नेतालाई चुनाव, किसानलाई चटारो

कञ्चनपुरको बेलौरी नगरपालिका ६ का छोटेलाल रानाको १५ कट्ठाको धान पूरै भिज्यो । काटेको दोस्रो दिनदेखि सुरु भएको वर्षाले सबै धान भिजाएको हो । मंगलबारदेखि मौसममा सुधार आएपछि उनलाई अहिले उक्त धान सुकाउने चटारो छ । पाँच दिनसम्मको अविरल वर्षाका कारण धान र पराल कामै नलाग्ने भएको छ ।

सम्बन्धित सामग्री

पोखरा, काठमाडौँ र नारायणगढमा सिगानाको सुन्तला

गलकोट– बागलुङको धेरै सुन्तला उत्पादन हुने सिगाना, बिहुँ लगायत स्थानका सुन्तला बजार पठाउन किसानलाई चटारो छ । यसपटक बागलुङमा उत्पादन भएको सुन्तलाको ६० प्रतिशत बिक्री भइरहेको छ ।  यस वर्ष सिगानामा राम्रो सुन्तला फलेपनि समग्र जिल्लाको तथ्यांक हेर्दा सुन्तला उत्पादनमा ६५ मेट्रिक टन गिरावट आएको छ । औँसे किराका कारण सुन्तला कम फलेको कृषि ज्ञान […]

चाडपर्व र बाली थन्क्याउने चटारो सँगसँगै

मध्य कात्तिक कटेसँगै महोत्तरीका किसानलाई चटारो बढेको छ । खेतमा धान पाकेर खेत पहेँलपुर छ । आलु, कोभी, भाण्टासहितका हिउँदे तरकारी, गहुँ, दलहन र उखु लगाउने बेला । यसैबेला मुख्य चाडपर्व तिहार र छठको रमझम छ । यहाँका किसानलाई अहिले राष्ट्रिय महत्वका पारम्परिक चाडपर्वसँगै धान थन्क्याउने र हिउँदे बाली लगाउने चटारो सँगसँगै परेको छ । …

मागअनुसार उत्पादन नहुँदा अलैंचीको भाउ बढ्यो

यतिबेला ताप्लेजुङमा प्रमुख नगदेबालीको रुपमा रहेको अलैंची टिप्न किसानलाई चटारो छ। अहिले तल्लो भागमा अलैँची पाकेर थन्क्याउने बेला भइसेको छ भने माथिल्लो भेगमा धमाधन टिप्ने, छोडाउने र सुकाउने काम भइरहेको...

किसानलाई चटारो, नेतालाई हतारो

तल मर्दी खोला । माथि मर्दी हिमाल । जङ्गलको बीचमा समथर भूभागमा बस्तीसँग ठूलो फाँट छ । पोखराबाट झन्डै ३० किलोमिटर उत्तर कास्कीको लाहचोकमा चट्ट मिलेको बस्ती छ । एउटा गाउँ, जहाँ सबै जातजातिका मानिस मिलेर बसोवास गर्छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको केन्द्र लाहचोक पुग्न गतिलो पक्की सडक छैन । जोखिम मोलेर पालिका केन्द्र पुग्नुपर्ने अवस्था छ । उम्मेदवार भोट माग्न आउँदा गाडीमै आउँछन् । प्राकृतिक सम्पदाले भरीपूर्ण यो गाउँपालिकामा मतदाता पनि धेरै भएकाले उम्मेदवारको नजर छ । उनीहरूले विकासको

रोपाइँ सुरु भयो, मल छैन

काठमाण्डाै - यस वर्ष मनसुन चाँडै सुरु भएपछि असार नलाग्दै धान रोपाइँ सुरु भएको छ । काठमाण्डौ उपत्यकासहित धेरै जिल्लाका किसानलाई यतिखेर धान रोपाइँको चटारो परेको छ । खेतमा पानी भरिएपछि किसानलाई धान रोप्ने चटारो परेको हो । अघिल्ला वर्षमा असारको पहिलो हप्तापछि मात्रै रोपाइँ सुरु हुने र असारको १५ ताका किसानलाई चटारो पर्ने भए पनि यसपालि असार नलाग्दै रोपाइँ सुरु भएको छ । कतिपय किसानले धानको बिउ छोटो भए पनि रोपाइँ सुरु गरेका छन् । सिँचाइ अभावका कारण आकाशे पानीका भरमा रोपाइँ गर्नुपर्ने भएकाले क...

चैते धान रोप्न किसानलाई चटारो

दाङ-बंगलाची गाउँपालिका ४ डाबर निवासी किसान भरत थापा अहिले चैते धान रोप्न व्यस्त छन् । उनलाई चैते धान रोप्ने खेत मिलाउन भ्याइ नभ्याई छ ।सुकाखोलाको पानीले सिञ्चित भएको खेत दाईसँगै भरतले रोप्नका लागि तयार गरिरहेका थिए भने खेतमा वर्षादको समयमा जस्तै रोपारहरुलाई धान रोपाईँको चटारो थियो । उनले करिव साढे सात रोपनी खेतमा चैते धान […]

किसानलाई तरुल खन्ने चटारो

माघे संक्रान्तिमा फलहारका रूपमा प्रयोग हुने तरुल खन्न सर्लाहीको पश्चिमी क्षेत्रका किसानलाई चटारो छ । दुई सातायता बजारमा तरुलको माग बढेर व्यापारी खेतमै पुग्न थालेपछि किसानलाई तरुल खन्न र बिक्री गर्न भ्याइनभ्याई भएको हो ।

मौसम सफा भएपछि धान सुपरजोनका किसानलाई धान काट्ने चटारो (तस्बिरहरू)

झापा – केही दिनअघि आएको अविरल वर्षा र हावाहुरीका कारण क्षति व्यहोरेका धान सुपरजोन झापाका किसानलाई अहिले धान काट्ने चटारो छ। वर्षा र हावाहुरीले अन्य जिल्लामा जस्तै झापामा पनि धानबालीमा ठूलो क्षति पुर्याएको थियो। अहिले तिनै ढलेका धान उठाउन किसानलाई चटारो छ। अहिले मौसम सफा रहेका कारण धान काटेर थन्क्याउने काममा किसान लागेका छन्। कृषि […]

निषेधाज्ञामा पनि जुम्लाका किसानलाई जौ भित्र्याउने चटारो

जेठ ११, जुम्ला । जुम्लाका किसानलाई निषेधाज्ञामा पनि जौ भित्र्याउन चटारो छ । झण्डै एक महीनायताको निषेधाज्ञाले स्थानीयवासी घरभित्रै सीमित भए पनि जौ स्याहार्नुपर्ने बाध्यता छ ।  दोस्रो लहरको कोरोना भाइरसको संक्रमणका कारण अत्यावश्यक कामबाहेक हिँडडुलमा स्थानीय प्रशासनले रोक लगाइए पनि जिल्लाका ग्रामीण र सदरमुकाम खलंगा क्षेत्रका किसानको दैनिकी भने उस्तै छ । सदरमुकाम क्षेत्रमा कोरोना संक्रमणको उच्च जोखिमबीच दैनिक कृषिकर्ममा किसान लागिपरेको स्थानीयवासी दल नेपालीले बताए । निषेधाज्ञाले पूरै ठप्प भए पनि यहाँका किसान खेतको फाँटमा जौ काट्न व्यस्त देखिन्छन् । यहाँका किसान चर्को घामको परवाह नगरी जौ बाली स्याहार्न व्यस्त छन् । गत कात्तिक र मंसिरको हिउँदेबाली लगाइएको जौ बाली अहिले भित्र्याउने यहाँका किसानलाई चटारो परेको तिला गाउँपालिका–१का स्थानीयवासी नर रावतले बताए ।  जिल्लाको कृषियोग्य भूमिका हिउँदको समयमा जौ, गहुँ, आलु, तरकारीलगायत खेती गर्ने गरेको कृषि विकास कार्यालय जुम्लाले जानकारी दिएको छ । खेतमा जौ काटिसकेपछि यहाँका किसानलाई फेरी मार्सीधान रोप्नमा व्यस्था हुने गरेको यहाँका स्थानीयवासि बताउँछन् । रासस

किसानलाई चटारो कलाकारलाई रमाइलो

नेपाली समाजमा कामको अधिक चटारो परेमा एउटा उखान भन्ने गरिन्छ ‘आफूलाई असार १५ जस्तो भएको छ।’ हो, कृषि प्रधान देशमा असार १५ भनेको निकै चटारोको दिन हो। असारमा रोपेको मानोले नै मङ्सिरमा मुरी भित्रिने हो। त्यसैले यो दिन किसानका लागि उत्तिकै महत्वपूर्ण दिन मानिन्छ। असार १५ सम्म पनि रोपाइँ गर्न नपाए वा नसकेमा उनीहरू ठुलो बेचैनीमा पर्छन्। पानीको भेल छोपेर रोपाइँ गर्न नसके किसानको भकारी भरिँदैन। यतिबेलासम्म सुबिस्ताले रोपाइँ सके भने दही चिउरा जस्ता मिठा परिकार खाएर उत्सव मनाउने गर्छन्।