निर्वाचन आचारसंहितामा आयोगले गर्‍यो भूल सुधार

काठमाडौँ । निर्वाचन आचारसंहिताका सन्दर्भमा निर्वाचन आयोगले भूल सुधार गरेको छ। आयोगले बिहीबार (आज) राजपत्रमा सूचना प्रकाशित गर्दै भूल सुधार गरेको हो । निर्वाचन आचारसंहिता २०७८ को दफा ३० को उपदफा (१) को खण्ड (ख) मा ‘प्रमुख प्रशासकीय अधिकृत’ हुनुपर्नेमा अन्यथा भएकोले भूल सुधार गरिए आयोगले राजपत्रमा उल्लेख गरेको छ। यो दफामा स्थानीय तह आचारसंहिता […]

सम्बन्धित सामग्री

निर्वाचन प्रणालीलाई थप सुधार गर्न आयोग दृढ सङ्कल्पित छ : प्रमुख आयुक्त

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले पछिल्ला निर्वाचनका सिकाइ, अनुभव र उपलब्धिलाई संस्थागत गर्दै थप सुधारका निम्ति अग्रसर हुन आयोग दृढ सङ्कल्पित रहेको बताएका छन् । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन सम्पन्न भएका अवसरमा निर्वाचन आयोग नेपालद्वारा आयोग परिसरमा आज आयोजित जलपान समारोहमा मन्तव्य दिँदै उनले निर्वाचन सम्पन्न गराउने क्रममा आयोगबाट केही नवीनतम् असल अभ्यास अवलम्बन गरिएको जनाए । “आयोगले यो निर्वाचनमा सार्वजनिक क्षेत्रबाट हुने खर्चलाई निश्चित सीमामा राखी राजनीतिक

मतदाता शिक्षा निर्देशिकामा फेरबदल

निर्वाचन आयोगले मतदाता शिक्षा निर्देशिकामा व्यापक फेरबदल गरेको छ । वैशाख ३० मा सम्पन्न स्थानीय निर्वाचनमा निर्वाचन शिक्षा प्रभावकारी नहुँदा बदर मतको सङ्ख्या अनपेक्षित रूपमा बढेपछि आयोगले परम्परागत शिक्षामा सुधार गर्न लागेको हो तर कार्यक्रम भने पुरानै ढाँचामा तयार गरिएको छ । स्थानीय निर्वाचनमा २.४० प्रतिशत पूर्ण बदर र करिब १३ प्रतिशत मत आंशिक बदर भएको थियो । आयोगले निर्वाचन शिक्षा कार्यान्वयन एकाइ, घरदैलो कार्यक्रम तथा परम्परागत प्रचारप्रसारमा परिवर्तन गर्न लागेको हो । आयोगले तयार गरेको निर्

आयोगको समीक्षामा यस्तो रह्यो स्थानीय निर्वाचन

निर्वाचन आयोगले वैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाचन, २०७९ को प्रदेशस्तरीय तथा केन्द्रीयस्तरको निर्वाचन समीक्षा कार्यशाला सम्पन्न गरेको छ । स्थानीय तह निर्वाचनमा भए गरेका असल अभ्यासको निरन्तरता, समस्याको पहिचान एवं सोको निराकरणका लागि सुझावको सङ्कलन गरी आगामी निर्वाचनमा सुधार ल्याउने उद्देश्यले आयोगले यही असार ५ गतेदेखि विभिन्न मितिमा प्रदेशस्तरीय र आज काठमाडौँमा …

स्थानीय तह निर्वाचनको समीक्षा कार्यशाला सम्पन्न

निर्वाचन आयोगले मिति वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको प्रदेश स्तरीय तथा केन्द्रीय स्तरको निर्वाचन समीक्षा कार्यशाला सम्पन्न गरेको छ । स्थानीय तह निर्वाचनमा भए गरेका असल अभ्यासहरूको निरन्तरता, समस्याको पहिचान एवं सोको निराकरणका लागि सुझावहरूको सङ्कलन गरी आगामी निर्वाचनमा सुधार ल्याउने उद्देश्यले आयोगले यही असार ५ गतेदेखि विभिन्न मितिमा प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यशाला सम्पन्न गरेको थियो । यसै गरी हिजो र आज दुई दिन काठमाडौँमा केन्द्रीय निर्वाचन समीक्षा कार्यशालाको आयोजना गर

सुधार गर्न खोज्दा शङ्काले हेरियो : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाण्डाै - प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले केही नयाँ काम र सुधार गर्न खोज्दा शङ्काको दृष्टिले हेरेको गुनासो गर्नुभएको छ । निर्वाचन आयोगले चुनावबारे सञ्चारमाध्यमसँग गरेको अन्तरक्रिया र अभिमुखीकरण कार्यक्रममा प्रमुख आयुक्त थपलियाले यसअघि देखिएका केही समस्यालाई सुधार गर्नेगरी काम गर्दा आफ्नो स्वार्थ अनुसार समर्थन र विरोध गर्ने गलत अभ्यास भएको टिप्पणी गर्नुभयो । मतपत्रको रङ्गबारेमा एमालेले गरेको विरोधतर्फ लक्षित गर्दै उहाँले बदलिँदो परिवेश अनुसार भएका सुधारलाई सबैले स्वीकार गर्नुपर्नेमा जोड दिनुभयो । उ...

मतदातालाई वितृष्णा जगाउने काम नगर्नुस्

निर्वाचन प्रक्रिया, विधि, पद्धति तथा प्रणालीमा समय सापेक्ष सुधार गर्दै जानुपर्ने हुन्छ । २०४८ सालको चुनावदेखि अहिलेसम्म आउँदा निर्वाचन प्रक्रियाका विधि, विधान तथा संविधानमा भएका ऐन नियममा पनि सुधार हुँदै आएको छ ।  निर्वाचन आयोगले प्रक्रियागत रुपमा हेर्दा केही कमजोरी छ कि अथवा यसभन्दा केही राम्रो हुनसक्छ कि भनेर अनुसन्धानात्मक रुपले काम गर्ने गर्छ । आयोगले यस ढङ्गले काम गर्दै आएको पनि हो । यसरी हेर्दा २०७४ सालको निर्वाचनमा मतपत्रको चिह्नको रङ र स्वस्तिक चिह्नको रङ उस्तै किसिमको देखिएका कारण त्यसलाई स्पष्ट चिन्न नसकिने र मत...

निर्वाचन आयोगले तिलक पुनलाई वडाध्यक्षबाट हटायो

काठमाडौँ । राष्ट्रिय जनमोर्चाको तर्फबाट बागलुङ ढोरपाटन नगरपालिका–४ का निर्वाचित वडाध्यक्ष तिलक पुनलाई निर्वाचन आयोगले हटाएको छ । त्यसैगरी निर्वाचन आयोगले सोही वडाका वडासदस्य तिलबहादुर फगामीलाई पनि पदबाट हटाएको छ । यससँगै ती दुवै पद हाल रिक्त अवस्थामा रहन गएका छन् । राष्ट्रिय जनमोर्चाको मागबमोजिम निर्वाचन आयोगले यस खालको निर्णय गरेको राजमो केन्द्रीय कार्यालयद्वारा जारी प्रेसवक्तव्यमा जानकारी गराइएको छ । राजमो अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०७७ माघ ५ गते प्रसारित प्रेसवक्तव्यमा यसबारे जानकारी गराइएको हो । प्रेसवक्तव्यको पूर्ण पाठ यस्तो छ–“राष्ट्रिय जनमोर्चाको तर्फबाट बागलुङ जिल्ला ढोरपाटन नगरपालिका वडा नं. ४ को अध्यक्ष पदमा निर्वाचित तिलक पुन र सोही वडा नं. ४ का वडासदस्य पदमा निर्वाचित तिलबहादुर फगामीको निर्वाचित पद रिक्त भएको छ । निर्वाचन आयोगले राष्ट्रिय जनमोर्चाको मागबमोजिम निजहरू दुवै जनाको पद रिक्त भएको निर्णय गरी सूचना प्रकाशन गरेको छ । ढोरपाटन नगरपालिकासहित सम्बन्धित निकायहरूले त्यसको कार्यान्वयनको लागि र आम रूपमा जानकारीका लागि यो प्रेसवक्तव्य जारी गरिएको छ । तिलक पुन र तिलबहादुर फगामीले पार्टीको निर्देशन नमान्ने, मनोमानी तरिकाले काम गर्ने, पार्टीलाई तिर्नुपर्ने लेभी नतिर्ने, जनतासँग नोकरशाही प्रकारको व्यवहार गर्ने, पार्टीकै साथीहरूसँग झगडा गर्ने र कुटपिट गर्ने क्रियाकलापहरू गर्दै आएका थिए । गत वर्षको कार्तिक महिनामा दलबलसहित राष्ट्रिय जनमोर्चाकै साथीहरूलाई आक्रमण गरी कुटपिट गरे । उक्त घटनामा स्वयम् तिलक पुन पनि घाइते भएका थिए । उक्त घटनाको छानबिन गर्दा उनीहरू दोषी देखिएकाले पार्टीले उनीहरुलाई अनुशासनको कारबाही गरेको थियो । सुझाव, सल्लाह, प्रशिक्षण, आलोचना र अनुशासनको कारबाही गर्दा पनि उनीहरूमा सुधार आएन । गत असार १३ गते कोभिड–१९ को प्रकोप र लकडाउनका कारणले समस्यामा परेका ढोरपाटन नगरपालिका–४ खुँगाका जनतालाई वितरण गर्न लैजाँदै गरेका खाद्य राहत सामग्री खोसेर खोलामा फ्याँकिएको थियो भने बिरामीलाई उपचार गर्नका लागि वितरण गर्न लगेको रकम पनि खोसिएको थियो । उक्त घटनाको छानबिन गर्दा तिलक पुनको निर्देशन र तिलबहादुर फगामीको प्रत्यक्ष अगुवाइमा उक्त घटना घटेको पाइयो । पार्टीले त्यो घटनालाई गम्भीर अपराधपूर्ण र ...

निर्वाचन कानुन सुधार गर्न सरकारसँग निर्वाचन आयोगको आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन कानुन सुधार गर्न सरकारसँग आग्रह गरेको छ ।  प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले संवैधानिक व्यवस्था अनुसार निर्वाचन कानुन सुधार गर्न सरकारसँग आग्रह गर्नु भएको हो । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले चुनावको मिति घोषणा गर्ने अधिकार आयोगलाई नै दिनुप...