नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले मौद्रिक नीतिले सरकारले लिएको आर्थिक वृद्धिद्धरको लक्ष्य हासिल गर्न मद्दत नपुगेको टिप्पणी गरेका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘मौद्रिक नीति आउनुभन्दा पहिले नै सङ्कुचनकारी र कठोर नीति ल्याउँदैछौं भनेर भनिएको थियो । अहिले मौद्रिक नीति सङ्कुचित भएर आएको हो । सधैँ नै यही कुरा सुनेका थियौँ । हामी २ वर्षदेखि कोभिडबाट प्रभावित थियौँ । पुनर्उत्थान न हुन बाँकी छ । ग्लोबल इकोनोमीमा फरक भयो । यो