कसिलो मौद्रिक नीतिले आगामी केही महिना अझै कष्टकर : अर्थविद् डा. विष्ट

काठमाडौं : नेपाल राष्ट्र बैंकले नीतिगत दरहरू बढाएर कसिलो मौद्रिक नीति लिएकाले सबैका लागि आगामी केही महिना अझै कष्टकर हुने अर्थविद डा गजेन्द्र विष्टले बताएका छन्। गभर्नर महाप्रसाद अधिकारीले आज जारी गरेको राष्ट्र बैंकको मौद्रिक नीतिमाथि प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।प्रतिकूल अवस्थाबीच तरलताको जोहो गरी आर्थिक गतिविधिमा केही विस्तार ल्याउने र कसिलो मौद्रिक नीतिमार्फत तरलता उपलब्ध हुन नसक्ने वातावरण सिर्जना गरी रक्षात्मक बन्ने दुई विकल्पमध्ये मौद्रिक अधिकारी नेपाल राष्ट्र बैंक दोस्रो

सम्बन्धित सामग्री

‘लू’बाट बच्न सतर्कता अपनाउन महाशाखाको अनुरोध

देशका तराई भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा ‘लू’ लाग्न सक्ने सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । विगत केही दिनयता बढेको अत्यधिक गर्मीका कारण धनुषा, बारा, पर्सासहित तराई मधेसका जिल्लाको जनजीवन कष्टकर बनेको छ । तराई मधेसमा ४० देखि ४४ डिग्री …

चुनौतीको कठघरामा प्रचण्ड सरकार

राजनीतिमा दूरदृष्टि एकादेशको कथा बन्दा अल्पकालीन स्वार्थ हावी भएको छ । सबै कुराको पूर्वानुमान गर्न सकिन्छ तर हाम्रो अदालत र राजनीति संभव र सहज छैन भन्ने भाष्य स्थापित हुन थालेको छ । जनताको दैनिकी दिन दुगुना रात चौगुना कष्टकर बन्दैछ ।

निर्वाचन परिणाम : मुलुक अझै अस्थिर नहोस्

स्थापित राजनीतिक दलमात्रले पनि सरकार बनाउन नसक्ने र स्वतन्त्र पार्टीको समेत सहयोग लिनुपर्ने भएमा कस्तो स्थिति होला ? किनकि उनीहरूले किनबेच हुदैनौं भनेका छन् । हालको चुनावको प्रारम्भिक परिणामले चुनाव स्थानीय चुनावको प्रतिबिम्ब, पार्टीप्रतिको वितृष्णा र आगामी दिन अझ कष्टकर हुने देखिन्छ । अबको राजनीतिक कोर्समा राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रिय पार्टी हुने सम्भावना देखियो । […]

लिमीका स्थानीयबासीलाई गाउँ जान न्यालुको पाँच फिट हिउँ छिचोल्नुपर्ने बाध्यता

सिमकोट –  नाम्खा गाउँपालिका- ६ को हिमालपारीको गाउँ लिमीका स्थानीयबासीको हिमपातका कारण दैनिकी कष्टकर बनेको छ । अहिले नै बाक्लो हिमपात भएको र आगामी मंसिर ४ गतेको निर्वाचनका बेला हिमपात झन् बाक्लिने संभावना रहेकाले निर्वाचनमा खटिने कर्मचारीसमेत कसरी त्यहाँ पुग्लान् भन्ने चिन्ता थपिएको छ । लिमी जान अहिले पाँच फिट हिउँ छिचोल्नुपर्ने बाध्यता रहेको छ […]

‘विश्वव्यापी अर्थतन्त्र आगामी वर्ष झन् कष्टकर रहने’

काठमाडौं । विश्वव्यापी रूपमा आकासिएको मूल्यवृद्धिका कारण विश्व अर्थतन्त्र अन्योलतातर्फ धकेलिएको अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले जनाएको छ । रुस–युक्रेनबीचको युद्ध लम्बिँदै जानु, चीनमा शून्य कोभिड नीति लागू गर्नु र मुद्रास्फ्रितिका कारण खाद्यान्न तथा इन्धनको मूल्य बढ्दै जानुले विश्वव्यापी अर्थतन्त्रमा थप चुनौती थपेको छ । यसैगरी, विकसित अर्थतन्त्र भएका मुलुकले मुद्रास्फ्रिति नियन्त्रण गर्न चुक्दा त्यसको प्रभाव […] The post ‘विश्वव्यापी अर्थतन्त्र आगामी वर्ष झन् कष्टकर रहने’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

ऋचा शर्माको फिल्म ‘कौसीद’ पुस १५ मा

काठमाडौं । ऋचा शर्मा अभिनित फिल्म ‘कौसीद’को प्रदर्शन मिति तय भएको छ । पूर्वनिर्धारित मिति स्थगित भएपछि निर्माताले आगामी पुस १५ गतेलाई नयाँ रिलिज मिति तोकेका हुन् । निर्माता केदार भुसालले वितरक र अन्य फिल्मको परिस्थितिलाई हेरेर उपयुक्त मिति तय गरिएको जनाए । फिल्मले ऋणको चपेटामा परेको पात्रको कष्टकर जीवन भोगाइको कथा पेस गर्छ । […]

मूल्यवृद्धिले आगामी दिन कष्टकर : गोल्छा

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले विश्व बजारमा बढ्दो मूल्यका कारण नेपालीका लागि आगामी दिन कष्टकर हुनसक्ने बताएका छन् ।नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश–१ को चौंथो प्रदेशसभालाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले सरकार शोधान्तर घाटा निरन्तर बढ्दै गएको र विश्व बजारमा मूल्यवृद्धि तत्कालै नियन्त्रणमा आउने अवस्था नदेखिएका कारण नेपालीका लागि आगामी दिन निकै कष्टकर हुने […]

शाेधान्तर घाटा बढ्दै जाँदा आगामी दिन थप कष्टकर : शेखर गाेल्छा

माेरङ- नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले शोधान्तर घाटा बढ्दै गएको हुँदा आगामी दिन थप कष्टकर हुनसक्ने बताएका छन्। विराटनगरमा बिहीबार नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ को चौथो प्रदेश सभालाई सम्बोधन गर्दै अध्यक्ष गोल्छाले बढ्दो शोधान्तर घाटा र विश्व बजारमा बढ्दो मूल्यवृद्धिका कारण नेपाली बजार थप कष्टकर हुने बताएका हुन्। अध्यक्ष गोल्छाले बजारको […]

महँगो भयो भान्सा, दैनिकी कष्टकर बन्दै

फागुन २४, काठमाडौं । पछिल्लो समय महँगी चुलिएको छ । १ महीनाअघि प्रतिलिटर २३० रुपैयाँमा पाइने सूर्यमुखी तेलको भाउ अहिले २ सय ८०/ ९० रुपैयाँसम्म पुगेको छ । भटमासको तेल लिटरमै ३० रुपैयाँ बढेर २६० पुगेको छ । चामलको भाउ पनि बोरामा २०० सम्म बढेको छ । सिजनका केही तरकारी सस्तो भए पनि अरू तरकारी छोइसक्नु छैन ।  ‘३ जनाको परिवारका लागि मासिक एकमुष्ठ ९/१० हजारको सामान किन्दा महीना दुखजिलोले टथ्र्यो । तर, अहिले १२र१३ हजारले पनि छोप लाग्दैन,’ कीर्तिपुर ट्याङ्गला फाँटकी स्थानीय बासिन्दा सृजना दाहालले भनिन् ।  सिजनका केही तरकारीको भाउ ठीकै भए पनि अन्य तरकारी खाइ नसक्नु भएका छन् । तरकारी, आलु, प्याज, फलफूलको खर्चसमेत जोड्दा आफूलाई महीना टार्न साह्रै गाह्रो हुन थालेको दाहालको भनाइ छ । खाद्यवस्तु मात्रै नभएर डाइपरलगायत अखाद्य सामान पनि महँगो बनेपछि श्रीमान्को तलबमा आश्रित दाहाललाई अहिले भातभान्सा चलाउन सकस भएको छ ।  गेडागुडी, दाल, चामल, पिठोलगायत अधिकांश खाद्यवस्तुको भाउ १ महीनाको बीचमै १० देखि २५ प्रतिशतसम्म महँगो भएको बल्खुको होलसेल पसलमा मासिक सामान किन्न आएका चोभारका मदन ढोडारीले बताएका छन् । घरभान्सा श्रीमतीले हेर्ने भए पनि महीनाभरिलाई पुग्ने सामान किन्न भने उनी नै जान्छन् । ‘अघिल्लो महीनाको तुलनामा दाल, चामल, पिठो, चिउरा, तेल सबै खाद्यवस्तु महँगो भएछ,’ उनले भने ।  भान्सा चलाउन भान्साकै सामानमा मात्रै नभएर लत्ता कपडा, दैनिक पाकेट खर्च र घुमफिरलगायत अन्य मासिक खर्च कटौती गर्नुपर्ने अवस्थामा आफू पुगेको पाटनमा एउटा एनजीओमा काम गर्ने ढोडारीले बताए । पेट्रोलको भाउ बढेपछि मोटरसाइकल नै चढ्न नसक्ने भएको अवस्थामा दैनिक उपभोग्य सामानको पनि भाउ बढेपछि अहिले उनलाई काठमाडौंमा कोठाभाडा तिरेर २ सन्तान पढाउन हम्मेहम्मे परेको छ ।  इमाडोलकी लक्ष्मी शर्माको कथा पनि यस्तै छ । महँगी बढेपछि दुई जनाले दुःख गरेर कमाउँदा पनि ७ जनाको परिवार पाल्न शर्मा दम्पतीलाई समस्या भइरहेको छ । ‘बजारमा सबै सामानको भाउ बढेको छ, कोरोना भाइरसको महामारी शुरू भएदेखि नै भातभान्सा टार्न सकस हुन थालेको थियो, फागुन लागेपछि महँगी आकाशिएर छोइ नसक्नु भएको छ,’ शर्माले भनिन् । समग्रमा महँगी २५ प्रतिशतसम्म बढेको अनुभव शर्माको छ ।  कोरोना भाइरसको महामारीका कारण पछिल्लो समय महँगी निरन्तर उकालो लागिरहेको थियो । फागुनको महीनाको शुरूमा दूधको भाउसमेत बढेको थियो । त्यसपछि दुग्धजन्य सबै पदार्थको भाउ बढेको छ ।  रूसले युक्रेनमा आक्रमण गर्नुअघि नै पेट्रोलियम पदार्थको भाउ बढेको आडमा व्यापारीहरूले सामानको भाउ मनलाग्दी बढाइरहँदा यसको असर आम नेपालीको भातभान्सामा पुगेको थियो ।  रूसले युक्रेनमाथि आक्रमण गरेपछि विश्व बजारमा पेट्रोलियम पदार्थको भाउ बढेर सन् २००८ यताकै उच्चस्तरमा उक्लिएको छ । युद्धको प्रभावस्वरूप रूस र युक्रेन मुख्य उत्पादक रहेका खाद्यान्नको भाउ त बढेको छ नै आपूर्ति शृंखलामा आएको अवरोध र ढुवानी लागतमा भएको वृद्धिका कारण समग्रमा सबै खालको उपभोग्य वस्तुको भाउ वृद्धि भएको छ ।  युक्रेनी संकट मत्थर हुने कुनै संकेत नदेखिएको अहिलेको अवस्था विश्व बजारमा कच्चा तेल र गहुँ, भटमास, मकै, सूर्यमुखीका दानालगायत सामानको भाउ आगामी दिनहरूमा झनै बढ्ने देखिएको छ । यसको प्रभाव स्वरूप महँगी झनै बढेर सर्वसाधारणलाई भातभान्सा टार्न थप कठिन हुने देखिन्छ ।

राजा महेन्द्रकी चालक रामदेवी श्रेष्ठ: न दरबार, न घरबार

आगामी माघ महिनामा १०२ वर्ष पुग्ने रामदेवीको दरबारदेखि वृद्धाश्रमसम्मको यात्रा जति रमणीय रह्यो त्यति नै कष्टकर पनि। तर उनी खुसी देखिन्छिन्।