काठमाण्डाै - यस वर्ष मनसुन चाँडै सुरु भएपछि असार नलाग्दै धान रोपाइँ सुरु भएको छ ।
काठमाण्डौ उपत्यकासहित धेरै जिल्लाका किसानलाई यतिखेर धान रोपाइँको चटारो परेको छ । खेतमा पानी भरिएपछि किसानलाई धान रोप्ने चटारो परेको हो ।
अघिल्ला वर्षमा असारको पहिलो हप्तापछि मात्रै रोपाइँ सुरु हुने र असारको १५ ताका किसानलाई चटारो पर्ने भए पनि यसपालि असार नलाग्दै रोपाइँ सुरु भएको छ । कतिपय किसानले धानको बिउ छोटो भए पनि रोपाइँ सुरु गरेका छन् ।
सिँचाइ अभावका कारण आकाशे पानीका भरमा रोपाइँ गर्नुपर्ने भएकाले क...