फागुन १२, काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने शुक्रवार अन्तिम दिन रहेको छ ।
कम्पनीले माघ ७ गतेदेखि रू. १०० अंकित दरको ३० लाख कित्ता हकप्रद शेयर निष्कासन तथा विक्री खुला गरेको हो । कम्पनीले हकप्रद शेयर निष्कासन गर्नका लागि पुस २६ गते बुक क्लोज गरेको थियो । यस आधारमा पुस २५ गतेसम्म कायम शेयरधनीले उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।
विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । आवेदकले सिभिल क्यापिटल तथा कर्पोरेट डेभलपमेण्ट बैंकको रजिष्टर्ड कार्यालय तथा सम्पूर्ण शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।
साथै मरो शेयर सफ्टवेयरबाट पनि हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् ।