कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन बिहीवार

माघ २६, काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने अन्तिम दिन बिहीवारसम्म रहेको छ ।  कम्पनीले माघ ७ गतेदेखि १:१.५ अनुपातमा रू. १०० अंकित दरको ३० लाख कित्ता हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीले हकप्रद शेयर निष्कासन प्रयोजनको लागि पुस २६ गते (एक दिन) बुक क्लोज गरिसकेको छ ।  यस आधारमा पुस २५ गते सम्म कायम शेयरधनीले हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । विक्री प्रबन्धक सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । साथै मेरो शेयरबाट हकप्रद शेयरमा आवेदन दिन सक्नेछन् । हाल कम्पनीको चुक्तापूँजी रू. २० करोड रहेको छ । उक्त हकप्रद शेयर निष्कासन बाँडफाँट पश्चात कम्पनीको पूँजी रू. ५० करोड पुग्नेछ ।  कम्पनीले निष्कासन गरिरहेको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले केयर एनपी बि प्लस रेटिङ प्रदान गरेको छ । यस्तो रेटिङले समयमा वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा उच्च जोखिम रहेको देखाउँछ ।

सम्बन्धित सामग्री

कर्पोरेट डेभलपमेन्ट बैंकको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन बिहीवार

चैत २३, काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको लिलामी शेयरमा आवेदन दिने अन्तिम दिन बिहीवारसम्म रहेको छ । कम्पनीले हकप्रद शेयरमा नबिकेको शेयर गत चैत १६ गतेदेखि लिलामीमा ल्याएको हो ।  कम्पनीले गत माघ ७ गतेदेखि फागुन १६ गतेसम्म विक्री खुला गर्दा वितरण हुन नसकेको सर्वसाधारण समूहतर्फको १ लाख २० हजार १२० कित्ता शेयर लिलामी प्रक्रियाबाट विक्री खुला गरेको हो ।   उक्त शेयर खरीद गर्न इच्छुक शेयरधनीले बिहीवार कार्यालय समयसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।  यो शेयरको न्यूनतम मूल्य रू. १०० तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।उक्त शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । शेयर विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । बोलपत्र विक्री प्रबन्धकसँगै सिभिल बैंकका शाखा कार्यालय विराटनगर, वीरगञ्ज, पोखरा, सुर्खेत नेपालगञ्ज, धनगढी तथा कर्पोरेट डेभलपमेन्ट बैंकका रजिष्टर्ड तथा शाखा कार्यायहरुमा बोलपत्र पेश गर्न सकिनेछ ।

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद शेयर खरीदका लागि आवेदन दिने आज अन्तिम दिन

फागुन १३, काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद शेयर खरीदका लागि आवेदन दिने आज (शुक्रवार) अन्तिम दिन रहेको छ ।  कम्पनीले माघ ७ गतेदेखि १५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो ।  यो हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले पुस २६ गते (एक दिन) बुक क्लोज गरेकाले पुस २५ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन योग्य भएका छन् ।  कम्पनीले १ बराबर १ दशमलव ५ कित्ता शेयरको अनुपातमा रू. ३० करोड बराबरको ३० लाख कित्ता हकप्रद शेयर विक्री खुला गरेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २० करोड रहेको छ । संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व रहेको यस कम्पनीको हकप्रद पश्चात चुक्तापूँजी रू. ५० करोड पुग्नेछ ।  कम्पनीको अधिकृत पूँजी रू. ६४ करोड र जारी पूँजी रू. ५० करोड रहेको छ । हकप्रद पश्चात कम्पनीको जारी पूँजी बराबरको रकम कायम हुनेछ । यो हकप्रद शेयर विक्री प्रबन्धमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।  विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुसँगै मेरो शेयर मार्फत पनि यो शेयर खरीदका लागि आवेदन दिन सकिनेछ ।  कम्पनीको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व पूरा गर्न उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी बी प्लस आईएस रेटिङ प्रदान गरेको छ । आर्थिक वर्ष ०७९/८० सम्ममा कम्पनीले चुक्तापूँजी रू. ५५ करोड कायम गर्ने प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीले रू. ११ लाख ५५ हजार खुद नाफा गरेको छ भने जगेडा कोष रकम रू. १४ करोड १६ लाखभन्दा बढी छ ।  वार्षिक प्रतिशेयर आम्दानी रू. १ दशमलव १३ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४५ दशमलव ९२ छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद भर्ने आज अन्तिम दिन

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको हकप्रद भर्ने आज फागुन १३ गते अन्तिम दिन रहेको छ ।  कम्पनीले यस अघि हकप्रदमा माघ २७ गतेसम्म आवेदन दिन सकिने जनाएकोमा म्याद थप गरि फागुन १३ गते सम्म आवेदन दिन सकिने जनाएको थियो । थपिएको अवधि अनुसार हकप्रदमा आवेदन दिने आज अन्तिम हो । कम्पनीले  माघ ७ गतेदेखि १०० कित्ता बराबर डेढ सय कित्ताका दरले हकप्रद सेयर बिक्रि गरिरहेको हो। कर्पोरेटले हकप्रद सेयर प्रयोजनार्थ पुष २६ गते बुक क्लोज गरेकाले पुष २५ सम्म कायम सेयरधनिहरुले माघ २७ गतेसम्म हकप्रदको लागि आबेदन दिन पाउनेछन्। कर्पोरेटले १ कित्ता बराबर डेढ कित्ताका दरले ३० लाख कित्ता सेयर हकप्रद मार्फत बिक्रि खुला गरेको हो। सय कित्ता हुनेले डेढ सय कित्ताको लागि प्रति कित्ता एक सय रुपैयाँका दरले आबेदन दिन पाउनेछन्। कर्पोरेटले हकप्रद सेयर निष्काशनको लागि सिभिल क्यापिटललाई बिक्रि प्रबन्धकको रुपमा चयन गरेको छ। त्यसैले पुष २५ सम्म कायम योग्य लगानीकर्ताले सिभिल क्यापिटल मार्केट लिमिटेड, सुन्धारा, काठमाडौं र सिभिल बैंकका तोकिएका शाखा कार्यलयहरु जस्तो विराटनगर, बिरगंज, सुर्खेत, पोखरा, नेपालगंज, धनगडी र कर्पोरेट डेभलपमेन्ट बैंकको रजिष्टर्ड कार्यलय र तोकिएका कार्यलय मार्फत दरखास्त फारम प्राप्त गरि फारम भरेर फारम र नगद वा चेक बुझाउन सक्नेछन। त्यस्तै मेरोशेयर अनलाइन तथा सी आश्वा सदस्य बैंकतथा वित्तीय संस्थाबाट समेत हकप्रदमा आवेदन दिन सकिने छ ।   नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको तीन वर्षपछि कर्पोरेट डेभलपमेन्ट बैंकलाई २०७४ माघ १८ गते समस्याग्रस्त संस्थाबाट मुक्त गरेको थियो। समस्याग्रस्तबाट फुकुवा भएपछि बैंकले राष्ट्र बैंकले तोके बमोजिम पुँजी पुर्याउन हकप्रद निष्काशन गर्न लागेको हो । अहिले कर्पोरेट डेभलपमेन्ट बैंकको चुक्तापुंजी २० करोड रहेको छ। डेढ सय प्रतिशतका दरले हकप्रद बिक्रि तथा वितरण पश्चात कर्पोरेटको चुक्तापुंजी ५० करोड पुग्नेछ।

नेप्सेमा सुचिकृत २२ कम्पनीको साधारणसभा आज हुदै (सूचीसहित)

पुस महिनाको अन्तिम दिन आज ३० गते शुक्रबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत २२ कम्पनीले साधारणसभा गर्दै छन् । आर्थिक वर्ष सकिएको ६ महिना भित्र साधारणसभा सम्पन्न गरि सक्नु पर्ने प्रावधानको कारण पुस अन्तिम साताको लागि धेरै कम्पनीले साधारणसभा आह्वान गरेका छन् ।आज खानी खोला हाइड्रो, छ्याङदी हाइड्रो, कालिका पावर, सेन्चुरी कर्मर्शियल बैंक, मैलुङ खोला हाइड्रो, मल्टीपर्पस फाइनान्स, फरवार्ड माइक्रोफाइनान्स, सिभिल बैंक, जनउत्थान सामुदायिक लघुवित्त, हिमालयन पावर पार्टनर, हिमालयन बैंक, सानिमा जनरल इन्स्योरेन्स, नबिल बैंक, रिलायन्स फाइनान्स, पोखरा फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, समृद्धि फाइनान्स, आरएमडिसी लघुवित्त, कालिका लघुवित्त , आँधीखोला लघुवित्त, सिद्धार्थ बैंक, र सेन्ट्रल फाइनान्सले सभा गर्न लागेका हुन् ।कतिपय कम्पनीले आफ्नो साधारणसभा भर्चुअल रुपमा गर्नेछन् । सरकारले कोरोना रोकथाम र नियन्त्रण सम्बन्धमा नयाँ आदेश जारी गर्दै २५ जना भन्दा बढी मानिसको उपस्थिति हुने गरी कनै पनि किसिमको मेला. भेला तथा महोत्सवहरु एवं सामाजिक लगायतका कार्यहरु नगर्ने, नगराउने निर्देशन दिएपछि कम्पनीहरुले भर्चुअल साधारणसभाको बाटो रोजेका हुन्  । यस अघि हिजो पुस २९ गते बिहिबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुचिकृत १५ वटा कम्पनीले साधारणसभा गरेका थिए । हिजो चन्द्रागिरी हिल्स, कृषि विकास बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, मिथिला लघुवित्त, बरुण हाइड्रो, गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स, सामुदायिक लघुवित्त, मिर्मिरे लघुवित्त, गुडविल फाइनान्स, माउन्टेन हाइड्रो, मानुषी लघुवित्त, एनआरएन इन्फ्रास्ट्रकचर एण्ड डेभलपमेन्ट, मन्जुश्री फाइनान्स, एनसीसी बैंक , र नारायणी  डेभलपमेन्ट बैंकले साधारणसभा गरेका थिए ।  नेप्सेमा सुचिकृत नभएको राष्ट्रिय वाणिज्य बैंक र नेप्से आफैले पनि हिजो साधारणसभा गरेको थियो ।

कर्पोरेट डेभलपमेन्ट बैंकको १५० % हकप्रद शेयर सुरक्षित गर्ने आइतवार अन्तिम दिन

पुस २५, काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले माघ ७ गतेदेखि  निष्कासन गर्न लागेको १५० प्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने पुस २५ गते आइतवार अन्तिम दिन रहेको छ ।  कम्पनीले पुस २६ गते एक दिन हकप्रद शेयर प्रयोजनका लागि बुक क्लोज गर्न लागेकाले पुस २५ गतेसम्म कायम शेयरधनीहरु मात्र हकप्रद शेयर खरीदका लागि आवेदन दिन योग्य हुने भएका हुन् ।  कम्पनीले १ बराबर १ दशमलव ५ कित्ता शेयरको अनुपातमा रू. ३० करोड बराबरको ३० लाख कित्ता हकप्रद शेयर विक्री गर्न लागेको हो । हाल कम्पनीको चुक्तापूँजी रू. २० करोड रहेको छ । संस्थापकतर्फ ७० प्रतिशत र सर्वसाधारणतर्फ ३० प्रतिशत शेयर स्वामित्व रहेको उक्त कम्पनीको हकप्रद पश्चात चुक्तापूँजी रू. ५० करोड पुग्नेछ ।  कम्पनीको अधिकृत पूँजी रू. ६४ करोड र जारी पूँजी रू. ५० करोड रहेको छ । हकप्रद पश्चात कम्पनीको जारी पूँजी बराबरको रकम कायम हुनेछ । यो हकप्रद शेयर माघ २७ गतेसम्म विक्रीमा रहने कम्पनीले जानकारी दिएको छ । यो शेयर विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुसँगै मेरो शेयरमार्फत पनि यो शेयर खरीदका लागि आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद शेयरलाई केयर रेटिङ नेपालले वित्तीय दायित्व पुरा गर्न उच्च जोखिम रहेको संकेत गर्ने केयर एनपी बी प्लस आईएस रेटिङ प्रदान गरेको छ । आर्थिक वर्ष ०७९/ ८० सम्ममा कम्पनीले चुक्तापूँजी रू. ५५ करोड कायम गर्ने प्रक्षेपण गरेको छ । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म कम्पनीको रू. ११ लाख ५५ हजार खुद नाफा रहेको छ भने जगेडा कोष रकम रू. १४ करोड १६ लाखभन्दा बढी छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १ दशमलव १३ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १४५ दशमलव ९२ छ ।

नारायणी डेभलपमेन्टसहित यी कम्पनीको शेयरमुल्यमा सकरात्मक सर्किट

काठमाडौं, १० भदौ । साताको कारोबारको अन्तिम दिन शेयर बजारमा आज १४ कम्पनीको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ । नेप्सेको अनुसार आज नारायणी डेभलपमेन्ट बैंक, श्री इन्भेष्टमेन्ट फाइनान्स, घलेम्दी हाइड्रोपावर कम्पनी र जीवन विकास लघुवित्त, गुहेश्वरी मर्चेन्ट बैंकिङ, अरुण भ्याली हाइड्रोपावर कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, आँखु खोला जलविद्युत कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका […]