मुख्य रूपमा अहिले शोधनान्तर घाटा बढेकाले तरलताको समस्या देखिएको हो । यसअघि नेपालमा विदेशी मुद्रा भित्रिने दर बढी हुँदा शोधनान्तर स्थिति सकारात्मक थियो । यसबाट मुद्राप्रदाय वृद्धि हुन्थ्यो । अहिले शोधनान्तर स्थिति नकारात्मक भएकाले आवश्यक मात्रामा मुद्राप्रवाह हुन सकेन । मुद्राको आपूर्ति र तरलताको उपब्धतत चलनचल्तीमा रहेको मुद्रा र निक्षेपमा निर्भर हुन्छ । तर अहिले चलनचल्तीमा रहेको मुद्राको वृद्धिदर कम भयो । निक्षेप संकलनको वृद्धिदर कर्जा प्रवाहको भन्दा कम रह्यो । यसले गर्दा कुल आपूर्ति नै कम भएको हो । अर्को राष्ट्र बैंकले बजारमा प्रवाह गर्ने कुल तरलता समस्या आउन नदिन मुद्राको प्रवाह बढी हुनुपर्छ । मुद्रा आपूर्ति कति हुनुपर्छ भन्ने निर्धारण गर्न आर्थिक विकास वृद्धिदरमा मुद्रास्फीति दर जोडेर यसबाट मु्रद्राको प्रवेग घटाइन्छ । अहिले आर्थिक वृद्धिदर ३.५ प्रतिशत र म्ुद्रास्फीति दर १०.८ प्रतिशत रहेको छ । मुद्राको प्रयोग भने खास परिवर्तन भएको छैन । यसरी हेर्दा मुद्रा आपूर्ति १४ देखि १५ प्रतिशत हुनैपर्छ तर गत वर्ष विस्तृत मुद्राप्रदाय ८.२ र संकुचित मुद्रा प्रदाय ४.५ प्रतिशतले मात्र बढेको छ । यसले चाहिएजति मुद्रा आपूर्ति हुन नसको देखाउँछ । तरलतामा समस्या देखिनुको मुख्य कारण यिनै हुन् । राष्ट्र बैकंले नीतिलाई कसिलो बनाउन खोजे पनि तरलता उपलब्धता बढाउन खासै सघाउँदैन ।
(त्रिभुवन विश्वविद्यालय, अर्थशास्त्र विभागका सहप्राध्यापक अनन्तकुमार मैनालीँगसको अन्तर्वार्ताबाट)
वर्ष ५, अंक ४८, २०६७, साउन १७–२३