सरकारको अस्पष्ट नीतिले उद्योग व्यवसायमा नयाँ लगानी आएन : गोपाल अग्रवाल [अन्तरवार्ता]

मोरङ व्यापार संघका कार्यकारिणी सदस्य तथा मारवाडी युवा मञ्च कोशी प्रदेश संयोजक गोपाल अग्रवाल एनजी इलेक्ट्रोनिक्सका सञ्चालक हुन् । उनको उद्योगले विद्युतीय विभिन्न सामग्रीको उत्पादन गर्दछ । ६ महीनाअघि भएको नेपाल विद्युतीय व्यवसायी महासंघको महाधिवेशनबाट महासचिवमा निर्वाचित युवा उद्यमी अग्रवालसँग यस संस्थाको कार्यक्षेत्र, उद्योग व्यवसायमा युवाको उपस्थिति लगायत विषयमा आर्थिक अभियानका विराटनगर संवाददाता वेदराज पौडेलले गरेको कुराकानीको सार । नेपाल विद्युतीय व्यवसायी महासंघ कस्तो संस्था हो ? यसले के के काम गर्छ ? नेपाल विद्युतीय व्यवसायी महासंघ देशभरिका २५ हजार पेशागत व्यवसायी आबद्ध रहेको संस्था हो । विद्युतीय सामग्री उत्पादन गर्ने, व्यवसाय गर्नेहरूको साझा मञ्चको रूपमा यो महासंघ रहेको छ । यसले विद्युतीय व्यवसायीको हकहित र सुरक्षाका निम्ति काम गर्छ ।    भर्खरै महाधिवेशन गर्नुभयो । यसअघि तपाईंहरूको संगठन थिएन ? २०४७ सालमा स्थापना भएको नेपाल इलेक्ट्रिकल एशोसिएशन २० वर्षपछि २०६७ भदौ ३० गतेदेखि नेपाल विद्युतीय व्यवसायी महासंघमा परिणत भएको हो । महासंघको रूपमा हामीले अहिले १३औं वार्षिक साधारणसभा एवं पाँचौं महाधिवेशन सम्पन्न गरेका छौं ।   तपाईंहरूको व्यवसायले युवालाई कत्तिको रोजगारी सृजना गरेको छ ? नेपालमा विद्युतीय विभिन्न सामग्री उत्पादन तथा व्यापार व्यवसायमा ३० हजार युवाले प्रत्यक्ष रोजगारी पाएका छन् । हामीले नेपाल सरकारसमक्ष राखेका माग सम्बोधन भएमा थप युवालाई रोजगारी प्रदान गर्न सक्षम हुनेछौं । युवालाई रोजगारी सृजना गर्न सरकारले लगानीमैत्री वातावरण निर्माण गर्नुपर्छ । बजार चलायमान हुनुपर्छ ।  नेपालमै युवालाई टिकाउन, विदेशिनबाट रोक्न के गर्नुपर्छ ? तपाईंको सुझाव के छ ? मासिक रूपमा २० हजारदेखि ३० हजार रुपैयाँ कमाउन पनि युवाहरू विदेशिइरहेका छन्, जब कि यहाँ नै दैनिक ज्यालादारीमा काम गर्नेहरूले त्यति कमाइरहेका छन् । त्यसैले पहिले नेपालमा रोजगारी सृजना गर्न प्राथमिक क्षेत्रहरूको छनोट गर्नुपर्छ । त्यसपछि सरकारले ती क्षेत्रहरूमा रोजगारीको अवसर सृजना गर्नुपर्छ । उद्योग स्थापना गर्‍यो, उत्पादन शुरू गर्‍यो, बजारको सुनिश्चितता हुँदैन । त्यही भएर पनि युवा बाबुबाजेकै उद्योगमा आफ्नो समय खर्चिरहेका छन् । नयाँ उद्योग खोल्ने इच्छा नभएर होइन, लगानीको सुरक्षा नभएर हो । जस्तै– औद्योगिक क्षेत्रमा रोजगारी सृजना गर्ने हो भने सरकारले नयाँ उद्योग खुल्ने वातावरण निर्माण गर्नुपर्छ । बढीभन्दा बढी संख्यामा रोजगारी दिन सक्ने उद्योगका लागि सरकारले कर, विद्युत् लगायतमा छूट दिएर लगानी आकर्षित गर्नुपर्छ । यसले थप उद्योग खुल्ने वातावरण सृजना गर्न सक्छ । कृषि क्षेत्रमा रोजगारीको सम्भावना ठूलो छ । सेवा क्षेत्रमा पनि रोजगारीका अवसर छन् । सरकारको प्राथमिकता वैदेशिक रोजगारीमा युवा पठाउने नभई स्वदेशमै रोजगारी सृजना गर्नेतर्फ हुनुपर्छ । त्यसका लागि उपयुक्त नीतिनियम निर्माण र कार्यान्वयन आवश्यक छ ।  ठूला व्यापारिक र औद्योगिक घरानाका युवाहरू पुस्तैनी उद्योग व्यवसायमै सीमित देखिएका छन् । उनीहरू नयाँ उद्योग सञ्चालन गर्न अनिच्छुक भएका हुन् ? यसको मूल कारण सरकारको अस्पष्ट नीति हो । सरकारको नीति प्रत्येक वर्षको बजेटमा परिवर्तन हुन्छ, जसकारण युवाहरू नयाँ लगानीसहित उद्योग व्यवसायमा आउन अनिच्छुक देखिएका हुन् । बैंकको पनि स्थिर नीति छैन । बैंकले पहिले ६ प्रतिशतमा ऋण दिन्छ, पछि त्यसलाई १६ प्रतिशतसम्म पुर्‍याउँछ । पहिले नै १६ प्रतिशतभन्दा तल ब्याजदरमा ऋण दिन सकिँदैन भन्दा हुन्थ्यो नि । त्यही भएर अहिले बैंकसँग पर्याप्त मौज्दात हुँदा पनि ऋण लिनेहरू कम छन् । उद्योग स्थापना गर्‍यो, उत्पादन शुरू गर्‍यो, बजारको सुनिश्चितता हुँदैन । निकासीका लागि पनि सरकारका अनेक तगारा छन् । त्यही भएर पनि युवा बाबुबाजेकै उद्योगमा आफ्नो समय खर्चिरहेका छन् । नयाँ उद्योग खोल्ने इच्छा नभएर होइन, लगानीको सुरक्षा नभएर हो । यसपटकको बजेटले भने ब्याजदरको विषय छोएन, जसकारण अझै पनि बैंकको मनोमानी छ । बैंकको मनोमानी भएको देशमा लगानीकर्ताले कसरी ढुक्क भएर लगानी गर्न सक्छ ? पछिल्लो समय उद्योगी व्यवसायी ब्याजदर घटाऊ भनिरहेका छन् । यो समस्याको समाधान कसरी होला ? मोरङ व्यापार संघको नेतृत्वमा देशव्यापी रूपमा हामीहरूले ‘ब्याजदर बढी भयो बैंकको ब्याजदर घटाऊ, बैंकको आफ्नै खर्च पनि बढी भयो, त्यो पनि घटाऊ’ भनेर आन्दोलन गर्‍यौं । मौद्रिक नीतिले केही सम्बोधन गरे पनि यसपटकको बजेटले भने ब्याजदरको विषय छोएन, जसकारण अझै पनि बैंकको मनोमानी छ । बैंकको मनोमानी भएको देशमा लगानीकर्ताले कसरी ढुक्क भएर लगानी गर्न सक्छ ? अहिलेको अवस्थामा बैंकहरूमा तरलताको अभाव छैन । रू. ३ खर्बभन्दा बढी लगानीयोग्य रकम थुप्रिएको छ । तर ऋण लिनेहरूले इच्छा देखाएका छैनन् । असार मसान्तसम्ममा यो रकम अझै बढ्छ । तर पनि बैंकहरूलाई पहिले जस्तो विश्वास गरेर ऋण लिने अवस्था छैन । पहिले घरघरमै आएर ६ प्रतिशतले ऋण लिनोस् भन्छन्, पछि ब्याजदर बढाएर १६ प्रतिशत पुर्‍याउँछन् । नियमित रकम तिर्न नसक्नेको जायजेथा लिलामीमा निकाल्न थाल्छन् । यस्तो स्थितिमा कसरी ऋण लिएर लगानी गर्न सकिन्छ ? लगानीमैत्री वातावरण बनाएर औद्योगिक क्षेत्रमा कसरी लगानी भित्र्याउन सकिन्छ ? लगानीमैत्री वातावरण निर्माणका लागि पहिलो सरकारले औद्योगिक र व्यावसायिक क्षेत्रका लागि स्थिर नीति बनाउनुपर्छ, जुन कम्तीमा १० वर्ष परिवर्तन गर्न नमिल्ने होस् । त्यसपछि विद्युत् महशुलमा छूटको व्यवस्था, जमीन सरकारले लिजमा उपलब्ध गराउने र निर्यातमूलक उद्योगलाई थप प्रोत्साहनका नीति ल्याउने हो भने लगानीको वातावरण बन्छ । सरकारले विद्युत्को बजारका लागि भारत सरकारसँग भर्खरै दीर्घकालीन सम्झौता गर्ने सहमति गरेर आएको छ । तर यहाँ नै गुणस्तरीय विद्युत् र करमा छूटको व्यवस्था भएमा बहुराष्ट्रिय कम्पनीहरू पनि आउँछन् । त्यसका लागि सरकारको स्पष्ट दृष्टिकोण र लगानी आकर्षणका नयाँ योजना हुनुपर्छ । नत्र नयाँ लगानी भित्र्याउने विषय नारामै सीमित हुन्छ । गुणस्तरीय वितरण भएन भने जति विद्युत् उत्पादन गरे पनि ट्रिपिङको समस्या रहिरहन्छ । विद्युत्को वितरण अब जमीनमुनिबाट गरिनुपर्छ, जसले हावापानीका बेला विद्युत् काटिने समस्या हुँदैन । विद्युत्को आपूर्ति नियमित भएन भनेर तपाईंहरू आन्दोलित हुनुभएको छ । सरकार भारतलाई बिजुली विक्री गर्ने कुरा गर्छ । यो समस्याको समाधान के होला ? विद्युत्को नियमित आपूर्तिका लागि सरकारले जलाशययुक्त आयोजना  निर्माण गर्नुपर्छ । नदी प्रवाही आयोजना निर्माण गर्दा हिउँदमा विद्युत्को अभाव र वर्षामा फालाफाल हुने अवस्था आउँछ । त्यसैले अब बन्ने जति पनि योजना छन्, सबै योजना जलाशययुक्त हुनुपर्छ । यसबाट विद्युत् उत्पादन र वितरणमा एकरूपता आउँछ । गुणस्तरीय वितरण भएन भने जति विद्युत् उत्पादन गरे पनि ट्रिपिङको समस्या रहिरहन्छ । विद्युत्को वितरण अब जमीनमुनिबाट गरिनुपर्छ, जसले हावापानीका बेला विद्युत् काटिने समस्या हुँदैन । धेरै भएको विद्युत् विक्री गर्ने र कम भएको बेला आपूर्ति गर्नेगरी सम्झौता भएमा दुवै मुलुकलाई हित गर्छ ।  बिजुली बेच्ने कि सस्तोमा यहीँका उद्योगलाई उपयोग गर्न दिने ? विद्युत्को खपत यहाँ पनि बढाउन सकिन्छ । सरकारले विद्युत्को खपतका लागि तीन श्रेणी तोक्नुपर्छ । पिक आवर, नर्मल आवर र अफ आवर गरेर विद्युत् खपतको तह तोकेर महशुल पनि फरक फरक राख्नुपर्छ । यसले विद्युत्को खपत बढ्छ ।  यसबाट लोडको समस्या पनि समाधान हुन्छ । सरकारले कृषि क्षेत्रलाई जस्तै उद्योगलाई पनि विद्युत्को महशुलमा सहुलियत दिनुपर्छ, ता कि यहाँ अन्य उद्योग खुल्न सकून् र विद्युत्को खपत बढी हुन सकोस् । बैंकहरूले एकपटक आम ऋणीबाट विश्वास गुमाइसकेका छन्, जसकारण ऋण पाइयो भनेर हतार गरेर ऋण लिने ऋणीहरूको संख्या पहिले भन्दा घटेको छ । बैंकिङ प्रणालीमा प्रायः तरलता अभाव भइरहेको देखिन्छ । घरजग्गाको कारोबार खुकुलो भयो भने तरलता अभाव टर्छ ? बजारमा पैसा आयो भने तरलताको अभाव पक्कै टर्छ । यसमा दुईमत छैन । अहिले बैंकहरूमा विस्तारै तरलताको समस्या समाधान हुँदै गएको देखिन्छ । तर लगानीमा भने त्यति राम्रो नतीजा देखिँदैन । बैंकहरूले एकपटक आम ऋणीबाट विश्वास गुमाइसकेका छन्, जसकारण ऋण पाइयो भनेर हतार गरेर ऋण लिने ऋणीहरूको संख्या पहिले भन्दा घटेको छ । अर्को कुरा ब्याजदर नघटेसम्म बैंकको लगानीयोग्य रकम पनि बैंकमै रहिरहने सम्भावना छ । मैले अघि नै भनेँ, असार मसान्तपछि तरलता झनै बढ्छ ।

सम्बन्धित सामग्री

ग्रिल व्यवसायमा दुर्घटना बढ्दो

ग्रिल व्यवसायमा पछिल्लो समय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्यसम्बन्धी पर्याप्त जानकारी नहुँदा दुर्घटना बढेको व्यवसायीहरूले बताएका छन्।...

कृषि व्यवसायमा मोह बढाउँदै भोजपुरका युवा

२ साउन, भोजपुर । भोजपुरमा विदेशको भोगाइपछि आफ्नो ठाउँ फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाको सङ्ख्या बढेको छ । सरकारको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाहरूका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएपछि युवामा कृषिप्रति मोह बढेको हो । यहाँका युवाले अहिले व्यावसायिकरूपमा कृषि गरेर मनग्य आम्दानीसमेत गर्दै आएका छन् । लामो समयसम्म विदेशमा पसिना बगाए […]

किसानहरु भन्छन्, ‘ड्रागनफ्रुट व्यवसायमा सम्भावनासँगै चुनौती पनि बढे ’

पछिल्लो समय ड्रागनफ्रुट व्यवसायमा किसानको आकर्षण बढ्दै गएको छ । खेती गर्न सजिलो, फल स्वादिलो तथा पोषिलो हुनुका साथै बजार मूल्यमा पनि समस्या नभएपछि ड्रागनफ्रुट व्यवसायमा किसानको आकर्षण बढ्दै गएको हो । बजारमा ड्रागनफ्रुट प्रतिकिलो ६ सय ५० देखि आठ सय ५० सम्ममा किन्न पाइन्छ । नेपालमा पहिलो पटक जगनाथ राईले विदेशबाट ड्रागनफ्रुट भित्र्याएर खेती […]

श्रममन्त्रीको स्पष्टीकरण :  धेरै व्यवसायमा छु, तर म्यानपावरमा छैन

४ माघ, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले आफू म्यानपावर व्यवसायमा संलग्न नरहेको दाबी गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत प्रष्टीकरण दिँदै उनले थोरै थोरै धेरै क्षेत्रमा लगानी र परिश्रम गर्ने क्रममा १५ भन्दा बढी व्यवसायमा संलग्न रहेको तर म्यानपावर व्यवसायमा भने कहिल्यै पनि संलग्न नरहेको दाबी गरेका हुन् । उनी नयाँ […]

धूप व्यवसायमा रमाउँदै-कमाउँदै (फोटोफिचर)

रामेछापकी माया पौडेल भक्तपुरको निकोसेरामा विगत साढे दुई वर्षदेखि धूप बनाउने व्यवसायमा सक्रिय छिन्। करिब २५ हजारबाट सुरू गरेको व्यवसायबाट अहिले मासिक एक–डेढ लाखसम्म आम्दानी हुने गरेको उनी बताउँछिन्। उपत्यकामा...

नेटवर्किङ व्यवसायमा संलग्न तीन जना पक्राउ

दाङमा नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार पैसा डबल हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा तीन जनलाई प्रक्राउ गरिएको हो ।...

अबदेखि २५ व्यवसायमा हड्ताल गर्न नपाउने

काठमाडौं। सरकारले विभिन्न २५ प्रकारका व्यवसायमा हड्ताल गर्न नपाउने व्यवस्था ल्याएको छ। गृहमन्त्रालयले राजपत्रमा सूचना सार्वजनिक गर्दै २५ व्यवसायमा हड्ताल गर्न नमिल्ने व्यवस्था गरेको हो। जसमा अत्यावश्यक व्यवसायहरु समेटिएका छन्। तोकिएका व्यवसायमा हड्ताल गरेमा कानुनी कारबाही गरिने बताइएको छ।

अबदेखि २५ व्यवसायमा हड्ताल गर्न नपाउने

काठमाडौं। सरकारले विभिन्न २५ प्रकारका व्यवसायमा हड्ताल गर्न नपाउने व्यवस्था ल्याएको छ। गृहमन्त्रालयले राजपत्रमा सूचना सार्वजनिक गर्दै २५ व्यवसायमा हड्ताल गर्न नमिल्ने व्यवस्था गरेको हो। जसमा अत्यावश्यक व्यवसायहरु समेटिएका छन्। तोकिएका व्यवसायमा हड्ताल गरेमा कानुनी कारबाही गरिने बताइएको छ।

व्यवसायमा ताल्चा

कोरोना भाइरस संक्रमणको त्रासका कारण गतवर्ष चैतदेखि गरिएको लकडाउनले महिनौंसम्म व्यवसायमा ताला लाग्यो । संक्रमणबीच लकडाउन खुकुलो हुँदै जाँदा व्यवसायको ढोका पनि खुल्दै गयो । पछिल्लो समय वैशाख पहिलो सातासम्म व्यवसायले झन्डै कोरोना अघिकै आकार लिइसकेको थियो । त...

उद्योग–व्यवसायमा कोरोनाले पारेको प्रभाव

हाम्रा उद्योग–व्यवसायहरू छ–सात महिनाको अन्तरालमा सामान्य अवस्थामा नै फर्कनुलाई अर्थतन्त्रको सबल पक्षका रूपमा लिन सकिन्छ । कोरोनाका कारण बन्द भएका उद्योग–व्यवसायमा १० प्रतिशत सञ्चालनमा आउन सकेनन् भने १३ प्रतिशतले आफ्नो रोजगारी गुमाउनुप-यो, जसका कारण देशको समग्र अर्थव्यवस्थामा यसको प्रतिकूल प्रभाव परेको देखिन्छ । कोभिड–१९ का कारण विश्वभरिका उद्योगधन्दा र व्यवसायमा नराम्रो असर परेको पाइन्छ भने […]