तल मर्दी खोला । माथि मर्दी हिमाल । जङ्गलको बीचमा समथर भूभागमा बस्तीसँग ठूलो फाँट छ । पोखराबाट झन्डै ३० किलोमिटर उत्तर कास्कीको लाहचोकमा चट्ट मिलेको बस्ती छ । एउटा गाउँ, जहाँ सबै जातजातिका मानिस मिलेर बसोवास गर्छन् । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको केन्द्र लाहचोक पुग्न गतिलो पक्की सडक छैन । जोखिम मोलेर पालिका केन्द्र पुग्नुपर्ने अवस्था छ । उम्मेदवार भोट माग्न आउँदा गाडीमै आउँछन् । प्राकृतिक सम्पदाले भरीपूर्ण यो गाउँपालिकामा मतदाता पनि धेरै भएकाले उम्मेदवारको नजर छ । उनीहरूले विकासको