पर्सा : वर्षा समयमा पनि पानी नपरी ४० डिग्रीभन्दा माथि ताप पुगेको मध्यतराईमा शनिबारदेखि आउन थालेको पानीले बल्ल उखरमाउलो गर्मी कम भएको छ। ढिलो गरी आएको वर्षाले बल्ल यो क्षेत्रको गर्मी कम भई शीतल मौसम भएको हो। देशभर सामान्य बदली भई अधिकांश भू–भागमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएअनुसार शनिबार साँझबाट मध्य तराईमा पनि पानी पर्न थालेको छ। वर्षा नहुँदा रोप्ने बेलाको धानको ब्याड नै सुक्दै गएको यो क्षेत्रमा ढिलो गरी आएको पानीबाट सर्वसाध