एमाले सांसदको अवरोध : बागमती प्रदेश सभाको बैठक स्थगित

बागमती प्रदेश सभाको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदहरुले विरोध जनाएपछि बैठक स्थगित भएको छ ।

सम्बन्धित सामग्री

एमालेद्वारा बागमती प्रदेश सभा बैठकमा पनि अवरोध

नेकपा एमालेको विरोधका कारण बागमती प्रदेश सभाको बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ । बुधबार बोलाएको बैठकमा एमाले सांसदहरुले भागबण्डा मिलाउन ८ बाट १४ वटा मन्त्रालय बनाएर प्रदेशकै बदनाम गरेको भन्दै सरकारको विरोध गरेका थिए । बैठकमा बोल्दै पूर्व मुख्यमन्त्री समेत रहेका डोरमणि पौडेलले पार्टीका तर्फबाट धारणा राख्दै वर्तमान सरकारले अनावश्यक रुपमा मन्त्रालय फुटाएर आठबाट १४ पुर्याएकोमा आपत्ति जनाए । साथै उनले अघिल्लो सरकारले ल्याएको महत्त्वपूर्ण योजनाहरु कटौति गरेकोमा पनि सरकारको विरोध गरे ।

बागमती प्रदेश सभा बैठक आज ११ बजे बस्दै

बागमती प्रदेश सभाको बैठक सोमबारसम्मका लागि स्थगित गरिएको छ । नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभाका सदस्यहरूले अवरोध गरेपछि आइतबार दिउँसो स्थगित गरिएको बैठक आज बिहान ११ बजे बस्ने सूचना टाँस भएको हो ।

बजेटमा छलफल गर्न बागमती प्रदेश सभाको बैठक बस्दै

नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीको अवरोधका कारण स्थगित गरिएको बागमती प्रदेश सभाको बैठक (आज) आइतबार बस्दै छ ।

अवरोधपछि प्रदेशसभा बैठक स्थगित

बागमती प्रदेश सभाको बैठक नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्यहरुको लगातारको अवरोधपछि पुनः स्थगित गरिएको छ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि विनियोजन गरेको बजेटमाथि छलफल गर्ने कार्यसूची तय भए पनि विपक्षी दलको अवरोधका कारण बजेटमाथिको छलफल सुरु हुन सकेन ।