काठमाडौं : उपत्यकामा यो वर्ष अहिलेसम्मकै कम तापक्रम मापन भएको छ। मौसमविद् वरुण पौडेलका अनुसार शनिबार बिहान पौने ९ बजे न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस मापन भएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले काठमाडौंका डाँडा हुस्सुले ढाकेको छ। दिउँसो क्रमशः हट्दै जाने मौसमविद् पौडेलले बताए। त्यस्तै देशका पहाडी भू–भागमा अहिले आंशिक बदली छ।पश्चिम तथा मध्यतराईमा हुस्सु र कुहिरोसँगै शीतलहर चलेको छ। दिउँसो देशभर आंशिक बदली रही मौसम सामान्यतया सफा रहनेछ। तराई–मधेश क्षेत्रमा&