चालू आर्थिक वर्षको मौद्रिक नीतिले बजेटमार्फत सरकारले लिएको ८ प्रतिशतको आर्थिक वृद्धि लक्ष्य भेट्न नसक्ने उद्योगी÷व्यवसायीले बताएका छन् । उद्योगी÷व्यवसायीले रातोपाटीसँग कुरा गर्दै मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले गरेको कडाइले सरकारी लक्ष्यअनुसार आर्थिक वृद्धि सम्भवन नहुने बताएका हुन् ।नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णु अग्रवालले राष्ट्र बैंकले कसिलो मौद्रिक नीति ल्याएको बताए । उनले रातोपाटीसँग कुरा गर्दै भने, ‘केन्द्रीय बैंकले कसिलो मौद्रिक नीति ल्याएको छ । यसबाट बजेटले लिए