राप्रपाको केन्द्रीय महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया सोमबारदेखि सुरु भएको छ । सबै जिल्लाबाट महाधिवेशन प्रतिनिधि छान्ने प्रक्रिया मंसिर ८ गतेसम्म जारी रहने महाधिवेशन प्रचारप्रसार समितिका संयोजक मोहन श्रेष्ठले जानकारी दिए । राप्रपाका अनुसार अध्यक्षत्रयले मनोनित गर्ने र प्रदेशसभा निर्वाचन क्षेत्रबाट चुनिएर आउने प्रतिनिधिबाहेक अन्य महाधिवेशन प्रतिनिधिको भने टुंगो लागिसकेको छ ।जसअनुसार महाधिवेशनमा सहभागी हुनका लागि ७ सय ५३ स्थानीय तहका अध्यक्ष, प्रदेशसभा अध्यक्ष तीन सय ३०, संघीय निर्वाचन क्ष