आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा नेपाल आयोजक स्कटल्याण्डसँग लज्जास्पद ढंगले पराजित भएको छ । स्कटल्याण्डको टिटवुड ग्लासगोमा आइतबार भएको खेलमा नेपाल घरेलु टोली स्कटल्यान्डसँग आठ विकेटले पराजित भएको हो । नेपालले दिएको १२९ रनको झिनो लक्ष्य स्कटल्याण्डले १९ ओभरमा २ विकेट गुमाएर पूरा गर्याे । स्कटल्याण्डका लागि कलुम …