नेपाल–भारत ‘सीमा सुरक्षा समन्वय बैठक’ मंगलबारदेखि सशस्त्र प्रहरी प्रधान कार्यालय हल्चोकमा हुँदै छ । दुई दिनसम्म चल्ने बैठक अन्तर्राष्ट्रिय नाकाबाट हुने आवतजावत व्यवस्थापन, सीमापार अपराध रोकथाम, आतंकवाद नियन्त्रण, दशगजामा संयुक्त सुरक्षा गस्ती, तेस्रो देशका नागरिकबाट हुन सक्ने गैरकानुनी घुसपैठ नियन्त्रणलगायत एजेन्डामा केन्द्रित हुने भएको छ ।