मासिक चार हजार रुपैयाँ दिएर ज्येष्ठ नागरिकका समस्या समाधान हुँदैनन् : कृष्णमुरारी गौतम ‘चट्याङ मास्टर’

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को परिभाषाअनुसार ६० वर्ष उमेर माथिका व्यक्तिलाई ज्येष्ठ नागरिक भनिएको छ । यो उमेर समूह अन्तर्गत नेपालमा २७ लाख बढी ज्येष्ठ नागरिक छन् । तर यी समुदायका व्यक्तिहरूको अवस्था दयनीय छ । राज्यको उपेक्षामा परेको छ । कानुनी र नीतिगत प्रावधानको प्रभावकारी कार्यान्वयन नहुँदा हेपिनु परेको छ । सम्मानजनक व्यवहार र सहज जीवनयापन गर्न पाइरहेका छैनन् ।

सम्बन्धित सामग्री

पूँजीबजारको विकास र विस्तार लागि अर्थमन्त्रालयको चासो, तीन निकायसँग माग्यो सुझाव

काठमाडौं । अर्थमन्त्रालयले पूँजीबजारको थप विकास र विस्तारका लागि चासो देखाएको छ । फागुन २७ गते अर्थमन्त्रालयले पूँजीबजारमा देखिएको समस्या समाधान एवम् बजारको थप विकास र विस्तारका लागि आवश्यक कामहरूको लागि सुझाब माग गरेको हो । मन्त्रालयलये पूँजीबजारसँग सम्बन्धित महत्त्वपूर्ण तीन निकायहरू नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्र पठाएर सुझाब माग गरेको हो । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनको निर्देशन बमोजिम अर्थमन्त्रालय अन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामार्फत तीन निकायलाई पत्रचार गरिएको मन्त्रालयले जानकारी दिएको छ । ती निकायहरूले सात दिनभित्र आवश्यक सुझाब पेश गरिसक्नुपर्ने भनाई मन्त्रालयको छ । पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड, बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज र राफसाफ कर्ता सिडिएस एण्ड क्लियरिङ लिमिटेडसँग सरकारले बजार विकास र विस्तारका लागि आवश्यक सुझाव माग गरेको हो । देशको अर्थतन्त्रको विकासमा पूँजीबजारले महत्वपूर्ण भूमिका खेल्ने विश्वास नवनियुक्त अर्थमन्त्री पुनले लिएका लिएका छन् । यसर्थ यो क्षेत्रको विकास र विस्तारका लागि आवश्यक काम गर्न ढिला गर्न नहुने मान्यता अर्थमन्त्री पुनको रहेको छ । फागुन २७ गते धितोपत्र ब्रोकर्श एसोसिएसनका पदाधिकारीहरूसँगको भेटमा पनि अर्थमन्त्री पुनले पूँजीबजारको विकास र विस्तारलाई अर्थमन्त्रालयले प्राथमिकतामा राखेर अघि बढ्ने विश्वास व्यक्त गरेका थिए ।  अर्थमन्त्री पुनको नियुक्तिसँगै पूँजीबजारका लगानीकर्ता बजारको विकास र विस्तार हुनेमा समेत आशाबादी देखिएका छन् । अर्थमन्क्रीमा नियुत्त भएको दिनमै पनि पुनले पूँजीबजारको विकास र विस्तारमा आवश्यक काम गर्ने प्रतिक्रिया दिएका थिए । उनको नियुक्तीसँगै लगानीकर्ताको आत्मबल केहि बढेको देखिन्छ । बजार यतिबेला सकारात्मक गतिमा अघि बढ्दै २ हजार ५२ विन्दुमा पुगेको छ । पछिल्ला तीन कारोबार दिन धितोपत्र दोस्रो बजार निरन्तर बढेको छ । ३२ खर्बभन्दा बढी पूँजीकरण रहेको धितोपत्र दोस्रो बजारबाट सरकारले मासिक करोडौं रूपैयाँ पूँजीगत लाभकर उठाउँदै आएको छ । धितोपत्र दोस्रो बजारका लगानीकर्ताले नाफामा धितोपत्र कारोबार गरेको खण्डमा सरकारलाई १० प्रतिशतसम्म पूँजीगत लाभकर बुझाउनुपर्ने व्यवस्था रहेको छ । संस्थागत लगानीकर्ताले १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताले अल्पकालिन लगानीकर्ताको हकमा ७ दशमलव ५ प्रतिशत र दिर्घकालिन लगानीकर्ताको हकमा ५ प्रतिशत लाभकर बुझाउनु पर्ने व्यवस्था छ । पछिल्लो अवधिको तथ्याङ्कलाई हेर्दा माघ महिनामा धितोपत्र बजारका लगानीकर्ताबाट सरकारले ९७ करोड २० लाख रूपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ ।

११ हप्तापछि बुधवार बजार घट्ने रेकर्ड ब्रेक

काठमाडौं । सन् २०२२ लागेपछि हरेक बुधवार बजार घट्दै आएको थियो । तर, यो बुधवार उक्त रेकर्ड ब्रेक भएको छ । यसअघिका ११ ओटा बुधवार लगातार घटेको धितोपत्र बजारको सूचक नेप्से यो बुधवार ४० दशमलव ६८ अंकले बढेपछि रेकर्ड ब्रेक भएको हो । पछिल्लो समय लगातार पाँच कारोबार दिन घटेको नेप्से परिसूचक बुधवार १ दशमलव ६१ प्रतिशतले बढेर २ हजार ५६८ दशमलव २५ विन्दुमा पुगेको छ । ‘नयाँ अंग्रेजी वर्ष लागेसँगै प्रत्येक बुधवार बजार घटेको रेकर्डले पछिल्लो समय लगानीकर्तामा बुधवार बजार घट्छ भन्ने मनोविज्ञान विकास भएको थियो,’ एक जना लगानीकर्ता दुर्गा तिवारीले भनिन्, ‘उक्त रेकर्ड ब्रेक भएसँगै लगानीकर्तामा बुधवारको कारोबारका विषयमा रहेको अनुमान गलत प्रमाणित भएको छ ।’ धितोपत्रको दोस्रो बजारको उतारचढाव लगानीकर्ताको मनोविज्ञानमा समेत भर पर्ने भएकाले आगामी दिनमा बुधवार बजार घट्छ भन्ने मान्यता अन्त्य हुने विश्वास उनको छ । पछिल्लो समय निरन्तर पाँच कारोबार दिन घटेको बजार बुधवार लगानीकर्ता सस्तोमा शेयर उठाउन सक्रिय हुँदा ‘बाउन्स ब्याक’ भएको तिवारीको भनाइ छ । सरकारको पूँजीगत खर्च बढ्दै जाँदा बजारमा तरलता सहज हुने विश्वाससहित लगानीकर्ता बजारप्रति सकारात्मक बनेको उनी बताउँछिन् । अहिलेको बजारमा सूचीकृत कम्पनीहरूको शेयर मूल्य निकै तल आइसकेकाले लगानीकर्ता सस्तोमा शेयर किन्न उत्साहित देखिएको उनको बुझाइ छ । वित्तीय क्षेत्रमा लगानीयोग्य पूँजीको अभाव र ब्याजदर वृद्धिले धितोपत्र बजार प्रभावित बनेको भन्दै उनले यो समस्या समाधान गर्न सरोकारवाला निकायलाई आग्रहसमेत गरिन् । अर्का लगानीकर्ता नयन बाँस्तोलाले पनि बुधवार बजार घट्ने प्रवृत्तिमा ब्रेक लाग्दा लगानीकर्तामा सकारात्मक प्रभाव परेको बताए । लामो समय बुधवारको बजार निरन्तर घटेकै कारण लगानीकर्ताको मनोविज्ञानमा परेको असर भोलीका दिनमा समाप्त हुनेमा उनी आशावादी छन् । पछिल्लो समय पूँजीबजारका लगानीकर्ता सामाजिक सञ्जालमा आएका अभिव्यक्तिबाट पनि प्रभावित हुने गरेकाले बजारसम्बद्ध पक्षले सामाजिक सञ्जालमा लेख्दा ध्यान दिनुपर्ने उनले बताए । चुनावी माहोल बन्दै जाँदा वित्तीय प्रणालीमा तरलता थपिने आशले बजारलाई सकारात्मक बनाउने विश्वास उनको छ । बुधवार पाँच कारोबार दिनपछि बढेको बजारमा लगानीकर्ताको सम्पत्ति मूल्य एकै दिन ५९ अर्ब ४१ करोड रुपैयाँले बढेको छ । मंगलवार ३५ खर्ब ८६ अर्ब रहेको कुल बजार पूँजीकरण बुधवार ३६ खर्ब ४६ अर्ब रुपैयाँ पुगेको हो । यस दिन कारोबारमा आएका सबै समूहगत उपसूचकहरू बढेका छन् । ‘अन्य’ समूहका लगानीकर्ताले सर्वाधिक कमाएको यो दिन चार कम्पनीको शेयर मूल्य भने सर्किट लेभलमा बढेको छ । इमर्जिङ नेपालको १० प्रतिशत, राष्ट्र उत्थान लघुवित्तको ९ दशमलव ९९ प्रतिशत, नेष्डो समृद्ध लघुवित्तको ९ दशमलव ९९ प्रतिशत र सामलिङ पावर कम्पनी लिमिटेडको ९ दशमलव ८४ प्रतिशत शेयर मूल्य बढेको हो । बुधवार बढेको बजारमा २ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको ४५ लाख २ हजार ५११ कित्ता धितोपत्र खरीद–विक्री भएको छ । कारोबार अवधिभर २३२ धितोपत्रमध्ये १९९ धितोपत्रको मूल्य बढेर बन्द भएको छ भने २४ धितोपत्रको मूल्य घटेर बन्द भएको छ । बाँकी ९ धितोपत्रको मूल्य भने अघिल्लो कारोबार दिनको तुलनामा स्थिर रहेको छ । मूल्य घटेर कारोबार हुनेमा भने ‘९.५ प्रतिशत एनसीसी डिबेन्चर २०८६’ शीर्ष स्थानमा रहेको छ । सो डिबेन्चरको मूल्य २ प्रतिशत घट्दा अन्तिम मूल्य रू. ९२१ दशमलव २० मा सिमित छ । समूहगत कारोबार रकमका आधारमा बुधवार जलविद्युत समूहले सर्वाधिक हिस्सा ओगटेको छ । बुधवारको कुल कारोबारमध्ये २० दशमलव ३९ प्रतिशत हिस्सा ओगटेको उक्त समूहको मात्रै रू. ४५ करोड ८७ लाख बराबरको धितोपत्र किनबेच भएको छ । त्यसैगरी वाणिज्य बैंक समूह सर्वाधिक कारोबार गर्ने समूहमध्ये दोस्रो स्थानमा रहेको छ । उक्त समूहको रू. ३१ करोड ८८ लाख बराबरको धितोपत्र किनबेच भएको छ । कारोबारमा आएका १३ समूहकै परिसूचक बढेर बन्द भएको छ । ‘अन्य’ समूहको परिसूचक सर्वाधिक ४ दशमलव १२ प्रतिशत बढेको छ । यस्तै विकास बैंक समूह र वित्त समूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ । बुधवारको बजारमा ब्रोकर नं. ५८ सर्वाधिक कारोबार गर्नेमध्ये शीर्ष स्थानमा रहेको छ । उक्त ब्रोकरबाट मात्रै रू. ३२ करोड ३ लाख बराबरको धितोपत्र कारोबार भएको हो । कारोबार अवधिमा उक्त ब्रोकरबाट रू. २१ करोड १५ लाख बराबरको धितोपत्र विक्री भएको छ भने रू. १० करोड ८७ लाख बराबरको धितोपत्र खरीद भएको देखिन्छ । हालको बजारमूल्य बिहीवारको दैनिक पिभटभन्दा माथि छ । तर, यो साताको साप्ताहिक पिभट र चैतको मासिक पिभटभन्दा तल छ ।

वर्ल्डलिंकको दशैँ अफर: पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट, नेटटिभी निःशुल्क

चाडपर्वको अवसरमा देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्डलिङ्कले आकर्षक अफर सार्वजनिक गरेको छ । कम्पनीले पुरानै मूल्यमा दोब्बर स्पिडको इन्टरनेट प्याकेज सहितको परिमार्जित प्याकेज ल्याएको हो ।कम्पनीका अनुसार दशैँ अफरमा प्रयोगकर्ताले मासिक केवल ११ सय रुपैयाँमै ४० एमबीपीएस गतिको इन्टरनेट प्याकेज पाउनेछन् । जसमा एउटा नेटटिभी समेत निःशुल्क रुपमा उपलब्ध हुनेछ । यसका लागि प्रयोगकर्ताले १२ महिनाको प्याकेज लिनुपर्नेछ । यद्यपि छ महिनाको सब्सक्रिप्सन लिन चाहने ग्राहकले समेत दशैँ अफरमा सहभागिता जनाउन सक्नेछन् । लामो समयपछि वर्ल्डलिङ्कले ल्याएको छ महिने प्याकेजको मूल्य ७९०० रुपैयाँ राखिएको छ । यो प्याकेज लिने ग्राहकलाई एउटा नेटटिभी सहित ४० एमबीपीएस गतिको इन्टरनेटका लागि मासिक १३१७ रुपैयाँ पर्नेछ । त्यस्तै कम्पनीले वार्षिक सब्सक्रिप्सन लिने ग्राहकका लागि मासिक १२०० रुपैयाँमै  दुई ओटा नेटटिभी सहितको ६० एमबीपीएस इन्टरनेट प्याकेज समेत ल्याएको छ । यही प्याकेज छ महिने अवधिका लागि खरिद गर्ने ग्राहकलाई भने मासिक १४३४ रुपैयाँ पर्नेछ ।यसअघि ४० एमबीपीएस र ५० एमबीपीएस इन्टरनेट प्याकेजको मूल्यमा क्रमशः ८० एमबीपीएस र १०० एमबीपीएसको इन्टरनेट प्याकेज लिन सकिनेछ । जसअनुसार वार्षिक प्याकेज लिँदा मासिक १४०० रुपैयाँमै दुई ओटा नेटटिभीसहित वर्ल्डलिङ्कको ८० एमबीपीएस इन्टरनेट प्याकेज प्राप्त गर्न सकिनेछ । यस्तै तीन ओटा नेटटिभी सहित १०० एमबीपीएसको इन्टरनेट प्याकेजका लागि मासिक केवल १६०० रुपैयाँ पर्नेछ । ८० एमबीपीएस र १०० एमबीपीएस इन्टरनेट प्याकेजको छ महिने सब्सक्रिप्सनमा समेत दशैँ अफर लागु हुने कम्पनीले जनाएको छ । वर्ल्डलिङ्कका अनुसार दुई ओटा नेटटिभी सहित ८० एमबीपीएसको छ महिने सब्सक्रिप्सनको मूल्य १० हजार १०० रुपैयाँ र तीन ओटा नेटटिभी सहितको १०० एमबीपीएसको सोही अवधिको सब्सक्रिप्सन ११ हजार ५०० रुपैयाँमा प्राप्त हुनेछ ।कम्पनीले कुनै पनि वार्षिक प्याकेज खरिद गर्ने ग्राहकलाई निःशुल्क जडान सहित चाडपर्व उपहारको रुपमा करिब २० हजार मूल्य पर्ने सेवा तथा सुविधा समेत उपलब्ध गराउने जनाएको छ । जसमा ग्राहकले नेटटिभी सब्स्क्रिप्सन, सेटटप बक्स, डुअल ब्यान्ड राउटर, फाइबर केबल, वाई-फाई रोमिङ र नेटटिभी प्राइम (ओटीटी) सब्स्क्रिप्सन प्राप्त हुनेछ ।वर्ल्डलिङ्कले देशका ११ हजारभन्दा बढी स्थानमा फ्री वाई-फाई जडान गरेको छ । जसमा अन्य प्रयोगकर्ताले दैनिक ५०० एमबीसम्मको डेटा मात्र निःशुल्क रुपमा प्रयोग गर्न पाउँछन् । तर वर्ल्डलिङ्कका ग्राहकले भने त्यस्ता स्थानमा अनलिमिटेड वाई-फाईको सुविधा प्रयोग गर्न सक्छन् ।कम्पनीका अनुसार नयाँ ग्राहकसँगै वर्ल्डलिङ्कका विद्यमान प्याकेज रिन्यु गर्ने ग्राहकले समेत यो दशैँ अफर प्राप्त गर्नेछन् । यस्तै हालै मात्र वर्ल्डलिङ्कले वाई-फाईको समस्या समाधान गर्न नयाँ मेश वाई-फाई समेत उपलब्ध गराउन सुरु गरेको छ । जसमा नेपालकै सबैभन्दा फास्ट स्पिडको रुपमा रहेको फोटोन सिरिज ३०० एमबीपीएस इन्टरनेट वाई-फाई सेवा प्रयोग गर्न सकिन्छ ।

गुल्मीमा भूमिसम्बन्धी समस्या समाधानमा १३ लाख खर्च, परिणाम शून्य

गुल्मी : गुल्मीमा भूमिसम्बन्धी समस्या समाधान आयोगको नाममा १३ लाख ५ हजार ६३१ रुपैयाँ खर्च भएको छ।जिल्लाको सुकुम्बासीहरूको लगत संकलन तथा समस्या समाधान गर्नका लागि तत्कालीन प्रधानमनी केपी शर्मा ओली नेतृत्वको सरकारले  गत माघ २४ गते जिल्लामा एक संयोजक, विज्ञ सदस्य र सदस्य नियुक्ति गरेको थियो।जसअन्तर्गत टीकाराम ढकाल संयोजक, शान्ता पोखरेल विज्ञ सदस्य र कृष्ण घिमिरे रहेका थिए।संयोजक टीकाराम ढकालले मासिक ४७ हजार ३७९ का दरले पाँच महिना ६ दिनको दुई लाख ४६ हजार ३७५ तलबमा लिएका छन्। त्यस्तै विज्ञ स

साल्ट ट्रेडिङ सफलताको ५९ वर्षे यात्रा

काठमाडौं । नेपाल सरकारको सावर्जनिक स्वामित्वमा २०२० साल भदौ २७ गते स्थापना भएको साल्ट ट्रेडिङ कर्पोरेशन सफलताको ५८औं वर्ष पूरा गरी ५९औं वर्ष प्रवेश गरेको छ । मुलुकभर अत्यावश्यक दैनिक उपभोग्य वस्तु नुन आपूर्तिलाई व्यवस्थित र नियमित गर्न तत्कालीन राजा महेन्द्रले सरकारी स्वामित्वको संस्था र नुन कारोबारमा लागेका मुख्य व्यापारीलाई समावेश गरी साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड स्थापना गरेका थिए । कर्पोरेशनमा नेपाल सरकारको स्वामित्वको संस्था खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको ९ दशमलव ६७ प्रतिशत र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको ११ दशमलव ५९ प्रतिशत शेयर स्वामित्व छ भने बाँकी ७८ दशमलव ७४ प्रतिशत जनताको शेयर छ । ५८ वर्ष लामो यात्रामा विभिन्न चुनौती, उतारचढाव, आरोह–अवरोहको बाटो तय गर्दै साल्ट ट्रेडिङले आजपर्यन्त आफ्नो उद्देश्यअनुरूप उत्पादनमा गुणस्तरीयता, मूल्यमा एकरूपता र उपलब्धतामा सुनिश्चितता जस्ता मूल मन्त्र बनाएर सेवा दिइरहेको छ । तत्कालीन समय जनतालाई सहज रूपमा नुन उपलब्ध गराउन स्थापना गरिएको कर्पोरेशनले पछिल्ला दिनमा व्यापारमा विविधीकरण गर्दै नुन सँँँगसँँगै नेपालमै पहिलो पटक खाद्य उद्योग लिमिटेड नामक मैदा मिल, वनस्पति घिउ उद्योग, गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना, मोरङ सुगर मिल, नेसनल फाइनाइन्स लिमिटेड, सगरमाथा इन्स्योरेन्स, मेट्रो ग्यास उद्योग, उपहार हाउजिङ, हिमालय प्याकेजिङ उद्योगसहित गहुँको बीउ उत्पादनदेखि सरकारी अनुदानको रासायनिक मल खरीदविक्री, सहुलियतमा चिनी, दाल, गेडागुडी लगायतको व्यापार गरिरहेको छ । वनस्पति घिउ, गोरखकाली रबर उद्योग, बुटवल धागो कारखाना लगायत केही उद्योग हाल बन्द अवस्थामा छन् । यद्यपि संस्थाले मेट्रो ग्यास, उपहार हाउजिङ, हिमालय प्याकेजिङ, सहुलित दरको चिनी, नुन, रासायनिक मल र खाद्यान्न व्यापारले भने सफलता हात पारेको छ । नुन व्यापारले कम्पनीको सफलतालाई झन् धेरै उचाइमा पुर्‍याएको साल्ट ट्रेडिङका विभागीय प्रबन्धक व्रजेशकुमार झा बताउँछन् । हेटौंडास्थित खाद्य उद्योग लिमिटेडले २०३० सालदेखि मैदा उत्पादन गरिरहेको छ । व्यापारमा विविधीकरण र अन्य अत्यावश्यक वस्तुको समेत व्यापार बढाउने सोचसहित कर्पोरेशनले नेपालमै उत्पादित कृषिजन्य वस्तुमा आधारित उद्योग पनि स्थापना गर्ने नीति लिँदै आएको छ । सोहीअनुरूप पहिलो उद्योगको रूपमा खाद्य उद्योग लिमिटेड अर्थात् मैदा मिल स्थापना गरेको हो । यसबाट सयौं नेपालीले रोजगारी पाएका छन् भने उपभोक्ताले नेपाली उत्पादन चाख्न पाएका छन् । नेपाली भूमिमा उत्पादित गहुँलाई बजारीकरण गर्ने एवं त्यसलाई प्रशोधन गरी मैदा, आटा, सुजी र चोकर उत्पादन गरेर स्वदेशी उत्पादन प्रवद्र्धन गर्ने यसको मुख्य उद्देश्य हो । कर्पोरेशनले नेपालको पहिलो वनस्पति घिउ उद्योगको रूपमा हेटौंडास्थित नेपाल वनस्पति घिउ उद्योग स्थापना गरी शान्ति र गृहिणी ब्रान्डमा घिउ उत्पादनमार्फत त्यतिबेला उपभोक्तालाई सेवा दिएको थियो । यद्यपि यो उद्योग अहिले बन्द अवस्थामा छ । अहिले पुनः यो उद्योगमार्फत तोरीको तेल उत्पादन गर्ने उद्देश्यले पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रबन्धक झाले बताए । तेल उत्पादनका लागि आवश्यक मेसिन आइसकेको र जडान कार्य भइरहेको उनको भनाइ छ । कर्पोरेशनले गोरखाको मजुवा देउरालीमा नेपालमा गुड्ने मोटर गाडीको टायर उत्पादनका लागि गोरखकाली रबर उद्योग स्थापना गरी नागरिकलाई सेवा दिइरहेको थियो । हाल बन्द अवस्थाको यो उद्योग पुनः सञ्चालन गर्न सके नेपालले त्यसबाट राम्रो आर्थिक लाभ लिन सक्छ । स्वदेशी कपडा उद्योगलाई विभिन्न गुस्तरका धागो उपलब्ध गराउने उद्देश्यले कर्पोरेशनले रूपन्देहीको बुटलवलमा धागो कारखाना स्थापना गरेको थियो । हाल यो उद्योग पनि बन्द अवस्थामा छ । विराटनगरको रानीस्थित नेपालको पहिलो सुगर मिलको रूपमा स्थापना भएको मोरङ सुगर मिल्स पनि मेसिन तथा औजार पुराना हुँदा उत्पादन लिन नसकेपछि बन्द गर्नुपरेको कर्पोरेशनको दाबी छ । यद्यपि यसलाई पुनः सञ्चालन गर्न आवश्यक अध्ययन भइरहेको बताइएको छ । नेशनल फाइनाइन्स पनि कर्पोरेशनको लगानीमै स्थापना भएको संस्था हो । यो संस्था हाल सन्राइज बैंकसँग मर्ज भइसकेको छ । सगरमाथा इन्स्योरेन्स पनि कर्पोरेशनमार्फत सञ्चालित ननलाइफ इस्योरेन्स कम्पनी हो । यसले हरेक वर्ष आफ्ना लगानीकर्तालाई लभांश दिँदै आएको छ । कर्पोरेशनले उपभोक्तामाझ एसटिसी ब्रान्डको खाना पकाउने एलपी मेट्रो ग्यासमार्फत बजारमा राम्रो छाप छाड्न सफल भएको छ । यो ग्यास उद्योगमार्फत कम्पनीले मासिक २ लाख सिलिन्डर ग्यास उत्पादन गरी वार्षिक ६० करोड रुपैयाँभन्दा बढीको कारोबार गरिरहेको छ । इँटाको प्रयोगविनै लाइट स्टिल ग्यास र चिप्सलाई फ्युगेसन गरी भूकम्प प्रतिरोधी एवं वातावरणमैत्री घर निर्माण गरी कर्पोरेशनले काठमाडौंमा साढे दुईतले घर बनाएर विक्री गरिरहेको छ । यो नयाँ व्यवसाय पनि सफल हुनेमा कर्पोरेशन विश्वस्त छ । विभिन्न किसिमका खाद्य वस्तु बाह्य मुलुकबाट नेपाल भिœयाउँदा उतैबाट प्याकेजिङ गरेर ल्याउनेभन्दा नेपालभित्रै प्याकिङ गरी स्वदेशमा रोजगारी सिर्जना गर्ने उद्देश्यले नुन, चिनी, गेडागुडी, दाल, मसला आदि खाद्यान्नको प्याकिङ गर्ने हिमालय प्याकेजिङले पनि अहिले राम्रो व्यवसाय गरिरहेको छ । यसमा करिब ९५ प्रतिशत महिला कामदार छन् । साथै, कम्पनीले दैनिक अत्यावश्यक वस्तु दाल, चिनी, मसला, गेडागुडीलगायत सिमेन्ट, अनुदानित रासायनिक मल, पोटास र डिएपीको समेत कारोबार गरिरहेको छ । यसबाहेक गैरअनुदानित रासायनिक मल सिंगल सुपर फोस्फेट र एमोनियम सल्फेट पनि विक्री गर्दै आएको छ । सरकारले दिएको अनुदानको रासायनिक मलको ३० प्रतिशत खरिद बिक्रीको जिम्मा कर्पोरेशनले पाएको छ भने बाँकी ७० प्रतिशत कृषि सामग्री कम्पनीको जिम्मामा छ । प्रबन्धक झाका अनुसार आयोडिनको कमीका कारण अधिकांश नेपालीमा देखिएको स्वास्थ्य समस्यालाई निर्मूल पार्ने काम यही कम्पनीको अगुवाइमा भएको थियो । सन् १९६५ मा डब्ल्यूएचओ, युनिसेफ र नेपाल सरकारले संयुक्त रूपमा गरेको एक अध्ययनमा ५५ प्रतिशत नेपाली नागरिकमा आयोडिनको कमीले गर्दा हुने स्वास्थ्य समस्या देखिएको थियो । सन् १९७३ मा उक्त समस्या समाधान गर्न नेपालले भारत सरकारसँगको समन्वयमा नुनमा आयोडिन मिसाएर विक्री गर्न थाल्यो । पछि सन् २०१६ मा गरिएको अध्ययनमा आयोडिनको कमीले गर्दा जनस्वास्थ्यमा देखिने समस्या निर्मूल भएर गएको पाइयो । हाल देशभर ९३ शाखा कार्यालय र ६०० वटा डिलरमार्फत नुनलगाउत अन्य व्यापारका माध्यमबाट ३ करोड नेपालीसमक्ष पहुँच बनाउन कम्पनी सफल भएको छ । ‘जनस्वास्थ्यको प्रमुख समस्याको रूपमा रहेको आयोडिनको कमीबाट हुने समस्यालाई निर्मूल गर्न सकेकामा हामी गौरवान्वित छौं,’ झाले भने । यसबाहेक साल्ट ट्रेडिङले केही सामाजिक उत्तरदायित्वका काम पनि गरेको छ । यसमध्ये कम्पनीको रजत जयन्ती अवसरमा २०४५ सालमा हितकारी गुठीअन्तर्गत बाल हितकारी पुरस्कार स्थापना गरी नेपाली बालबालिकाको शैक्षिक, मनोवैज्ञानिक, बौद्धिक, शारीरिक र भौतिक अभिवृद्धि एवं नैतिक तथा चारित्रिक विकासमा उत्कृष्ट योगदान दिने व्यक्ति वा संस्थालाई हरेक वर्ष कर्पोरेशनको जन्म दिवस अवसरमा प्रदान गरिन्छ । कर्पोरेशनमार्फत हालसम्म यो पुरस्कार २६ जना व्यक्ति तथा संस्थाले प्राप्त गरिसकेका छन् । त्यसैगरी कर्पोरेशनले विश्व हिन्दू महासंघमार्फत हिन्दू धर्म, संस्कृति एवं संस्कृत वाङमयमा उत्कृष्ट योगदान दिने व्यक्ति वा संस्थालाई २०५२ सालदेखि पाणिनि पुरस्कार प्रदान गर्दै आएको छ । सो पुरस्कार राम नवमीको दिन विश्व हिन्दु महासंघद्वारा आयोजित कार्यक्रममा प्रदान गरिन्छ । यसको राशी शुरूमा २१ हजार रहेकामा अहिले २५ हजार रुपैयाँ पु¥याइएको छ । यस्तै, कर्पोरेशनमा कार्यरत कर्मचारीका सन्तानमध्ये प्रवेशिका परीक्षामा उच्चतम अंक ल्याई प्रथम श्रेणीमा उत्तीर्ण छात्रालाई पनि कर्पोरेशनका पूर्वअध्यक्ष लोकनाथ जोशीको सम्झनामा लोकनाथ छात्रवृत्ति मासिक २ हजार रुपैयाँ दिने गरिएको छ ।