राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले स्थानीय निर्वाचन पछि सार्न नदिन एमालेले दुई मध्ये एक विकल्प रोज्नुपर्ने बताएका छन् ।
बुधवार बिहान सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै नेता देवकोटाले एमालेले कि संसद चल्न दिनुपर्ने र यदि चल्न नदिने हो भने स्थानीय तहको चुनावसँगसँगै प्रतिनिधि सभाको पनि ‘अर्ली इलेक्सन’ सम्बन्धी संकल्प प्रस्ताव दर्ता गर्नुपर्ने विकल्प रहेको बताएका हुन् ।
उनले प्रतिनिधि सभाको अर्ली इलेक्सनको संस्थागत प्रस्तावमा सत्ता गठबन्धन पनि सहमत हुने विश्वास भएको सुनाए ।
उनले सर्वोच्च अदालतले सर...