पूँजीबजारको विकास र विस्तार लागि अर्थमन्त्रालयको चासो, तीन निकायसँग माग्यो सुझाव

काठमाडौं । अर्थमन्त्रालयले पूँजीबजारको थप विकास र विस्तारका लागि चासो देखाएको छ । फागुन २७ गते अर्थमन्त्रालयले पूँजीबजारमा देखिएको समस्या समाधान एवम् बजारको थप विकास र विस्तारका लागि आवश्यक कामहरूको लागि सुझाब माग गरेको हो । मन्त्रालयलये पूँजीबजारसँग सम्बन्धित महत्त्वपूर्ण तीन निकायहरू नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र सिडिएस एण्ड क्लियरिङ लिमिटेडलाई पत्र पठाएर सुझाब माग गरेको हो । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनको निर्देशन बमोजिम अर्थमन्त्रालय अन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामार्फत तीन निकायलाई पत्रचार गरिएको मन्त्रालयले जानकारी दिएको छ । ती निकायहरूले सात दिनभित्र आवश्यक सुझाब पेश गरिसक्नुपर्ने भनाई मन्त्रालयको छ । पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड, बजार सञ्चालक नेपाल स्टक एक्सचेञ्ज र राफसाफ कर्ता सिडिएस एण्ड क्लियरिङ लिमिटेडसँग सरकारले बजार विकास र विस्तारका लागि आवश्यक सुझाव माग गरेको हो । देशको अर्थतन्त्रको विकासमा पूँजीबजारले महत्वपूर्ण भूमिका खेल्ने विश्वास नवनियुक्त अर्थमन्त्री पुनले लिएका लिएका छन् । यसर्थ यो क्षेत्रको विकास र विस्तारका लागि आवश्यक काम गर्न ढिला गर्न नहुने मान्यता अर्थमन्त्री पुनको रहेको छ । फागुन २७ गते धितोपत्र ब्रोकर्श एसोसिएसनका पदाधिकारीहरूसँगको भेटमा पनि अर्थमन्त्री पुनले पूँजीबजारको विकास र विस्तारलाई अर्थमन्त्रालयले प्राथमिकतामा राखेर अघि बढ्ने विश्वास व्यक्त गरेका थिए ।  अर्थमन्त्री पुनको नियुक्तिसँगै पूँजीबजारका लगानीकर्ता बजारको विकास र विस्तार हुनेमा समेत आशाबादी देखिएका छन् । अर्थमन्क्रीमा नियुत्त भएको दिनमै पनि पुनले पूँजीबजारको विकास र विस्तारमा आवश्यक काम गर्ने प्रतिक्रिया दिएका थिए । उनको नियुक्तीसँगै लगानीकर्ताको आत्मबल केहि बढेको देखिन्छ । बजार यतिबेला सकारात्मक गतिमा अघि बढ्दै २ हजार ५२ विन्दुमा पुगेको छ । पछिल्ला तीन कारोबार दिन धितोपत्र दोस्रो बजार निरन्तर बढेको छ । ३२ खर्बभन्दा बढी पूँजीकरण रहेको धितोपत्र दोस्रो बजारबाट सरकारले मासिक करोडौं रूपैयाँ पूँजीगत लाभकर उठाउँदै आएको छ । धितोपत्र दोस्रो बजारका लगानीकर्ताले नाफामा धितोपत्र कारोबार गरेको खण्डमा सरकारलाई १० प्रतिशतसम्म पूँजीगत लाभकर बुझाउनुपर्ने व्यवस्था रहेको छ । संस्थागत लगानीकर्ताले १० प्रतिशत र व्यक्तिगत लगानीकर्ताले अल्पकालिन लगानीकर्ताको हकमा ७ दशमलव ५ प्रतिशत र दिर्घकालिन लगानीकर्ताको हकमा ५ प्रतिशत लाभकर बुझाउनु पर्ने व्यवस्था छ । पछिल्लो अवधिको तथ्याङ्कलाई हेर्दा माघ महिनामा धितोपत्र बजारका लगानीकर्ताबाट सरकारले ९७ करोड २० लाख रूपैयाँभन्दा बढी पूँजीगत लाभकर संकलन गरेको छ ।

सम्बन्धित सामग्री

परम्परागत औषधिको विकास गर्न सरकारले लगानी बढाउने छ: स्वास्थ्यमन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले परम्परागत औषधिको विकास र विस्तार गर्न नेपाल सरकारले लगानी बढाउने प्रतिबद्वता व्यक्त गरेका छन्।

हस्तकलाको विकास र विस्तार आवश्यकः पर्यटनमन्त्री श्रेष्ठ

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाली हस्तकलाको विकास र विस्तार गरी हस्तकला क्षेत्रका समस्या समाधान गर्न सरकार तयार रहेको बताएका छन्। शुक्रबार नेपाल हस्तकला महासंघले आयोजना गरेको १९ औँ हस्तकला व्यापार मेलामा बोल्दै मन्त्री श्रेष्ठले हस्तकलाको क्षेत्रमा देखिएका समस्या समाधान गरी हस्तकलाको विकास र विस्तार गर्न सरकार प्रतिवद्ध रहेको बताएका हुन्। […]

‘कम्युनिस्टभित्र एउटा ‘नयाँ वर्ग’ को विकास र विस्तार भइरहेको छ’

नेपाली कम्युनिस्ट आन्दोलन अहिले अन्तर्कलहमा छ । स्थापनाकालदेखि यहाँसम्म (७३ वर्ष) को अवधिमा भएका कम्युनिस्ट आन्दोलनलाई आत्मसमीक्षा नगरी नहुने अवस्थामा अहिले हामी आइपुगेका छौँ । योबीचमा केही उपलब्धि भएका छन् र भरमार कमजोरी पनि । यतिखेर केही अवसर छन् र केही चुनौती पनि ।आजसम्म आइपुग्दा नेपाली कम्युनिस्ट आन्दोलनका संरक्षक र पक्षपोषकहरूमा व्यापक विस्तार भएको छ । यद्यपि आफैँ भने यो आन्दोलन संकटबाट गुज्रिरहेको अवस्था छ । यसले अतीतमा गरेका थुप्रै संकल्प र संकथनहरूको कसीमा हेर्दा यसका राम्रा वा नराम्रा द

सामाजिक रूपान्तरणको आधार, अनौपचारिक शिक्षाको विकास र विस्तार

सामाजिक रूपान्तरणका लागि औपचारिक शिक्षा मात्र पर्याप्त हँुदैन । अनौपचारिक रूपमा पनि मानिसले सिकिराखेको हुन्छ । यसरी आफ्नो अनुकूल समयमा सहज तरिकाले सिक्ने सिकाइ अनौपचारिक प्रकृतिका संस्थाबाट गरिन्छ । त्यसमध्ये अहिले सरकारी सीमित अनुदान र समुदायको सहयोग र सहकार्यमा सञ्चालित सामुदायिक सिकाइ केन्द्र एक हो । यस्ता अनौपचारिक प्रकृतिका शिक्षण संस्थाहरूको विकास र विस्तार सामाजिक–आर्थिक […]

‘चन्द्रागिरिमा साइकल ट्रेलको विकास र विस्तार गरिने’

काठमाडौँ,२२ जेठ । विश्व वातावरण दिवसका अवसरमा चन्द्रागिरि नगरपालिका वडा नं ६ स्थित मातातीर्थमा वृक्षरोपण गरियो । चन्द्रागिरि राइडर्स क्लबद्वारा आयोजित कार्यक्रममा चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीले वृक्षरोपणको शुभारम्भ गर्दै वातावरण संरक्षण गर्न नगरपालिकाले उच्च प्राथमिता दिने र नगरलाई हरियाली बनाउन वृक्षरोपणलाई अभियानका रुपमा सञ्चालन गरिने जानकारी दिए । उनले भने “ चन्द्रागिरिको थप पर्यटन […]

‘चन्द्रागिरिमा साइकल ट्रेलको विकास र विस्तार गरिने’

विश्व वातावरण दिवसका अवसरमा चन्द्रागिरि नगरपालिका वडा नं ६ स्थित मातातीर्थमा वृक्षरोपण गरियो ।  चन्द्रागिरि राइडर्स क्लबद्वारा आयोजित कार्यक्रममा चन्द्रागिरि नगर प्रमुख घनश्याम गिरीले  वृक्षारोपणको शुभारम्भ गर्दै वातावरण संरक्षण गर्न नगरपालिकाले उच्च प्राथमिकता दिने र नगरलाई हरियाली बनाउन वृक्षारोपणलाई अभियानका रुपमा सञ्चालन गरिने जानकारी दिए । उनले भने, “चन्द्रागिरिको थप पर्यटन प्रवद्र्धन गर्न साइकल ट्रेलको विकास र विस्तार गरिने छ ।” नेपालमा ‘दिगो प्रकृतिमैत्री

नेपाली पर्यटनको विकास र विस्तार

विश्वका अधिकांश देशका पर्यटन व्यवसायी र सरकारका लागि कम लगानी र लगभग शून्य जोखिममा राम्रो आमदानी गर्ने स्रोतका रूपमा लिने गरिन्छ, पर्यटन उद्योगलाई । विश्वमा औपचारिक रूपमा पर्यटन व्यवासाय शुरू भएको लगभग १ सय ८२ वर्षको भइसकेको छ । सन् १८४१ मा बेलायती नागरिक थोमस कुकले व्यवस्थित र संगठित रूपले निश्चित रकम लिएर आफ्नै देशका नागरिकहरूलाई आन्तरिक पर्यटकका रूपमा घुमाउन शुरू गरेका थिए । नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढ्ने क्रममा सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना (लगभग १२ लाख) विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए । त्यसअघि पनि विश्वका अधिकांश देशका मान्छेहरूले विश्वभरि नै अनेक खालका भ्रमण गर्ने गरेका थिए । तर, ती मान्छेहरूले गर्ने भ्रमणहरू अनेक स्वार्थ र उद्देश्य लिएर हुने गथ्र्यो । त्यस्तो भ्रमणलाई पर्यटकीय उद्देश्यले गरेको भ्रमण मान्ने गरिँदैन । त्यसैले बेलायती नागरिक थोमस कुकको भ्रमण टोलीलाई नै पहिलो पर्यटकीय भ्रमण टोली मान्ने गरिएको हो । थोमस कुकले शुरूमा आफ्नै देश बेलायतका पर्यटकलाई आफ्नै मुलुकको विभिन्न ठाउँको भ्रमण गराएर आन्तरिक पर्यटकका रूपमा भ्रमण व्यवसायको शुरुआत गरेका थिए । जुन टोलीको पर्यटकीयबाहेक अरू कुनै उद्देश्य थिएन । यसरी कुनै नाफा वा व्यक्तिगत स्वार्थ र उद्देश्य नलिई गराएको भ्रमण भएकाले उक्त भ्रमण टोलीलाई प्रथम ‘पर्यटकीय भ्रमण टोली’ मानियो । यसरी उनले ‘भ्रमण व्यवसाय’ अर्थात् भ्रमण व्यवसाय शुरू गरे । शुरूमा उनले दीर्घकालीन योजनाविना नै भ्रमण व्यवसाय शुरू गरेकाले उक्त व्यवसायबाट नाफा होइन, घाटा खाए । यसरी घाटाको व्यापार कति समयसम्म गर्न सकिन्छ र ? त्यसपछि उनले पाठ सिकेर फेरि निश्चित प्रतिशत कमिशन खाएर ‘भ्रमण व्यवसाय’को शुरुआत गरे । भनिन्छ, शुरूमा उनले लागत खर्चबाहेक ५ प्रतिशत कमिशन खान्थे । यसरी उनले सन् १८४५ मा कमिशनको आधारमा व्यवसाय शुरू गरेपछि कहिल्यै पछाडि फर्केर हेर्नु परेन । यसरी कुकले आन्तरिक रूपमा शुरू गरेको भ्रमण व्यवसायले राम्रो प्रगति गरेपछि उनले सन् १८७२ मा दशजना बेलायती नागरिकलाई लिएर पर्यटकीय उद्देश्यका साथ विश्वका विभिन्न देशमा भ्रमण गर्न निस्किए । यसरी हेर्दा लगभग १ सय ८२ वर्षअघि थोमस कुकले दशजना पर्यटक लिएर विश्वको विभिन्न देशमा पर्यटकीय उद्देश्यले घुम्न निस्किए यता विश्वका अधिकांश मुलुकका अर्बौं मानिसले विश्वका अधिकांश देशको पर्यटकीय स्थलको भ्रमण गरिसकेका छन्, पर्यटकीय उद्देश्यका साथ । नेपालमा १०४ वर्षे राणा शासनकालमा विदेशीलाई (कूटनीतिक उद्देश्यबाहेक) नेपालको भ्रमण गर्न बन्देज लगाएकाले गर्दा पयर्टनले फस्टाउने अवसर पाएन । त्यसो त विसं २००७ सालमा आएको राजनीतिक परिवर्तनदेखि २०१५ सालसम्मको संक्रमणकालीन अवस्थामा पनि नेपालमा अपेक्षित रूपमा पर्यटनले फस्टाउने अवसर पाएन । राजा महेन्द्रले २०१७ सालमा गरेको ‘कु’ पछि केही विदेशीहरू अघि सरेर नेपालमा पर्यटन व्यवसायको शुरुआत गरे । त्यसमा पनि बेलायती, जर्मन, जापानी, स्वीस, रूसी, फ्रान्सेली आदि विदेशी नागरिकले नेपालको पर्यटन प्रवद्र्घन गर्नमा शुरूमा धेरै नै योगदान दिएका थिए । ती विदेशीहरू, जो नेपाल आएर बसेका थिए, उनीहरू शुरूमा शुद्घ पर्यटन व्यवसायीका रूपमा भन्दा पनि कुनै न कुनै उद्देश्यले नेपाल आएर बसेका थिए । जे भए तापनि नेपालको पर्यटनको विदेशमा प्रचारप्रसार र विश्व पर्यटन बजारमा नेपालको पर्यटकीय उत्पादनहरू बेच्न जस्तै पदयात्रा, पर्वतारोहण, जलयात्रा, जंगल सफारी, एथ्निक ग्रूप चिनाउने, नेचर, कल्चर, वन्यजन्तु आदिको बजार विस्तार गर्नमा विदेशी पर्यटन व्यवसायीहरूबाटै शुरू भएको हामीले स्वीकार्नु पर्ने हुन्छ । तीसवर्षे पञ्चायती कालमा पनि नेपालमा पर्यटन क्षेत्रमा जति प्रगति हुनुपर्ने हो, त्यति भएन । सन् १९८९/९० मा आएको प्रजातान्त्रिक परिवर्तनसँगै नेपाल आउने विदेशी पर्यटकहरूको संख्याले लाखको संख्या नाघ्न थाल्यो । सन् १९८९/९० मा नेपालमा आएको प्रजातन्त्रसँगै पर्यटनले पनि केही बढी महत्त्व पाउन थाल्यो भन्न सकिन्छ । बीचको प्रजातान्त्रिक भनिएको सरकारले पनि नेपालको पर्यटन विकास र विस्तारका लागि खासै गर्व गर्नलायक कामचाहिँ केही गरेन । तर, हिमाल आरोहण गर्न आएका विदेशी पर्वतारोहीबाट सक्दो सलामी दस्तुर लिने, पदयात्रा (ट्रेकिङ) र जलयात्रा (र्‍याफ्टिङ) मा जाने पर्यटकलाई अनुमति दिएबापत उनीहरूबाट मनग्गे शुल्क असुल्ने काममा भने हेरविचार गरिएन । बरु उल्टै निषेधित क्षेत्रबाट झनै महँगो शुल्क लिने गरियो । सरकारले अहिले पनि निषेधित क्षेत्रबाट त मनग्गे शुल्क असुली रहेकै छ । हो, पर्यटन क्षेत्रमा त्यो बेलाको सरकारले गरेको काम जसलाई बाहिरबाटै देख्न सकिन्छ, त्यो भनेको ‘पर्यटन बोर्ड’को गठन हो । समग्रमा हेर्दा विसं २०६२/६३ को तेस्रो जनआन्दोलनपछि नेपाल आउने विदेशी पर्यटकहरूको संख्या लगातार बढिरहेको थियो । त्यसो भए तापनि विदेशी पर्यटकले नेपालमा आएर गर्ने दैनिक खर्च र उनीहरूको प्रतिव्यक्ति प्रतिदिन नेपाल बसाइ भने बढ्नुको सट्टा घट्दै गएको देखिन्छ । त्यस्तै, सन् २०१५ मा आएको प्राकृतिक विपत्ति (भूकम्प) र भारतको अघोषित नाकाबन्दीले नेपाली पर्यटन अरू थिलथिलो भएको थियो । तथ्यांक हेर्ने हो भने, सन् २०१४ मा सातलाख ९० हजार ११८ जना विदेशी पर्यटक नेपाल आएका थिए भने सन् २०१५ मा जम्मा ५ लाख ३८ हजार ९७० जना विदेशी पर्यटक मात्रै नेपाल आएका थिए । तर, सन् २०१५ को भूकम्प र भारतीय नाकाबन्दीपछिका वर्षहरूमा जस्तै सन् २०१६, सन् २०१७, सन् २०१८, सन् २०१९ मा भने नेपाल भ्रमण गर्न आउने विदेशी पर्यटकको संख्या लगातार रूपमा बढ्दो क्रममा रहेको थियो । यसरी नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या बढ्ने क्रममा सन् २०१८ मा ११ लाख ७३ हजार ७२ जना (लगभग १२ लाख) विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए भने, सन् २०१८ मा एक विदेशी पर्यटकले दैनिक ४४ अमेरिकी डलर मात्रै खर्च गरेका थिए । लेखक पर्यटनकर्मी हुन् ।

आर्थिक विकासको आधार : जलविद्युत्को विकास र विस्तार

जलविद्युत्को विकास र विस्तार नै देशको आर्थिक उन्नतिको दिगो आधार हो भन्नेतर्फ सरकारले हेक्का राख्नुपर्ने देखिन्छ । नेपाल जलविद्युत् उत्पादन क्षमताका आधारमा विश्वमा ब्राजिलपछि दोस्रो स्थानमा रहेको छ । ऊर्जाका स्रोतहरू गैर–नवीकरणीय र नवीकरणीय वर्गमा विभाजन गरिएको छ । विश्वमा अन्य ऊर्जाको भण्डारण सकिँदै गएकाले सौर्य, वायु, पानी, ग्यासलाई अधिकतम प्रयोग गर्न विश्वको ध्यान आकर्षण […]

देश विकासको आधार : प्राविधिक शिक्षाको विकास र विस्तार

देश विकासको प्रमुख आधार प्राविधिक शिक्षाको विकास र विस्तार हो । प्राविधिक शिक्षाले ‘सीप हातमा, रोजगारी साथमा’ भन्ने मान्यतालाई स्थापित गर्छ । शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग र श्रमलाई उत्पादनसँग जोड्ने समग्र शिक्षा नीतिले मात्रै बेरोजगारी समस्यालाई न्यूनीकरण गर्न सक्ने वास्तविकता हो । हाम्रो शिक्षा गरिखानेभन्दा पनि ठगी र मागिखाने जनशक्ति उत्पादनतिर लक्षित भएको गुनासो सत्यताको […]

पूँजीबजार समिति विस्तार, को-को छन् समितिमा ?

नेपाल उद्योग वाणिज्य महासङ्घले समग्र धितोपत्र बजारको विकास र विस्तार गर्दै नीति निर्माणमा सहकार्य गर्ने लक्ष्यका साथ पूँजीबजार समिति विस्तार गरेको छ ।  महासङ्घका कार्यकारिणी सदस्य अम्बिकाप्रसाद पौडेलको सभापतित्वमा गठित समितिको उपसभापतिमा रामशरण थपलिया छन् ।  यस्तै सदस्यहरुमा निर्माण श्रेष्ठ, मेखबहादुर थापा, सन्तोष मैनाली, प्रियराज रेग्मी, विष्णुप्रसाद बस्याल, राजन लम्साल र ज्योति दाहाल छन् । यस्तै आमन्त्रित सदस्यहरुमा उषा खतिवडा र अनन्तकुमार पौडेल छन् ।  उक्त समितिले पूँजी बजारसँग सरोकार राख्ने सबै निकायहरुब...