काठमाडौं : केही दिनदेखि देशका ठूला सरकारी अस्पतालमा ज्वरोका बिरामीको चाप बढ्न थालेको छ। काठमाडौं उपत्यकाका विभिन्न अस्पतालसहित उपत्यका बाहिरका प्रादेशिक अस्पतालहरूमा समेत परीक्षणका लागि पुग्ने बिरामीको संख्या उल्लेख्य बढेको छ।उपत्यकाका त्रिवि शिक्षण अस्पताल, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन, वीर अस्पतालमा पछिल्लो २ सातामा जँचाउन आउने ज्वरोका बिरामीको संख्या करिब ५ गुणाले बढेको छ। तीमध्ये अधिकांश बिरामीहरूमा कोरोना संक्रमण पाइएको वीर अस्पतालका डा प्रज्वल