काठमाडौं, भदौं ८ । अफगानिस्तानको राजनीतिक घटनाक्रमका कारण उत्पन्न चुनौती सम्बोधनका लागि तुरुन्तै सरोकारवाला देशहरुसँग वार्ताको पहल गर्न पूर्वराजदूतहरुले आग्रह गरेका छन् । पाँच जना पूर्व राजदूतले एक विज्ञप्ति निकाली अफगानिस्तानमा तालिबानको राजनीतिक अग्रसरता सार्क सदस्य राष्ट्रहरुको लागि चासो र चिन्ताको विषय भएको उल्लेख गर्दै सार्क अध्यक्ष राष्ट्रका हैसियतले वार्ताको पहल थाल्न आग्रह गरेका हुन् […]