निर्वाचन प्रक्रिया, विधि, पद्धति तथा प्रणालीमा समय सापेक्ष सुधार गर्दै जानुपर्ने हुन्छ । २०४८ सालको चुनावदेखि अहिलेसम्म आउँदा निर्वाचन प्रक्रियाका विधि, विधान तथा संविधानमा भएका ऐन नियममा पनि सुधार हुँदै आएको छ ।
निर्वाचन आयोगले प्रक्रियागत रुपमा हेर्दा केही कमजोरी छ कि अथवा यसभन्दा केही राम्रो हुनसक्छ कि भनेर अनुसन्धानात्मक रुपले काम गर्ने गर्छ । आयोगले यस ढङ्गले काम गर्दै आएको पनि हो । यसरी हेर्दा २०७४ सालको निर्वाचनमा मतपत्रको चिह्नको रङ र स्वस्तिक चिह्नको रङ उस्तै किसिमको देखिएका कारण त्यसलाई स्पष्ट चिन्न नसकिने र मत...