बागमती प्रदेश सभाको बैठक अकस्मात स्थगित भएपछि सांसदद्वारा नारावाजी

काठमाडौं । बागमती प्रदेशको प्रदेश सभा फागुन ५ गते सम्मका लागि स्थगित भएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका सांसदहरुले विरोध जनाएका छन् । बागमती प्रदेश, प्रदेश सभाको आज (माघ १९ गते) बोलाईको बैठक सभामुख सानुकुमार श्रेष्ठले फागुन ५ गते सम्मका लागि स्थगित गरेपछि सांसदहरुले विरोध जनाएका हुन् । नेकपाका प्रचण्ड–माधव समूहका सांसदहरुले प्रदेश सभाको बैठक बोलाउन माग गर्दै प्रदेश सभा सचिवालयमा नाराबाजी समेत गरेका छन् । सभामुख श्रेष्ठले मुख्यमन्त्री डोरमणि पौडेल विरुद्ध अविश्वासको प्रस्ताव ल्याउने सांसदहरु र अन्य दलसँग समेत कुनै छलफल नगरी, कार्य व्यवस्था परामर्श समितिको बैठक समेत नराखी, कुनै कारण नखुलाई संसद स्थगन गर्नुभएको भन्दै तत्काल सच्याउन माग गर्दै सांसदहरुले विरोध प्रदर्शन गरेका हुन् । त्यस लगत्तै आयोजना गरिएको पत्रकार सम्मेलनमा सांसद अष्टलक्ष्मी शाक्यले सभामुखले एकलौटी ढंगले कसैसँग पनि छलफल नगरी बैठक सार्ने काम गर्नुभएको बताउनुभयो । सभामुख श्रेष्ठले तटस्थ भएर निर्णय गरेको नभई अल्पमतमा रहेको सरकारको छायाको रुपमा काम गरेको आरोप समेत सांसद शाक्यले लगाउनुभयो । उहाँले बैठक स्थगन गर्ने कदमलाई सच्याएर तत्काल बैठक राख्न समेत माग गर्नुभयो । बागमती प्रदेशको आजका लागि डाकिएको बैठक फागुन ५ गतेसम्मका लागि स्थगित भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद रहेको छ । त्यसको असर प्रदेश सभामा पनि देखिएको छ ।

सम्बन्धित सामग्री

बागमती प्रदेश सभाको बैठक आज बस्दै

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधपछि स्थगित भएको बागमती प्रदेश सभाको बैठक आज (मङ्गलबार) दिउँसो २ बजे बस्ने गरी तय भएको छ ।

एमाले सांसदको अवरोध : बागमती प्रदेश सभाको बैठक स्थगित

बागमती प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरुले विरोध जनाएपछि बैठक स्थगित भएको छ ।

फागुन २९ गते बागमती प्रदेश सभाको बैठक बोलाइयो

१८ फागुन, हेटौंडा । प्रमुख प्रतिपक्षीले सभा चल्न दिने संकेत नदेखिएपछि बोलाउने र स्थगन गर्ने लडाइँको बिचमा बागमती प्रदेश सभाको बैठक आह्वान गरिएको छ । फागुन १६ गते सूचना टाँस गर्दै स्थगन गरेको बैठक पुनः फागुन २९ गतेको लागि आह्वान गरिएको हो । पटक पटक स्थगित गरिएको बैठक फागुन २९ गतेका लागि सभामुख सानु कुमार […]

भोलिका लागि बोलाईएको बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं । फागुन १६ गतेका लागि बोलाईएको बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बागमती प्रदेशका सभामुखले विशेष कारण देखाउँदै बैठक स्थगित गरेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी सुन्दर पन्तले ईमेजखबरलाई जानकारी दिनुभयो । आजै दिउँसो १ बजेका लागि तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ ।

एमालेद्वारा बागमती प्रदेश सभा बैठकमा पनि अवरोध

नेकपा एमालेको विरोधका कारण बागमती प्रदेश सभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । बुधबार बोलाएको बैठकमा एमाले सांसदहरुले भागबण्डा मिलाउन ८ बाट १४ वटा मन्त्रालय बनाएर प्रदेशकै बदनाम गरेको भन्दै सरकारको विरोध गरेका थिए । बैठकमा बोल्दै पूर्व मुख्यमन्त्री समेत रहेका डोरमणि पौडेलले पार्टीका तर्फबाट धारणा राख्दै वर्तमान सरकारले अनावश्यक रुपमा मन्त्रालय फुटाएर आठबाट १४ पुर्याएकोमा आपत्ति जनाए । साथै उनले अघिल्लो सरकारले ल्याएको महत्त्वपूर्ण योजनाहरु कटौति गरेकोमा पनि सरकारको विरोध गरे ।

बागमती प्रदेशमा विश्वासको मतबारे दशैँपछि मात्रै छलफल

बागमती प्रदेश सभाको बैठक कात्तिक ४ गतेसम्मको लागि स्थगित भएको छ । बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भनिएको प्रदेश सभाको बैठक विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत नै नभई स्थगित भएको हो ।  मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने विषय गत शुक्रवार नै प्रदेश सभा सचिवालयमा दर्ता गरेकी थिइन् । तर, आजको बैठकमा यो प्रस्ताव प्रस्तुत नै भएन ।  प्रदेश सभा बैठकलाई सम्बोधन गरेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजनीतिक कुरा नगर्ने भन्दै संस्कृति र संस्कारको कुरा गरेकी छन् ।  बैठकमा सम्बोधन गर्दै...

बागमती प्रदेश सभा बैठक आज

काठमाडौँ । बागमती प्रदेश सभाको बैठक आज बस्दै छ । आइतबार दुई पटक स्थगित गरिएको बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । प्रदेश सभा बैठक पटक पटक स्थगित हुँदै आएको छ । विपक्षी दलहरूले विनियोजित बजेटमा माग गरिए अनुसारको योजना नभएको र बजेट वितरणमा पक्षपात गरेको आरोप लगाउँदै संसद् बैठक अवरुद्ध गर्दै आएका […]

बागमती प्रदेश सभाको बैठक फागुन १ गतेसम्मका लागि स्थगित

बागमती प्रदेश सभाको बैठक सूचना टाँस गरी आगामी फागुन १ गतेसम्मका लागि स्थगन भएको छ । सोमबार  दिउँसो २ बजेका

बजेटमा छलफल गर्न बागमती प्रदेश सभाको बैठक बस्दै

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोधका कारण स्थगित गरिएको बागमती प्रदेश सभाको बैठक (आज) आइतबार बस्दै छ ।