मन्त्री थापा महाधिवेशन प्रतिनिधि चयन

गण्डकी प्रदेशका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापा नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन् । थापा कास्की–२ को प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट सर्वाधिक मत प्राप्त गरेर विजयी भएका हुन् । उनले खसेको ४९५ मतमा ३६१ मत पाएका थिए । दोस्रोमा देवराज चालिसेले ३२३ मत प्राप्त गरे । गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्री कुमार खड्का २८८ मत ल्याएर तेस्रो स्थानमा निर्वाचित भए ।  

सम्बन्धित सामग्री

केन्द्रीय नेताका छोराछोरी पनि महाधिवेशन प्रतिनिधि

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत देशभर जारी अधिवेशनमा शीर्ष नेताका छोराछोरी पनि महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पार्टीको केन्द्रीय कार्यसमिति चयनका लागि महाधिवेशन प्रतिनिधिहरु मतदाता हुन् । नेताहरुले आफ्नै छोराछोरीलाई महाधिवेशन प्रतिनिधि ल्याउनुलाई कांग्रेसभित्र कतिपयले विरासतका रुपमा चर्चा गरेका छन् भने केहीले आफूलाई मत दिने विश्वासिलो व्यक्तिलाई महाधिवेशन प्रतिनिधि […]

गच्छदारका छोरा सुवास काँग्रेस पार्टीको निर्विरोध महाधिवेशन प्रतिनिधि चयन

नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारीहरुले आआफ्ना छोराछोरीलाई धमाधम पार्टीको महाधिवेशन प्रतिनिधि चयन गरिरहेका छन् । पछिल्लो पटक उपसभापति विजयकुमार गच्छदारले पनि पुत्र मोह देखाएका छन् । उनका कान्छा छोरा सुवास गच्छदार नेपाली कांग्रेस पार्टीको महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत मोरङ क्षेत्र नं ६ बाट मधेशी कोटाबाट सुवास निर्विरोध चयन भएका छन् । डा शेखर कोइरालालाई नेता गच्छदारले छोरालाई निर्विरोध निर्वाचित गराई दिन आग्रह गरेका थिए । त्यसपछि कोइरालाको पहलम

लुम्बिनी प्रदेशका दुई मन्त्री कांग्रेस महाधिवेशन प्रतिनिधि चयन

लुम्बिनी प्रदेशका दुई मन्त्री नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि चयन भएका छन्। प्रदेशका ग्रामिण तथा शहरी बिकास मन्त्री डिल्ली बहादुर चौधरी र उर्जा जलस्रोत , सिँचाई राज्यमन्त्री अर्जुन श्रेष्ठ कांग्रेस महाधिवेशन प्रतिनिधि चयन भएका हुन्।...

प्रकाशमान सिंहका छोरा र श्रीमती बने महाधिवेशन प्रतिनिधि

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहका छोरा र श्रीमती दुवै महाधिवेशन प्रतिनिधि चयन भएका छन्। श्रीमती सिर्जना सिंह श्रेष्ठ र छोरा प्रभाशमान सिंह काठमाडौं क्षेत्र नम्बर ७ बाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन भएका हुन्। आजको क्षेत्रीय अधिवेशनबाट उनीहरु आदिवासीतर्फबाट  महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन्। सिर्जना सिंह प्रकाशमानसँग विवाह गर्नुअघि…

राप्रपाको महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया सुरु

राप्रपाको केन्द्रीय महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया सोमबारदेखि सुरु भएको छ । सबै जिल्लाबाट महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया मंसिर ८ गतेसम्म जारी रहने महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाका अनुसार अध्यक्षत्रयले मनोनित गर्ने र प्रदेशसभा निर्वाचन क्षेत्रबाट चुनिएर आउने प्रतिनिधिबाहेक अन्य महाधिवेशन प्रतिनिधिको भने टुंगो लागिसकेको छ ।जसअनुसार महाधिवेशनमा सहभागी हुनका लागि ७ सय ५३ स्थानीय तहका अध्यक्ष, प्रदेशसभा अध्यक्ष तीन सय ३०, संघीय निर्वाचन क्ष

राप्रपा महाधिवेशन प्रतिनिधि निर्वाचन सर्यो

राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशन प्रतिनिधि चयनको मिति सरेको छ । मंसिर ३ देखि ५ मा महाधिवेशन प्रतिनिधि चयन गर्ने पूर्वनिर्धारित मिति परिवर्तन गर्दै मंसिर ६,७ र ८ गतेलाई तोकेको छ ।मंसिर ८ गतेसम्म महाधिवेशन प्रतिनिधि चयन गरेर नौ गते नामावली सार्वजनिक गर्ने राप्रपाको तयारी छ । राप्रपाको केन्द्रीय निर्वाचन समितिले बिहीबार विज्ञप्ति जारी गर्दै जिल्ला निर्वाचन समितिलाई सोही अनुसार गर्न निर्देशन दिएको छ ।

एमालेले सिन्धुलीबाट छान्यो ३१ जना महाधिवेशन प्रतिनिधि

नेकपा एमालेले सिन्धुली जिल्लाबाट ३१ जना महाधिवेशन प्रतिनिधि चयन गरेको छ । एमालेले क्षेत्र नम्बर १ बाट १८ र क्षेत्र नम्बर २ बाट १३ जना गरी ३१ जना महाधिवेशन प्रतिनिधि चयन गरेको हो । नामावली हेर्नुहोस्

एमालेले आज देशभर एकैसाथ दशौँ महाधिवेशन प्रतिनिधि चयन गर्दै

एमालेले शनिबार देशभर एकैसाथ दशौँ महाधिवेशन प्रतिनिधि चयन गर्दै छ । सर्वसम्मति नभएको ठाउँमा शनिबार मतदानको प्रक्रियाबाट प्रतिनिधि छनोट हुनेछन् । प्रतिनिधिका आकांक्षी धेरै रहेकाले अधिकांश ठाउँमा निर्वाचनको सम्भावना छ । करिब आठ...

बागमतीको तीन जिल्लामा एमाले महाधिवेशन प्रतिनिधि चयन

२६ कात्तिक, काठमाडौं । बागमती प्रदेशको तीन जिल्लामा नेकपा एमाले महाधिवेशन प्रतिनिधि सर्वसहमत चयन भएको छ । १०औं महाधिवेशनका लागि शनिबार महाधिवेशन प्रतिनिधि चयन हुँदैछ । तर दोलखा, मकवानपुर र रसुवामा शुक्रबार नै प्रतिनिधि चयन भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए । उनका अनुसार, दोलखाबाट २३, मकवानपुरबाट १७ र रसुवाबाट ४ जना प्रतिनिधि सर्वसहमत […]

दोलखा एमालेले छान्यो महाधिवेशन प्रतिनिधि, २३ जना सर्वसम्मत

एमालेको दोलखा जिल्ला कमिटीले महाधिवेशन प्रतिनिधि चयन गरेको छ । एमाले दोलखाले सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि चयन गरेको हो ।  एमाले दोलखाबाट जिल्ला अध्यक्ष ईश्वरचन्द्र पोखरेलसहित खुल्लातर्फ पाँच जना, दलिततर्फ दुई जना, महिलातर्फ सात जना र भूगोलतर्फको खुलाबाट ९ जना गरेर कूल २३ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।  एमालेले मंसिरको १० देखि १२ सम्म चितवनमा दशौं राष्ट्रिय महाधिवेशन आयोजना गरेको छ । महाधिवेशनले नयाँ नेतृत्व निर्वाचित गर्नेछ ।  एमालेले भोलि कात्तिक २७ मा देशभर एकै पटक महाधिवेशन प्...