शंकास्पद गतिविधि गर्ने १८ जना बन्दकर्ता उपत्यकाबाट पक्राउ

प्रहरीले उपत्यकाबाट शंकास्पद गतिविधि गर्ने १८ जना बन्दकर्तालाई पक्राउ गरेको छ।

सम्बन्धित सामग्री

काठमाडौं उपत्यकाबाट १८ जना बन्दकर्ता पक्राउ

काठमाडौं उपत्यकामा नेपाल बन्द गराउन सडकमा निस्केका १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बन्द आह्वान गरेको थियो । मंगलबार बिहान शंकास्पद रुपमा निस्केका १८ जनालाई पक्राउ गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरले रातोपाटीलाई बताए । काठमाडौंको लगनटोल, माछापोखरी र बसपार्कबाट १७ जनालाई पक्राउ गरिएको छ । एकजना ललितपुरबाट पक्राउ परेका हुन् । काठमाडौंबाट पक्राउ परेकाहरुलाई भृकुटीमण्डप स्थित नगर प्रहरीको कार्यालयमा राखिएको छ ।