ललितपुरमा भोलिदेखि नियमित सेवा प्रवाह दिन अनुरोध

जिल्ला प्रशासन कार्यालय ललितपुरले सबै सरकारी एवं सार्वजनिक निकायलाई मङ्गलबारदेखि नियमित सेवा प्रवाहको व्यवस्था मिलाउन अनुरोध गरेको छ । सहायक प्रजिअ ललितकुमार बस्नेतले आज  विज्ञप्ति जारी गर्दै महानगरवासीले आउँदो आइतबार, सोमबार र मङ्गलबार मात्र नागरिकता, प्रतिलिपि, नावालिग परिचयपत्र, राहदानी र  हातहतियार दर्ता नवीकरण सेवा लिन पाउने जानकारी गराएका हुन् । तीन गाउँपालिकावासीले बुधबार  तथा गोदावरी र महालक्ष्मीनगरवासीले बिहीबार र शुक्रबार  सेवा लिन पाउने पत्रमा उल्लेख छ । यसैगरी प्रशासन कार्यालयले स...

सम्बन्धित सामग्री

बैतडीमा स्थानीय तहले पनि सार्वजनिक बिदामा सेवा दिने

बैतडी : जिल्लाका स्थानीय तहहरूले पनि सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्ने भएका छन्। यहाँको सुर्नया गाउँपालिकाले एक सूचना जारी गर्दै बिदाको दिन पनि सेवा दिन जनाएको छ। शनिबारबाहेक विभिन्न चाडवाडको समयमा दिइएको सार्वजनिक बिदाका दिन गाउँपालिकाले सेवा दिने सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जानकारी दिए। अब बिदाको दिन सबै वडा कार्यालय, स्वास्थ्य सस्था र गाउँपालिकाबाट प्रवाह हुने सेवा सञ्चालन हुनेछ।नेपाल सरकारले सार्वजनिक बिदाको दिन पनि नियमित सेवा प्रवाह गर्ने

काठमाण्डौ महानगरले आज स्थापना दिवस मनाउँदै : आज नियमित सेवा प्रवाह नहुने

काठमाण्डाै - काठमाण्डौ महानगरपालिकाले आज २८औँ महानगर दिवस मनाउँदैछ। २०५२ साल मंसिर २९ गते काठमाण्डौ महानगरपालिका घोषणा भएको थियो । त्यही दिनको सम्झनामा काठमाण्डौ महानगरपालिकाले हरेक वर्ष विभिन्न कार्यक्रम गरी महानगर दिवस मनाउँदै आएको छ। दिवसका अवसरमा महानगरले यसवर्ष सप्ताहव्यापी कार्यक्रम गरेको छ । टेकु दोभानमा नदी सरसफाइ तथा महानगरपालिकाका ५० खुला तथा सार्वजनिक ठाउँमा सरसफाइ भएको छ । त्यस्तै कला संस्कृतिलाई संरक्षण  गर्न  र  त्यसका  बारेमा  जानकारी गराउने उद्देश्यले विभिन्न कार्यक्रम ग...

डा. केसीद्वारा इलाम अस्पतालबाट सेवा सुरु

मङ्गलबारे । डाक्टर गोविन्द केसीले इलामबाट स्वास्थ्य सेवा सुरु गरेका छन् । इलाम अस्पतालमार्फत उनले हाडजोर्नीको सेवा दिन सुरु गरेका हुन् । सोमबारदेखि उनले २० दिनसम्म नियमित सेवा प्रवाह गर्ने जनाइएको छ । सहरमा भएका ठूला अस्पतालमा ग्रामीण क्षेत्रका जनताको उपचारमा अझै पनि पहुँच नभएका कारण आफू इलाममा आएर सेवा दिन थालेको उनले बताए । […]

डा. केसीद्वारा इलाम अस्पतालबाट सेवा सुरु

इलाम – डाक्टर गोविन्द केसीले इलामबाट स्वास्थ्य सेवा सुरु गर्नुभएको छ । इलाम अस्पतालमार्फत उहाँले हाडजोर्नीको सेवा दिन सुरु गर्नुभएको हो । सोमवारदेखि उहाँले २० दिनसम्म नियमित सेवा प्रवाह गर्नुहुने जनाइएको छ ।  सहरमा भएका ठूला अस्पतालमा ग्रामीण क्षेत्रका जनताको उपचारमा अझै पनि पहुँच नभएका कारण आफू इलाममा आएर सेवा दिन थालेको उहाँले बताउनुभयो ।  उहाँले दैनिक ५० जनासम्म बिरामी हेर्ने भनिए पनि धेरै बिरामीको चाप बढेपछि अबेरसम्म बिरामी जाँच गरिरहनुभएको छ । इलाम अस्पतालले उहाँलाई उपचारमा सहयोगका लागि...

श्रीलंकाद्वारा वैदेशिक ऋण नतिर्ने घोषणा, चीनसँग थप ऋण माग

श्रीलंकाको आर्थिक अवस्था हाल विदेशी ऋणसहित गम्भीर संकटमा फसेको विज्ञहरूले बताउँदै आएको बेला सरकारले उपभोक्तालाई नियमित सेवा प्रवाह समेत गर्न नसक्दा राजधानी कोलम्बो सहितका सडकमा हजारौंको संख्यामा आम नागरिकहरू प्रदर्शनमा उत्रिएका छन् ।

काभ्रेपलाञ्चोकमा माघ २१ सम्म सेवा स्थगन

कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले एकहप्ताका लागि आफ्नो सेवा प्रवाह स्थगनको समय बढाएको छ ।   प्रशासनले  आज यहाँ सार्वजनिक सूचना जारी गर्दै यही माघ २१ गतेसम्मका लागि अत्यावश्यक सेवा (शान्ति सुरक्षा, मुद्दा, आन्तरिक प्रशासन र आकस्मिक राहदानी) बाहेकका अन्य नियमित सेवा स्थगन गरिएको जनाएको छ ।  यसअघि प्रशासनले माघ ९ देखि १४ गतेसम्म अत्यावश्यकबाहेकका सेवा स्थगन गरेको थियो ।  यसैबीच रोशी गाउँपालिकाले आजबाट बारअनुसार सेवा सञ्चालन गर्ने भएको छ । पालिकाले...

जिल्ला प्रशासन काभ्रेपलाञ्चोकमा माघ २१ गतेसम्म सेवा स्थगन

बनेपा । कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै काभ्रेपलाञ्चोक जिल्ला प्रशासन कार्यालयले एकहप्ताका लागि आफ्नो सेवा प्रवाह स्थगनको समय बढाएको छ । प्रशासनले आज यहाँ सार्वजनिक सूचना जारी गर्दै यही माघ २१ गतेसम्मका लागि अत्यावश्यक सेवा (शान्ति सुरक्षा, मुद्दा, आन्तरिक प्रशासन र आकस्मिक राहदानी) बाहेकका अन्य नियमित सेवा स्थगन गरिएको जनाएको छ । यसअघि प्रशासनले […]

फेमिली केयर अस्पतालबाट सेवा सुरु

खोटाङ– काठमाडौंबाट खोटाङ स्थानान्तरण गरिएको फेमिली केयर अस्पतालले नियमित सेवा सुरू गरेको छ । ग्रामीण क्षेत्रका सर्वसाधारणको स्वास्थ्यलाई लक्षित गर्दै सहरबाट गाउँमा सारिएको अस्पतालले दिक्तेलबजारबाट नियमित सेवा सुरु गरेको हो । गत चैतदेखि सेवा प्रवाह सुरु गरेको अस्पतालले कोभिड–१९ को महामारी न्यून हुँदैगएपछि नियमित सेवा प्रवाह सुरु भएको अस्पतालका अध्यक्ष डा. केके राईले बताए । […]

जिल्ला प्रशासन कार्यालय पर्साले आइतबारदेखि नियमित सेवा प्रवाह गर्ने

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले आइतबारदेखि नियमित सेवा प्रवाह गर्ने भएको छ । कोरोना भाइरस संक्रमण रोकथामकालागी स्थानीय तहअनुसार आलोपालो गरेर सेवा प्रदान गर्दै आएको प्रशासनले अब नियमित रुपमा सेवा प्रवाह गर्ने भएको हो । जिल्ला प्रशासन कार्यालयले बिहीबार सूचना जारी गर्दै साउन २४ गतेदेखि कार्यालयबाट प्रदान गर्दै आएका सबै सेवाहरु स्वास्थ्य सुरक्षा मापदण्ड […]

मकवानपुरका सरकारी कार्यालयले आइतबारदेखि नियमित सेवा दिने

हेटौंडा : मकवानपुरका सम्पूर्ण सरकारी कार्यालयको सेवा आइतबारदेखि नियमित हुने भएको छ। कोरोना नियन्त्रणको लागि बन्द भएको सेवा आइतबारदेखि नियमित हुने भएको हो।जिल्ला कोभिड– १९ व्यवस्थापन केन्द्रको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सेवा दिने निर्णय गरेको छ। जिल्लामा एक हजारभन्दा धेरै कोरोनाका सक्रिय संक्रमित रहेकोले उच्च सतर्कता अपनाएर सेवा दिन लागिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए।बारअनुसार सेवा प्रवाह गरिने प्रशासन कार्यालयले विशेषगरी अत्यावश्यक सेवा प्रवाह गर्ने कार्य