिगोर ईभी भित्रिएसँगै नेपाली बजारमा टाटाका दुई वटा विद्युतीय गाडी उपलब्ध हुनेछन्, ...

टाटाले अब नेपाली बजारमा टिगोर ईभी पनि भित्र्याउने

टाटा मोटर्सले अब विद्युतीय सेग्मेन्टमा टिगोर ईभी छिट्टै नेपाल भित्र्याउने भएको छ । हाल कम्पनीले विद्युतीय सेग्मेन्टमा एउटा मात्र कार नेक्सन ईभीको विक्रीवितरण गरिरहेकोमा अब टिगोर ईभी पनि भित्र्याउने भएको हो । टिगोर ईभी भारतीय बजारमा निकै लोकप्रिय सेडान कार हो । तर सोही मोडलको पेट्रोलियम टिगोर भने हाल कम्पनीले नेपाली बजारमा पनि विक्री वितरण गरिरहेको छ । पाँच सिटर कम्प्याक्ट सेडान टिगोरले बजार प्रवेश गरेसँगै निकै लोकप्रियता कमाइरहेको छ ।यसै सेग्मेन्टमा हालैमात्र भारतीय बजारमा टाटा टिगोर ईभी सम

टाटाको बहुप्रतीक्षित नेक्सन ईभी नेपालमा, कति पर्छ मूल्य ?

बहुप्रतीक्षित नयाँ टाटा नेक्सन ईभी नेपाली बजारमा सार्वजनिक भएको छ ।  टाटा मोर्टसको नेपालस्थित आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. ले देखि नयाँ टाटा नेक्सन ईभीको विक्री वितरण शुरू गरेको छ ।  यसको शुरुवाती मुल्य ३५ लाख ९९ हजार रहेको छ ।  टाटा नेक्सन तीनवटा मोडेलमा ( एक्सएम, एक्सजेड+ र एक्सजेड+ लक्स ) उपलब्ध रहेको छ । यसको ब्याट्रीमा ८ वर्ष वा १,६०,००० किलोमिटर ( जुन पहिले आउँदछ ) र गाडीमा ३ वर्ष वा १,२५,००० किलोमिटरको ( जुन पहिले आउँदछ ) वारेन्टी रहेको छ ।  इच्छुक ग्राहकहरुले १६६...