निर्वाचनको मिति प्रस्ताव भएसँगै नेप्सेमा एकाएक सुधार, १९ अंकले बढेको बजारमा साढे छ अर्बको कारोबार

मंगलबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । अघिल्लो दिन १३ अंकले घट्दै २८ सय ७२ अंकमा झरेको नेप्से मंगलरबार निर्वाचन आयोगगले स्थानीय तहको निर्वाचनको मिति प्रस्ताव गरेसँगै पुनः नेप्सेमा एकाएक वृद्धि आएको हो ।  निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते गर्ने प्रस्ताव गरेको छ । यस्तै, गत आइतबार पनि स्थानिय तहको निर्वाचन बैंशाख–जेठ भित्रै गर्ने राजनीतिक दलहरुमा सहमति भएसँगै नेप्से एकाएक १०५ अंकले बढेको थियो । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक