काठमाण्डाै – उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देश अमेरिकासँग वार्ता र आमुन्नेसामुन्ने दुवैका लागि तयार रहन आवश्यक रहेको बताउनुभएको छ । किम जोङले अमेरिकासँग आमुन्नेसामुन्ने हुनका लागि तयार रहन विशेष जोड दिनुभएकाे छ ।
किम जोङ उनले अमेरिकाको बाइडेन सरकारलाई लिएर प्रत्यक्ष टिप्पणी गर्नुभएको यो पहिलो पटक हो ।
बाइडेन प्रशासनको तर्फबाट राजनीतिक संवादको प्रयासलाई उत्तर कोरियाली खारेज गरिदिएको थियो । किम जोङ उनले प्योंगयांगमा पार्टीका वरिष्ठ नेताहरुसँग भएको बैठकमा यस्तो बताउनुभएको हो ...