कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फैलिएसँगै विभिन्न देशले लकडाउन गर्न सुरु गरेका छन्। कोरोनाविरुद्धको खोप लगाएपछि लकडाउन अन्त्य गरेका विभिन्न देश पुनः लकडाउनमा फर्किन लागेका हुन्।नेदरल्याण्ड्सले आजदेखि लागू हुने गरी कडा लकडाउनको घोषणा गरेको छ। नेदरल्याण्ड्सका प्रधानमन्त्री मार्क रुटले कोरोना संक्रमण बढ्दै गएको भन्दै लकडाउनको घोषणा गरेका हुन्। लकडाउनसँगै अब त्यहाँ जनवरी १४ सम्म सामाजिक दूरीका नियमलाई कडा पारिने छ।त्यस्तै‚ त्यहाँ अब भिडभाड गरेर न्यूएयर तथा न्यूएयर इभका कार्यक्रमहरु गर्न पाइने