काठमाडौं : राष्ट्रियसभा सांसद खिमलाल देवकोटाले सभामुखको अधिकार कटौती गर्नु गलत भएको बताएका छन्।राष्ट्रियसभाको आइतबार बसेको बैठकमा उनले यस्तो बताएका हुन्। उनले अनावश्यक रुपमा सभामुखको अधिकारलाई कटौती गर्ने, हस्तक्षेप गर्ने बहस चलिरहेको आरोप लगाए। उनले प्रतिनिधिसभामा छलफलमा रहेको यो प्रावधान राष्ट्रियसभामा पनि आउनसक्ने चिन्ता व्यक्त गरे।उनले भने, ‘प्रतिनिधिसभामा प्रतिनिधिसभा नियमावलीको छलफल भइरहेको छ। त्यहाँ अनावश्यक रुपमा सभामुखको अधिकारलाई कटौती गर्ने, हस्तक्षेप गर्ने&n