सामान्य अंक घटेको बजारमा ज्योति लाईफ र दिव्यश्वरी हाइड्रोको शेयरमूल्यमा उच्च वृद्धि

वैशाख ५, काठमाडौं । साताको पहिलो कारोबार दिन शेयर बजार सामान्य अंकले घटिरहेको छ । कारोबारको पौने एक घण्टमा बजार ६ दशमलव ७५ अंकले घटेर २ हजार ७२८ दशमलव ६४ विन्दुमा झरेको छ । यो अवधिसम्म ज्योति लाईफ इन्स्योरेन्सको शेयरमूल्य सर्वाधिक ९ दशमलव ९१ प्रतिशतले बढेको छ भने दिव्यश्वरी हाइड्रोको शेयरमूल्य ९ दशमलव ४५ प्रतिशत बढेको छ ।  ज्योति लाईफ इन्स्योरेन्सको प्रतिकित्ता रू. ५६ ले बढेर अन्तिम मूल्य रू. ६२१ र दिव्यश्वरी हाइड्रोको प्रतिकित्ता रू. १२ ले बढेर अन्तिम मूल्य रू. १३९ कायम भएको हो ।  दोस्रो बजारमा आइतवार सर्वाधिक शेयर खरीद माग ज्योति लाईफ इन्स्योरेन्सको रहेको छ । पौने एक घण्टाको कारोबारमा ४ हजार ९४५ ओटा अर्डरमा ९ लाख ७० हजार ४११ कित्ता उक्त कम्पनीको शेयर माग भएको हो ।

सम्बन्धित सामग्री

ज्योति लाईफ इन्स्योरेन्स र महिला लघुवित्तको शेयर मूल्यमा उच्च वृद्धि

वैशाख ८, काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स र महिला लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य बुधवार उच्च दरमा वृद्धि भएको छ ।   ज्योति लाईफ इन्स्योरेन्सको शेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ९ दशमलव ९९ प्रतिशत र महिला लघुवित्तको शेयर मूल्य ९ दशमलव ९६ प्रतिशतले वृद्धि भएको हो ।  यो समाचार तयार पार्दाको समय ११ : ४० बजेसम्ममा ज्योति लाईफ इन्स्योरेन्सको शेयर मूल्य प्रतिकित्ता रू. ८२६ पुगेको छ भने महिला लघुवित्तको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ७६६ पुगेको हो ।  ती दुबै कम्पनीको शेयरमा विक्रेताभन्दा खरीदकर्ता धेरै भएकाले शेयर मूल्य बढेको हो । ज्योति लाईफ इन्स्योरेन्सको शेयरमा सबैभन्दा बढी ४ लाख ७८ हजार २९१ कित्ता खरीद माग छ भने महिला लघुवित्तको शेयरमा २ लाख ७३ हजार ३२ कित्ता अर्डर रहेको छ । ती दुबै कम्पनीले केहि समय अगाडि मात्र आईपीओ निष्कासन गरेका हुन् ।