मकवानपुरका सरकारी कार्यालयले आइतबारदेखि नियमित सेवा दिने

हेटौंडा : मकवानपुरका सम्पूर्ण सरकारी कार्यालयको सेवा आइतबारदेखि नियमित हुने भएको छ। कोरोना नियन्त्रणको लागि बन्द भएको सेवा आइतबारदेखि नियमित हुने भएको हो।जिल्ला कोभिड– १९ व्यवस्थापन केन्द्रको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सेवा दिने निर्णय गरेको छ। जिल्लामा एक हजारभन्दा धेरै कोरोनाका सक्रिय संक्रमित रहेकोले उच्च सतर्कता अपनाएर सेवा दिन लागिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए।बारअनुसार सेवा प्रवाह गरिने प्रशासन कार्यालयले विशेषगरी अत्यावश्यक सेवा प्रवाह गर्ने कार्य

सम्बन्धित सामग्री

आजदेखि सरकारी कार्यालयहरूमा नियमित सेवा

सरकारी कार्यालयहरूमा बडादसैँको फूलपातीको दिनदेखि द्वादशीसम्म सार्वजनिक बिदा रहेकोमा आजदेखि पुनः खुल्ने भएका छन्।

कृषि ज्ञान केन्द्रको नियमित सेवा

कृषि ज्ञान केन्द्र बाजुराको कार्यालय बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म खुला हुने भएको छ । कर्मचारी अभावका कारण सेवाग्राहीलाई नियमित सेवा दिन दैनिक ११ घण्टा कार्यालय खुला राखिने जनाइएको छ । ‘सरकारी काम कैले जाला घाम’ भन्ने मान्यतालाई तोड्दै कृषि ज्ञान केन्द्र ११ घण्टा समय खुला राखिएको सो कार्यालयका निमित्त कार्यालय प्रमुख मीनप्रसाद जैसीले बताउनुभयो ।

नारायणी अस्पतालमा आइतबार पनि नियमित सेवा पाइने

पर्सा -नारायणी अस्पतालले आइतबारसमेत सेवा प्रदान गर्ने भएको छ । सरकारले देशभरका सरकारी सङ्घसंस्था र कार्यालय सातामा दुई दिन शनिबार र आइतबार बन्द गर्ने निर्णय गरे पनि नारायणी अस्पताल भने दैनिक बिरामीको उपचार सेवाका लागि आइतबार बन्द नहुने भएको हो । सो अस्पतालमा आइतबारका दिन पनि ओपिडी, शल्यक्रिया, लयाबलगायतका सबै नियमित उपचार सेवा सञ्चालनमा रहने […]

कोरोनाका कारण खोटाङमा सरकारी कामकाज प्रभावित

खोटाङ – दैनिकजसो बढिरहेको कोरोना भाइरस संक्रमणका कारण खोटाङमा सरकारी कामकाज प्रभावित भएको छ । सरकारी कार्यालयका कर्मचारीसमेत संक्रमित हुन थालेपछि नियमित सेवा प्रभावित भएको हो ।कर्मचारी संक्रमित भएपछि जिल्लामा स्थानीय तहका साथै विभिन्न सरकारी कार्यालयले धमाधम अत्यावश्क बाहेकका सेवा बन्द गर्न थालेका छन् ।जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका र रावाबेँसी गाउँपालिकाले […]

सूचना प्रवाहमा कमजोर सरकारी कार्यालय

जुम्लामा करिब चार दर्जन बढी सरकारी कार्यालय छन् । साविक कर्णालीको अञ्चल सदरमुकामसमेत रहेको जुम्लामा पूर्वाधार विकास, अनुसन्धान, नियमित सेवा प्रवाह गर्ने विभिन्न चार दर्जन बढी कार्यालय छन् । सूचनाको हक ऐन २०६४ र नियमावली २०६५ अनुसार कुनै पनि निकायले गरेका कामकाज गतिविधि बारे आम नागरिक सूचना पाउने अधिकारको सुनिश्चिता गरिएको छ ।आर्थिक सुशासन कायम […]

चितवनका सरकारी कार्यालयको नियमित सेवा बन्द

चितवन । जिल्लामा कोरोना भाइरस संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले भीडभाड हुने कार्यालयको नियमित सेवा बन्द गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा आइतवार जारी आदेशमा भीडभाड हुने कार्यालय भदौ १ गतेदेखि १० गतेसम्मका लागि नियमित सेवा बन्द गर्ने बताइएको छ ।   आदेशमा भनिएको छ, ‘जिल्लास्थित सरकारी कार्यालयमध्ये बढी भीडभाड हुने जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी र यातायात व्यवस्था कार्यालयले अत्यावश्यक तथा आन्तरिक कार्यबाहेक नियमित सेवाप्रवाह स्थगित गरिनेछ ।’ आदेशमा सभा, सम्मेलन, प्रदर्शन, भेला, सेमिनार, तालीम, सिनेमा, पार्टी प्यालेसलगायत सञ्चालनमा रोक लगाइएको छ । बढी भीडभाड हुने जिल्लाका सरकारी कार्यालयबाहेक अन्यमा यसअघिकै व्यवस्था कायम गरिएको छ । खाद्यान्न, तरकारी, फलफूल, दूध डेरी, माछामासु, अण्डा, दाना, ग्यास, पूजा, पसल हरेक दिन बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न पाइनेछ । तोकिएका बाहेकका अन्य पसल आइतवार, मंलवार र बिहीवार दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म खुल्न पाउनेछन् । यसरी खुल्न पाउने पसलमा इलेक्ट्रोनिक, भाँडा, कपडा, फेन्सी, कस्मेटिक, सुनचाँदी, फर्निचर, जुत्ता चप्पल, टेलरिङ, पुस्तक पसललगायत व्यापारिक पसल छन् । खाजा घर, रेष्टुराँ, मिठाई पसल दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म खुल्नेछन् । सार्वजनिक सवारी जोरविजोर प्रणालीलाई निरन्तरता दिइएको छ । सिट क्षमताअनुसार सञ्चालन गर्न पाइनेछ । यसअघि प्रमुख जिल्ला अधिकारीले स्थानीय तहका प्रमुखसँग छलफल गरेर जिल्लामा कडाइ गर्ने योजना बनाएका हुन् । यसैबीच, भरतपुर अस्पतालले यहाँ उपचार गर्न आउने बिरामीलाई अत्यावश्यक अवस्थाबाहेक अन्य समयमा अस्पताल नआउन अनुरोध गरेको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. जगन्नाथ तिवारीले आइतवार सार्वजनिक सूचना जारी गर्दै कोरोनाका बिरामीको चाप अस्पतालमा बढ्दै गएकाले आवश्यक अवस्थामा मात्रै अस्पताल आउन अनुरोध गरेका हुन् । अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन तथा जथाभावी नडुल्न तथा घरबाट बाहिर निस्कनैपर्ने भएमा जनस्वास्थ्य तथा सुरक्षा मापदण्ड पूर्णरूपमा पालना गर्न सूचनामा सबैलाई अपिल गरिएको छ । रासस

ललितपुरमा भोलिदेखि नियमित सेवा प्रवाह दिन अनुरोध

जिल्ला प्रशासन कार्यालय ललितपुरले सबै सरकारी एवं सार्वजनिक निकायलाई मङ्गलबारदेखि नियमित सेवा प्रवाहको व्यवस्था मिलाउन अनुरोध गरेको छ । सहायक प्रजिअ ललितकुमार बस्नेतले आज  विज्ञप्ति जारी गर्दै महानगरवासीले आउँदो आइतबार, सोमबार र मङ्गलबार मात्र नागरिकता, प्रतिलिपि, नावालिग परिचयपत्र, राहदानी र  हातहतियार दर्ता नवीकरण सेवा लिन पाउने जानकारी गराएका हुन् । तीन गाउँपालिकावासीले बुधबार  तथा गोदावरी र महालक्ष्मीनगरवासीले बिहीबार र शुक्रबार  सेवा लिन पाउने पत्रमा उल्लेख छ । यसैगरी प्रशासन कार्यालयले स...

प्रशासनमा अन्य सेवा भन्दा सवारी ‘पास’ लिनेकै भिड बढी

बागलुङ । जिल्ला प्रशासन कार्यालय बागलुङमा नियमित सेवा भन्दा सवारी संचालन अनुमति (पास) लिनेको दैनिक भिड लाग्ने गरेको छ । लकडाउन खुकुलो गर्दै सरकारले असार १ गतेदेखि सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका नियमित सेवा प्रवाह संचालन गरे पनि प्रशासनमा सवारी पासको लागि आउनेको दैनिक भिड लाग्ने गर्छ । प्रशासनमा नागरिता, राहदानी, सिफारिस, प्रमाणीकरण जस्ता सेवा …

सरकारी कार्यालयका सबै नियमित सेवा बन्द, कर्मचारी हाजिर हुनु पर्ने

जिल्ला र प्रदेशस्थित सरकारी कार्यालयले नियमित सेवा आजबाट चैत्त २१ गतेसम्मका लागि सेवा बन्द गर्ने जनाएको छ ।

सरकारी कार्यालयका सबै नियमित सेवा बन्द, कर्मचारी हाजिर हुनु पर्ने

जिल्ला र प्रदेशस्थित सरकारी कार्यालयले नियमित सेवा आजबाट चैत्त २१ गतेसम्मका लागि सेवा बन्द गर्ने जनाएको छ ।