भारतीय हिमालय क्षेत्रमा हिमपहिरोमा परी १० जनाको ज्यान भएको पुष्टि भएको छ ।
आरोहण दलका अन्य १८ सदस्य अझै बेपत्ता रहेका छन् । भारतको उत्तरी राज्य उत्तराखण्डको ‘द्रौपदीका डाँडा–द्वितीय’ हिमालको चुचुरोनजिक मंगलवार बिहान गएको हिमपहिरोमा परी दर्जनौँ आरोही प्रशिक्षार्थी बेपत्ता भएका थिए ।
उनीहरूमध्ये चार जना मंगलवार नै मृत अवस्थामा भेटिएका थिए । भारतीय वायु सेना र स्थानीय विपद् निकायले बेपत्ताको खोजी गरिरहेका छन् । उद्धार टोलीले अहिलेसम्म १० जनाको शव फेला पारेको उत्तराखण्ड राज्य प्रहरी बलले ट्वीटरमा उल्लेख ग...