बूढानीलकण्ठ वार्ता विफलः महन्थद्वारा देउवाको प्रस्ताव अस्वीकार

नेपाली काँग्रेस र जनता समाजवादी पार्टी नेपाल (जसपा) को महन्थ ठाकुर पक्षबीच बिहीबार भएको वार्ता विफल भएको छ । वार्ताका क्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले आफू नेतृत्वमा बन्ने सरकारलाई सघाउन गरेको आग्रहलाई ठाकुरले अस्वीकार गरेका हुन् । देउवा निवास बूढानीलकण्ठमा भएको वार्तामा जसपा अध्यक्ष ठाकुरले आफूहरु सरकार निर्माणको दौडमा नरहेको कारण कुनै प्रकारको सहयोग नहुने बताएका थिए । जसपा नेपालले राखेको माग कहीँबाट पुरा नहुने देखेर आफूहरु तटस्थ बस्ने निर्णय गरेको कारण सत्ता समीकरणमा जसपाको कुनै भू

सम्बन्धित सामग्री

देउवा निवास वार्ता : प्रधानमन्त्री ओलीको प्रस्ताव कांग्रेसले गर्‍यो अस्वीकार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको सहकार्यको प्रस्ताव कांग्रेसले अस्वीकार गरेको छ । प्रधानमन्त्री ओलीले सरकारलाई सघाउन गरेको प्रस्ताव कांग्रेसले अस्वीकार गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए । कांग्रेस प्रतिपक्षी दल भएकाले र सरकारको काम र व्यवहारका कारण सहयोग गर्नै नसकिने जानकारी गराइएको सहमहामन्त्री महतले बताए । वैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री ओलीले सहयोग गर्न आग्रह गर्दै सभापति ...