कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

कर्पोरेट डेभलपमेन्ट बैंकको हकप्रद सुरक्षित गर्ने आज पुस २५ गते अन्तिम दिन रहेको छ  । कम्पनीले हकप्रद प्रयोजनको लागि पुस २६ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज पुस २५ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रदमा आवेदन दिन सक्ने छन् ।कम्पनीले माघ ७ गतेदेखि हकप्रद निष्काशन गर्ने छ। कम्पनीले १:१.५० को अनुपातमा १५० प्रतिशतले हुन आउने ३० करोड बराबरको ३० लाख कित्ता हकप्रद शेयर निष्काशन गर्न लागेको हो।कम्पनीले हकप्रद निष्काशन प्रयोजनको लागि  हकप्रद शेयर निष्काशनको लागि सिभिल क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।  बैंकले हकप्रद निष्काशनको अनुमति माग गर्दै गत वर्षको पुस २६ गते नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको थियो। बोर्डले पुस १ गते हकप्रद निष्काशनको लागि अनुमति प्रदान गरेको हो।  नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको तीन वर्षपछि कर्पोरेट डेभलपमेन्ट बैंकलाई २०७४ माघ १८ गते समस्याग्रस्त संस्थाबाट मुक्त गरेको थियो। समस्याग्रस्तबाट फुकुवा भएपछि बैंकले राष्ट्र बैंकले तोके बमोजिम पुँजी पुर्याउन हकप्रद निष्काशन गर्न लागेको हो ।