कोरोना सङ्क्रमितको सङ्ख्या बढेपछि अस्ट्रियामा पूर्ण मात्रा खोप नलगाएका २० लाख मानिसहरूलाई लकडाउनमा राखिएको छ । ‘हामीले यो कदमलाई हल्का रूपमा लिएका छैनौँ, यो दुर्भाग्यपूर्ण तर आवश्यक छ,’ चान्सलर अलेक्सान्डर स्कालेनबर्गले भने । अस्पतालमा चाप बढ्न थालेपछि सोमबारदेखि लागू गरिएको यो प्रतिबन्ध सुरुमा १० दिनसम्म जारी रहने बताइएको छ । खोप नलगाएका मानिसहरूलाई काम गर्न वा खानेकुरा किन्नबाहेक घरबाहिर निस्कन बन्देज लगाइएको छ । यो १२ वर्षभन्दा मुनिका बालबालिका र भर्खरै कोभिडबाट निको भएकाहरूको हकम