खारेजीको माग गर्दै दुई म्यानपावर कम्पनीले दिए निवेदन, कुनै लेनदेन बाँकी भए सम्पर्क गर्न विभागकाे आग्रह

काठमाण्डौ – वैदेशिक राेजगार व्यवसाय गर्न पाउने आफ्नाे इजाजतपत्र खारेजी गरिपाउँ भन्दै वैदेशिक रोजगार विभागमा दुई वटा म्यानपावरले निवेदन दिएका छन् । आफ्नो इजाजतपत्र रद्द गरि धरौटी रकम फुकुवा गराइपाउँ भन्दै पुष्पा इन्टरप्राइजेज कम्पनी र स्कील्ड ह्युमन रिसोर्स प्रालीले निवेदन बुझाएको वैदेशिक रोजगार विभागले जनाएको छ । यसै सन्दर्भमा विभागले यी म्यानपावरसँग यदि कसैको कारोबार वा लेनदेन बाँकी छ भने विभागमा सम्पर्क गर्न आग्रह गरेको छ । सवुत प्रमाणसहित सूचना प्रकाशित भएको ३५ दिनभित्र सम्पर्क गर्न सकिने विभागले जनाएको छ । अन्यथा ...

सम्बन्धित सामग्री

म्यानपावर कम्पनीको सेवा शुल्क बढाइने

१० हजार रहेको सेवा शुल्क अब श्रमिकको महिनाको तलबबराबर हुने सरकारले म्यानपावर व्यवसायीको सेवा शुल्क वृद्धि गर्ने निर्णय गरेको छ । वैदेशिक रोजगारीमा पठाइएबापत म्यानपावर व्यवसायीले श्रमिकको एक महिनाको पारिश्रमिकबराबर सेवा शुल्क...

विभागले म्यानपावर कम्पनीलाई शाखा कार्यालय खोल्न अनुमति दिने

काठमाण्डौ – वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीहरूलाई शाखा कार्यालय खोल्न अनुमति दिने भएको छ । कामदार वैदेशिक रोजगारीमा पठाउने सङ्ख्याको आधारमा शाखा कार्यालय खोल्न पाउने विभागले जनाएको छ ।  वैदेशिक रोजगार व्यवसाय सञ्चालन गर्न विभागबाट इजाजत लिएका म्यानपावर कम्पनीले देशभित्रै शाखा कार्यालय खोल्न चाहेमा विभागले अनुमति दिनु पर्ने कानुनी व्यवस्था छ । यही व्यवस्था अनुसार विभागले शाखा कार्यालय खोल्न चाहने म्यानपावर कम्पनीलाई निवेदन पेस गर्न समेत आह्वान गरेको छ ।  कुनै पनि म्यानपावर कम्पनीले शाखा ...

अब अनलाइनबाटै म्यानपावर नवीकरण हुने

काठमाडौं : वैदेशिक रोजगार विभागले म्यानपावर कम्पनीको इजाजत अनलाइनमार्फत गर्ने भएको छ। वैदेशिक रोजगारी व्यवस्थित र सुरक्षित बनाउन अनलाइनमार्फत नवीकरण गर्न लागेको वैदेशिक रोजगार विभागले जनाएको छ। विभागले गत जेठमा एक सूचना जारी गरी म्यानपावर कम्पनीको नवीकरण अनलाइनबाट गर्ने भनेको थियो। सोही आधारमा अनलाइनबाट सेवा शुरु गर्न लागेको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए।विभागका अनुसार इजाजतपत्र नवीकरण गर्न वैदेशिक रोजगार व्यवसायीलाई वैदेशिक रोजगार ऐन तथा निय

दुई सय पाँच म्यानपावर कम्पनी खारेज हुँदै

वार्षिक एक सयजना कामदारलाई वैदेशिक रोजगारीमा पठाउन नसक्ने दुई सय पाँचवटा म्यानपावर कम्पनी खारेज गर्ने तयारी गरिएको छ । वैदेशिक रोजगार ऐन, २०६४ को दफा १३ र वैदेशिक रोजगार नियमावली, २०६४...

म्यानपावर वर्गीकरणप्रति व्यवसायीको आपत्ति

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर वर्गीकरण गर्ने निर्णयप्रति म्यानपावर व्यवसायीहरूले आपत्ति जनाएका छन् । वर्गीकरण गरेर निश्चित कम्पनीहरूले मात्र फाइदा लिन खोजेको भन्दै व्यवसायीहरूले विरोध गरेका हुन् । श्रममन्त्री कृष्णकुमार...

म्यानपावर कम्पनी वर्गीकरण गरिँदै

सरकारले वैदेशिक रोजगार व्यवसायमा संलग्न म्यानपावर कम्पनीलाई वर्गीकरण गर्ने भएको छ । वैदेशिक रोजगारलाई व्यवस्थित एवं मर्यादित बनाउन त्यसो गर्न लागिएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न मन्त्रालयका सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ । आज गठन भएको कार्यदलमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा म्यानपावर कम्पनीका प्

म्यानपावर कम्पनी वर्गीकरण गर्न कार्यदल गठन

काठमाडौं, माघ २० । सरकारले वैदेशिक रोजगार व्यवसायमा संलग्न म्यानपावर कम्पनीलाई वर्गीकरण गर्न कार्यदल गठन गरेको छ । वैदेशिक रोजगारलाई व्यवस्थित एवं मर्यादित बनाउन यसो गर्न लागिएको जनाइएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यबिधि तयार गर्न मन्त्रालयका सहसचिव राजीव पोखरेलको […]

सय कामदार विदेश नपठाए पनि म्यानपावर नवीकरण हुने

काठमाडौं, असार २९ । चालु आर्थिक वर्ष कम्तीमा सय कामदार पठाउन नसक्ने म्यानपावर पुनः नवीकरण हुने भएका छन्। केही दिनअघि मन्त्रिपरिषद् बैठकले गरेको निर्णय अनुसार यो वर्ष एक सय कामदार पठाउन नसकेपछि आर्थिक वर्ष २०७८/७९ सम्म सबै म्यानपावर नवीकरण हुने भएका हुन्। कोरोना महामारीका कारण वैदेशिक रोजगारी ठप्प भएको भन्दै व्यवसायीले सबै म्यानपावर नवीकरण हुनुपर्ने […]

सबै म्यानपावर कम्पनी नवीकरण हुने

काठमाडौं :  सरकारले सञ्चालनमा रहेका सबै वैदेशिक रोजगार व्यवसायी कम्पनी नवीकरण हुने व्यवस्था गरेको छ। मन्त्रिपरिषद् बैठकले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ८२ प्रयोग बाधा अड्काउ फुकाउ आदेश जारी गरी म्यानपावर कम्पनीको इजाजतपत्र नवीकरण हुने व्यवस्था गरिदिएको हो।जसले गर्दा ७३१ वटा म्यानपावर कम्पनी खारेजी हुनबाट जोगिएका छन्। विभागका अनुसार हाल ८५४ वटा कम्पनी सञ्चालनमा रहेका छन्। नियमित प्रक्रियाबाट नवीकरण गर्नका लागि वैदेशिक रोजगार विभागले सूचना प्रकाशन गरिसकेको छ, जसअनुसार कम्पनीले प्रत्येक

खारेजी हुनबाट जोगिए ७३१ म्यानपावर

वैदेशिक रोजगार व्यवसायी संघका अनुसार ८५४ म्यानपावर मध्ये ऐनले तोकेबमोजिम कामदार पठाउन नसकेका ७३१ म्यानपावर खारेजीको जोखिममा थिए।