शेयर बजारमा उत्साहजनक वृद्धि, यी कम्पनीहरूको मूल्यमा उच्च वृद्धि

साताको पहिलो दिन (आइतवार) शेयर बजारमा उत्साहजनक वृद्धि भएको छ । आइतवार शेयर बजार मापक नेप्से परिसूचक ७३.०५ अंकले बढ्दै २७६५.५१ विन्दुमा पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । यस दिन ठूला कम्पनीका शेयर मापक सेन्सेटिभ परिसूचक १३.२१ अंकले बढ्दै ५१९.३७ विन्दुमा पुगेको छ । आइतवार कारोबारमा आएका कम्पनीहरूमध्ये १८३ कम्पनीको शेयर मूल्य बढेको छ भने ६ कम्पनीको शेयर मूल्य घटेको छ । यस्तै १ कम्पनीको शेयर मूल्य स्थिर छ । आइतवार कुल २ सय ३९ कम्पनीको १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता शेयर ७ अर्ब १० करोड १८ लाख ३१ हज...

सम्बन्धित सामग्री

कच्चा तेलको भाउ ७ वर्षपछि सय डलर नाघ्यो, सुनको मूल्य पनि २ हजार डलर नजिक

काठमाडौं। अन्तरराष्ट्रिय बजारमा बिहीवार कच्चा तेल र बहुमूल्य धातुहरुको भाउ बढेको छ । रुसी राष्ष्ट्रपति भ्लादिमिर पुटिनले डोनबास क्षेत्रको सुरक्षाका लागि सैन्य कारबाहीको घोषणा गरेको भन्दै तास न्यूज एजेन्सीले बताएपछि तेल र सुनको भाउ उकालो लागेको हो । लन्डानस्थित आईसीईको कोमेक्स डिभिजनमा बुधवार ४ः२८ जीएमटीमा ब्रेन्ट क्रुडको भाउ प्रतिब्यारेल १०१ डलर ७४ सेन्टमा पुगेको थियो । यसअघि सन २०१४ को सेप्टेम्बरमा कच्चा तेलको भाउ प्रतिब्यारेल १०० डलर माथि पुगेको थियो भने सन २००८ मा प्रतिब्यारेल १४७ डलर सम्म पुगेको रेकर्ड छ ।  रुसले युक्रेनमाथि सैन्य कारबाही गर्ने घोषणा गरेपछि तेलको भाउ एकै दिन ५ दशमलव शून्य ६ प्रतिशत अर्थात् ४ डलर ९० सेन्ट बढेको हो । बिहिबार प्राकृतिक ग्यासको भाउ पनि ५ दशलमव ८७ प्रतिशत भन्दा धेरैले बढेको छ ।  यो समाचार तयार पार्दाखेरि नेपाली समयअनुसार बिहान १०ः४० बजेतिर ब्रेन्टको भाउ १०१ डलर २६ सेन्टमा आएको थियो । न्युयोर्क मर्कन्टाइल एक्सचेञ्जको कोमेक्स डिभिजनमा पनि वेष्ट टेक्सस इन्टरमिडियटको भाउ ४ दशमलव ७७ प्रतिशतले बढेर प्रतिब्यारेल ९६ डलर ६३ सेन्टमा उक्लिएको छ ।  सुनको भाउमा पनि उच्च वृद्धि देखिएको छ । बिहिबार स्पट गोल्डको भाउ सन् २०२१ को जनवरीयताकै  उच्च स्तरमा उक्लिएको छ । कोमेक्सको शुरुआती कारोबारदेखि नै उकालो लागेको सुनको भाउ उच्चतम् प्रतिऔंस १ हजार ९४८ डलर ३४ सेन्टको उच्च बिन्दुसम्म पुगेको थियो । यो समाचार तयार पार्दाखेरि स्पट गोल्ड प्रतिऔंसत १ हजार ९३५ डलर ७३ सेन्टम कायम भएको थियो । यो अघिल्लो दिन बजार बन्द हुँदाको तुलनामा प्रतिऔंसत ७ दशमलव शून्य ७ प्रतिशत धेरै हो । रुस र युक्रेनी तनावले नयाँ युद्ध निम्त्याउने भयबीच पछिल्लो समय बजारमा सेफ हेभन एसेटको भाउ बढेका छन् । उता शेयर बजार भने बिहिबार रक्ताम्मे देखिएका छन् । यो समाचार तयार पार्दाखेरि एशियामा सबै बजार रातोमा छन् । एशिया प्रशान्त क्षेत्रमा जापान बाहिरका शेयर बजारको बृहत परिसूचक एमएससीआई ३ दशमलव २ प्रतिशतले घटेको छ । चीनमा साङ्हाई कम्पोजिट शून्य दशलमव ८९ प्रतिशतले घटेको छ । हङकङमा हाङशेङ ३ दशमलव ११ प्रतिशतले तल आएको छ । जापानमा निक्केई २२५ २ दशमलव १५ प्रतिशतले घटेको छ । त्यस्तै सिंगापुरमा एसजीएक्स निफ्टीमा २ दशमलव ८ प्रतिशतको कमी आएको छ । दक्षिण कोरियामा कोस्पी परिसचूक पनि २ दशमलव ४९ प्रतिशतले घटेको छ । इन्डोनेशिया, भारत, थाइल्यान्ड लगायत यस क्षेत्रका अन्य अधिकांश शेयर बजार पनि रातोमा आएको छ । अष्ट्रेलियामा एएसएक्स २०० २ दशमलव २२ प्रतिशतले घटेको छ । अमेरिकामा पनि शेयर फयूचरहरु तल नै छन् ।  बजारले सधैं रुसी सेनालाई डोनबासमा रोक्न सकिन्छ कि सकिदैंन भनेर हेरिरहेका थिए अहिले सेना किभ तर्फ बढिरहेको स्पष्ट देखिएको पेपर स्टोनमा अनुसन्धान प्रमुख क्रिस वेटन बताउँछन् । अहिले भने अवस्था कतिसम्म खराब बन्न सक्छ भन्नेतिर अड्कल अनुमान बढिरहेको छ । अवस्था खराब भयो भने शेयर बजार बियरिश बन्ने उनी बताउँछन् । लगानीकर्ताहरुले जोखिमयुक्त सम्पत्ति छोडेर सेफ हेभन एसेटमा लगानी गर्न थालेपछि बिहीवार सेफ हेभन एसेटहरुको भाउ बढेका छन् । बिहिबार कमोडिटिज बजारमा चाँदी, पालाडियम, प्लाटिनम लगायत अधिकांश बहुमूल्य धातुको भाउ बढेका छन् । एजेन्सीहरुको सहयोगमा

शेयर बजारमा ४१ अंकको गिरावट, कारोबार ५ अर्बमाथी

काठमाडौं, माघ २३ । शेयर बजार आइतबार दोहोरो अंकले घटेको । आइतबार नेप्से ४१.५५ अंकले घटेर २ हजार ८ सय ३५.१९ विन्दुमा रोकिएको हो । त्यस्तै, आइतबार नेप्से सूचकांक र कारोबार दुबै घटेका छन् । नेप्सेका अनुसार आइतबार एक कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । शेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरुमा नेपाल हाइड्रो कम्पनी रहेको […]

शेयर बजार राताम्मे, दुई कम्पनीको शेयर मूल्यमा भने उच्च वृद्धि

काठमाडौँ– साताको अन्तिम कारोवार दिन बिहीबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ४९ दशमलव ४ अंकले घटेर राताम्मे भएको छ । आज नेप्से १ दशमलव ८६ प्रतिशतले घटेर दुई हजार पाँच सय ८४ दशमलब ६१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । आज दुई सय ३१ कम्पनीको ४७ हजार आठ सय ४६ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल […]

शेयर बजार राताम्मे, दुई कम्पनीको शेयर मूल्यमा भने उच्च वृद्धि

काठमाडौं । साताको अन्तिम कारोवार दिन बिहीबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ४९ दशमलव ४ अंकले घटेर राताम्मे भएको छ । आज नेप्से १ दशमलव ८६ प्रतिशतले घटेर दुई हजार पाँच सय ८४ दशमलब ६१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । आज दुई सय ३१ कम्पनीको ४७ हजार आठ सय ४६ कित्ता शेयर खरिद–बिक्री हुँदा कुल […] The post शेयर बजार राताम्मे, दुई कम्पनीको शेयर मूल्यमा भने उच्च वृद्धि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

शेयर बजारमा उच्च वृद्धि, १३ कम्पनीको शेयर १० प्रतिशतले बढ्यो

निरन्तरको गिरावटपछि शेयर बजारमा बुधवार उच्च अंकको वृद्धि भएको छ । शेयर बजार परिसूचक नेप्से १ सय ४ दशमलव ८८ बिन्दुले बढेर २८ सय १६ दशमलव ९५ बिन्दुमा कायम भएको छ ।  अघिल्लो दिन १३ अंकले बढेको  शेयर बजारमा बुधवार उछाल आएको हो । १३ कम्पनीको शेयर १० प्रतिशतका दरले बढेर सर्किट लाग्दा समग्र बजार ३ दशमलव ८७ प्रतिशतले बढेको छ । कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ ।  सोमवार ८ अर्ब, मंगलवार ७ अर्बमाथिको कारोबार भएको शेयर बजारमा बुधवार  ६ अर्ब १७ करोडको कारोबार भएको छ । कार...

शेयर बजार घटे पनि यी २ कम्पनीमा लाग्यो सकारात्मक सर्किट ब्रेक

समग्र शेयर बजारमा गिरावट आएपनि आइतवार २ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भइ सकारात्मक सर्किट ब्रेक लागेको छ । आइतवार नारायणी विकास बैंक लिमिटेड र खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।  जसअन्तर्गत नारायणीको शेयर मूल्य १० प्रतिशतले बढ्दै १ हजार १ सय ३७ रुपैयाँ ४० पैसा पुगेको छ । आइतवारमात्रै कम्पनीको शेयर मूल्य १ सय ३ रुपैयाँ ४० पैसाले बढेको हो ।  यस्तै खानीखोलाको शेयर मूल्य १० प्रतिशतले नै बढ्दै ४ सय ३२ रुपैयाँ ३० पैसा पुगेको छ । आइतवार कम्पनीक...

अमेरिकी शेयर बजार लगातार दोस्रो दिन नयाँ उचाईमा

साउन १२, न्यूयोर्क (अमेरिका) । अमेरिकी शेयर बजार सोमवार लगातार दोस्रो दिन पनि कीर्तिमानी उचाईमा उक्लिएको छ ।  कम्पनीहरुको मुनाफामा उच्च वृद्धि हुने अपेक्षामा शेयर बजार आकाशिएको हो । गत हप्ताको तुलनामा दाउ जोन्स इन्डष्ट्रियल एभरेज ८२ अंकले बढेर ३५ हजार १४४ अंकमा पुगेको छ । यो अहिलेसम्मकै उच्च हो ।  सूचकांक शुक्रवार पहिलो पटक ३५ हजारमाथि उकिलएको थियो । नाष्डाक पनि लगातार दोस्रो दिन नयाँ उचाईमा उक्लिएको छ । कम्पनीहरुको मुनाफा उच्च हुने अपेक्षामा लगानीकर्ताहरुले शेयर किनबेच बढाएका छन् ।  माइक्रोसफ्ट र एप्पलजस्ता मुख्य कम्पनीहरुले यही हप्ता आफ्नो त्रैमासिक तथ्यांक सार्वजनिक गर्दैछन् । तर अमेरिकामा निरन्तर फैलिरहेको कोरोना भाइरसको संक्रामक प्रकार डेल्टाका कारण लगानीकर्ताहरु चिन्तित रहेको र यसले शेयर बजार प्रभावित पार्ने चिन्ता विश्लेषकहरुले गरेका छन् । एजेन्सी

शेयर बजारमा उछाल : परिसूचक ९२ अंकले बढ्यो, १० कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि

मंगलवार नेप्से परिसूचकमा ९२ अंकको उछाल देखिएको छ। गत सात कारोबार दिनमा २३० अंकले घटेको नेप्से सूचक मंगलबार एकैदिन साढे ३ प्रतिशत भन्दा धेरैले बढेको हो। यस दिन ९२.४६ अंकले बढेर शेयर बजार २५९९.०८ विन्दुमा पुगेको छ । यस्तै सेन्सेटिभ सूचक पनि १४.४८ अंकले बढेर ४६७ विन्दुमा पुगेको छ।  परिसूचक बढेपनि कारोबारमा भने सुधार भएको छैन । सोमवार ६ अर्ब माथिको शेयर कारोबार भएकोमा मंगलवार ५ अर्ब १० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। यस दिन कारोबारमा आएका कम्पनीहरुमध्ये एक कम्पनीको मात्रै शेयरमू...

९‍.९४ अंकले बढ्यो शेयर बजार, इन्फ्रास्ट्रक्चर बैंकमा झुम्मिए लगानीकर्ता

साताको चौथो दिन बुधवार शेयर बजार ९.९४ अंकले वृद्धि भएको छ । नेप्से परिसूचक ०.३८ प्रतिशतले बढ्दा शेयर बजार २६११.४५ विन्दुमा पुगेको छ ।  यस दिन सेन्सेटिभ परिसूचक पनि १.४७ अंकले बढ्दै ४७५.०० विन्दुमा पुगेको छ । कारोबारको शुरूवाती समयदेखि नै नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य सर्किट लेभलसम्म पुगेको थियो । उसले अन्तिमसम्ममा पनि सो लेभल कायम नै गरेको छ ।  इन्फ्रास्ट्रक्चर बैंकसँगै अन्य ३ कम्पनीको शेयर मूल्य पनि बुधवार उच्च वृद्धि भएको छ । अन्तिम समयमा इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्य ९.९६ प्रतिशतले बढ्दै ४ स...