नेपाली काँग्रेसका सांसद डा.डिला संग्रौलाले गोरखा सैनिकहरूको न्यायका लागि तत्काल ब्रिटिश सरकारलाई दबाब दिन सरकारलाई आग्रह गरेकी छन् । शुक्रबार संसदको शून्य समयमा बोल्दै सांसद संग्रौलाले तत्काल कुटनीतिक माध्यमद्वारा ब्रिटिश सरकारसँग सम्पर्क गरी वार्ता समिति गठन गर्न र वार्ताको मिति तोक्न आग्रह गरेकी हुन् ।संग्रौलाले भनिन्- ‘संसारभरि बहादुरीका लागि चिनिएका गोर्खा सैनिकहरु अहिले आफ्नै लागि न्याय माग्दै गएको शनिबारदेखि ब्रिटिश प्रधानमन्त्री कार्यालय नजिकै लन्डनमा आमरण अनशन बसी रहेका छन्। &