बैतडी : जिल्लाका स्थानीय तहहरूले पनि सार्वजनिक बिदाको दिन पनि सेवा प्रवाह गर्ने भएका छन्। यहाँको सुर्नया गाउँपालिकाले एक सूचना जारी गर्दै बिदाको दिन पनि सेवा दिन जनाएको छ। शनिबारबाहेक विभिन्न चाडवाडको समयमा दिइएको सार्वजनिक बिदाका दिन गाउँपालिकाले सेवा दिने सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रघुनाथ अवस्थीले जानकारी दिए। अब बिदाको दिन सबै वडा कार्यालय, स्वास्थ्य सस्था र गाउँपालिकाबाट प्रवाह हुने सेवा सञ्चालन हुनेछ।नेपाल सरकारले सार्वजनिक बिदाको दिन पनि नियमित सेवा प्रवाह गर्ने